होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चर्चित हाँस्य कलाकार ‘कमल गाउँले’ बाजुरा आउँदै
समाचार

चर्चित हाँस्य कलाकार ‘कमल गाउँले’ बाजुरा आउँदै

  • नागरिक रैबार
चर्चित हाँस्य कलाकार ‘कमल गाउँले’ बाजुरा आउँदै

नागरिक रैबार/बाजुरा ४ असोज। चर्चित हाँस्य कालाकार कमल गाउँले बाजुरा आउने भएका छन् । बडीमालिका नगरपालिको आयोजनमा असोज ८ र ९ गतेमा संचालन हुन लागेको प्रथम युवा उद्यमी सम्मेलन प्रथम युवा सम्मेलन कार्यक्रमका लागी चर्चित हाँस्य कलाकार गाउँले बाजुरा आउन लागेका हुन ।
“स्थानीय उत्पादन तत्परता समृद्धीका लागी युवा उद्यमशिलता” भन्ने मुल नाराका साथ बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा, बुलगारी परियोजनाको आर्थिक सहयोगमा उक्त सम्मेलन बाजुरामा पहिलो पटक हुन लागेको हो ।
कार्यक्रमा हास्य कलाकार कमल गाउले, संगै देउडा गायिका सोभा थापा, प्रकाश थापा लगाउतका स्थानीय कलाकारहरुको पनि साँस्कृतिक प्रस्तुति रहने बडीमालिका नगरपालिकाले बताएको छ । २ दिन सम्म संचालन हुने उक्त सम्मेलनमा सहभागी हुने युवा उद्यमीहरुका लागी साँस्कृतिक कार्यक्रम तथा स्टल अवलोकन समेत गराईने भएको आयोजकले जानएको छ । युवाहरुलाई ८ गते प्रशिक्षण् पनि गाराइने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि