होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बजेटमा भएकाे विभेद विरुद्ध प्रतिनिधि सभामा उठ्यो आवाज
Breaking News

बजेटमा भएकाे विभेद विरुद्ध प्रतिनिधि सभामा उठ्यो आवाज

सांसद थापाद्वारा मन्त्री महासेठको राजीनामा माग

  • नागरिक रैबार
बजेटमा भएकाे विभेद विरुद्ध प्रतिनिधि सभामा उठ्यो आवाज
काठमाडौं ४ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्।
मन्त्रीले योजना माग्दा हप्काएको भन्दै सांसद थापाले संसदमा आक्रोश पोखे। उनले भने, ‘हामीले मन्त्रीलाई हेर्नै नहुने भयो। मन्त्री अब्बल दर्जाको जनप्रतिनिधि हुने भयो। योजना माग्दा मन्त्रीबाट हप्की खानुपर्ने भयो। महाराज मलाई नहप्काइस्योस् भन्नुपर्ने अवस्था आयो।’ धनुषा घर भएका मन्त्री महासेठले उक्त जिल्लामा रणनैतिक योजना मात्रै ७९ वटा राखेको तथा पक्कि पुलका ५९ योजना राखेको थापाले बताए। उनले बाजुरा लगायत २० हिमाली जिल्लामा नयाँ पुल नपरेका बताए।
थापाले भने, ‘१६५ निर्वाचन क्षेत्र छन् भन्ने हेक्का नगर्ने? मन्त्री भएपछि आफ्नो क्षेत्र र जिल्लामा मात्रै केन्द्रित हुने? मुलुकको मन्त्री हुन नसक्ने? विगतदेखिको प्रचलन समाप्त हुन्छ भन्ने लागेको थियो तर भएन। पूर्वाग्रही व्यवहार गर्ने मन्त्री र राज्यको स्रोतलाई मनलाग्दी आफ्नो क्षेत्रमा मात्रै लैजाने मन्त्रीलाई अनुशासनको कारबाहीको विषय बनाउनुपर्छ र पदमुक्त गर्नुपर्छ।’
सांसद थापाले उक्त मन्त्रालयले दिएको योजनाको पुस्तक पनि फिर्ता गरेका थिए। उनले भने, ‘म यो किताब लिन सक्दैन। यो किताब सर्वोच्च निकाय संसदबाट यो किताब लिन सक्दैन। बाटो, खानेपानी, स्कुल पाउनुपर्छ भन्ने, सम्पन्न हुनुपर्छ भन्ने बाजुरेली जनताको चाहना हो। त्यस अवस्थामा यो किताब लिएर जान सक्दैन। यो बोकेर जाँदा संसदको अपमान हुन्छ।’ उनले उक्त पुस्तक संसदमार्फत मन्त्री महासेठलाई नै फिर्ता गरिदिएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै