होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • राजनीति गर्ने थलो बनाईदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय धरासायी बन्दै
पत्रपत्रिका

राजनीति गर्ने थलो बनाईदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय धरासायी बन्दै

  • नागरिक रैबार
राजनीति गर्ने थलो बनाईदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय धरासायी बन्दै

भूवन भट्ट– राजनीतिक हस्तक्षेत्र बढेपछि सुदुरपश्चिमाञ्चल विश्वविद्यालय धरासायी बन्दै गएको छ। विभिन्न दल र तीनका भातृ संगठनहरुले विश्वविद्यालयलाई राजनीति गर्ने थलो बनाएपछि धरासायी बन्दै गएको हो।

लामो रस्साकस्सी र ठुलो संघर्षपछि स्थापना भएको विश्वविद्यालयको तल्लो निकायदेखि उपल्लो तह सम्म राजनीति हावी भएपछि अपेक्षाकृत उपलब्धी पाउन सकिएको छैन्। पछिल्लो पटक उपकुलपति र रजिष्टार नियुक्तीको विषयलाई लिएर नेपाली कांग्रेस निकट नेविसंघले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। राजनीतिक गर्ने अखडा बन्दै गएको सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्तीको विषयलाई लिएर नेविसंघले गत चैतमा गरेको तालाबन्दी नखुलेको हो।  विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा गरिएको तालाबन्दी यथावत रहेपनि आफूहरुका माग बारे वेवास्ता गरिएको नेविसंघ सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका सभापति कैलास चन्दले आरोप लगाए।

तर विश्वविद्यालयका निमित्त उपकुलपति पुर्ण बहादुर चन्दले ती मागहरु सम्बोधन गर्न नसकिने बताए। उनले नेपाली कांग्रेसको केन्द्रीय निर्देशन बमोजिम नेविसंघले अनजायज माग राखेको आरोप लगाए। विश्वविद्यालयका अन्य विषयसंग सम्बन्धीत माग राखीएका भए सम्बोधन गर्न सकिने अवस्था रहेको तर पद परिर्वतनको अधिकार आफुहरुमा निहित नहुँदा ती माग सम्बोधन गर्न सकिने अवस्था नरहेको उनको भनाई छ।

विज्ञापन

ताला नखुल्ने छाँटकाँट देखिएपछी कार्यालयका कागजातहरु सालघारी रोड स्थित भवनमा राखिएका छन्। तर ताला नखोलीकनै कागजात अर्काे भवनमा सारिएको विषयमा भने कार्यालय मौन छ। अहिले कार्यालय भवन सारिदा नेविसंघले ताला लगाएको भवन भने कामविहिन बनेको छ। ६ महिना सम्म नेविसंघले बन्धक बनाएको उपकुलपति चन्दले आरोप लगाए। कार्यालयमा तालाबन्दी गरिदा बाध्य भएर आवश्यक कागजात सहित क्वाटर सार्नु परेको दावी उनको छ। तत्कालीन उपकुलपती भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्ट पदमुक्त भएपछि निमित्त उपकुलपतिमा डाक्टर पूर्ण बहादुर चन्द र रजिष्टारमा गोविन्द सिंह बिष्टलाई दिईएको नियुक्ती असंवैधानिक भएको तालाबन्दी गरिएको थियो। तर अहिले विश्वविद्यालयले अनत्रै कार्यालय स्थापना गरी कार्य सम्पादन गरिरहेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार