नागरिक रैबार/बाजुरा ३ असोज। मुलुकको लागि आजको दिन महत्वपूर्ण दिनको रुपमा लिइने गरिएको छ । तीन बर्ष अगाडि अर्थात २०७२ असोज ३ गते नेपालमा सविधान जारी भएसंगै मुलुक नया संरचनामा गइसकेको छ । सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिइसकेको अवस्थामा बाजुरमा समेत संविधान दिवस हर्षोल्लासका साथ मनाइएको छ ।
जिल्लाको सदरमुकाम मार्तडी खुल्ला मन्चको परिषरबाट जिल्लाका राजननीतिक दल, सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, सर्वसाधारणका उल्लेख्य उपस्थितमा निस्केको प्रभातफेरि सदरमुकामको लोकतान्त्रिक चोक हुदै जिल्ला समन्वय समितिको प्राङ्गणमा आएर कोणसभामा परिणत भएको थियो ।
जिल्ला समन्वय समिति बाजुराका उप प्रमुख सुनिता मिजारको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्ट, नेकपा नेता काशी बिक, नेपाली काग्रेसका जनक थापा, प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपाने अतिथिको रूपमा रहेका थिए ।
फेसबुक प्रतिक्रियाहरु