नागरिक रैबार/बाजुरा २ मंसिर । बाजुरा बडीमालिका नगरपालिका सेल्लेना गाउँमा पहिलो पटक बत्ती बलेको छ । हाल सम्म विद्युत सुविधा नपुगेको सेल्लेना गाउँमा पहिलो पटक बिजुली बलेसंगै स्थानीयबासी खुशी भएका छन् । आईतबार नेपाली काँग्रेस बाजुराका सभापती कविराज पण्डितले मिटरबक्सकोे स्वीच अन गरेपछि सेल्लेनामा पहिलोपटक विद्युत बल्यो ।
बिजुली बलेपछि सेल्लेना गाउँका ९० घरधुरी उज्यालोमा बस्न पाएका छन् । सेल्लेना गाउँका स्थानीयबासी पहिलो पटक बिजुली बलेपछि दंग भएका छन् । टुकी, सोलार र झरोको मधुरो बत्तीमा रात काट्दै आएका स्थानीयबासीले बत्ती बाल्न पाएपछि जनप्रतिनिधिलाई बषौंदेखि गदै आएको गुनासो सम्बोधन भएको बताएका छन् ।
‘हामीले जनप्रतिनिधि निवार्विचित भएर आएपछि पहिलो प्राथामिकतामा बिजुली बल्लुपर्छ भन्ने माग राख्यौं, स्थानीयबासीले भन्नुभयो’, ढिलै भएपनि बिजुली बाल्न पाँउदा खुशी छौं । जनप्रतिनिधि र स्थानीयको दोडधुप र मेहनतले बिजुली बाल्न सम्भव भएको बताउनुभयो । ‘पहिले मट्टितेल, सोलार, र झरोको मधुरो उज्यालो हुन्थ्यो,’ अब खाना पकाउन, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सहज हुनेभयो । सल्लेना क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तर्गत विजुली बालिएको वडा अध्यक्ष राम बहादुर कार्कीका बताउनुभएको छ । उहाँले निर्वाचनका बेला जनतासंग गरेको वाचा पुरा गरेको बताउनुभयो ।
विगत लामो समय देखि अँध्यारोमा बस्न बाँध्य भएका स्थानीय बासीन्दा आइतबारबाट घरमा बत्ती बलेपछि गाउँको मुहार फेरिएको छ । बिकासले फट्को मारेको लामो समय भै सक्दा पनि सल्लेना बासीले झरोको माध्यामबाट उज्यालो बाली रहेका थिए । अब स्थानीय बासिन्दा बत्ती बाल्न पाउदाँ निकै हर्षित भएका छन् । विगत लामो समयको प्रयास बाट वडा अध्यक्ष राम बहादुर कार्कीको समन्वयमा नेपाल बिद्युत प्राधिकरण अछाम साँफेले समान उपलब्ध गराएपछि बिद्युत लाईन बिस्तार गरिएको हो ।
सोही छिमेकि गाउँमा भने २५ बर्ष अगाडी बत्ती बली सकेको थियो भने सल्लेना गाउँमा आईतबाबाट बत्ती बलेको बताईएको छ । आईतबार एक कार्यक्रमका बिच विद्युतको उद्धाटन गरेको थियो । बडीमालिका नगरपालिका १ को आयोजनामा विद्युत उद्धघाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस बाजुराका सभापती कविराज पण्डित रहनुभएको थियो ।
त्यस्तै बडिमालिका नगरपालिका वडा नं. १ को आयोजनामा महिला संघ केन्द्रिय सदस्य जुना दानी , बडिमालिका नगर प्रमुख पदम बडुवाल ,उप–प्रमुख कविता विष्ट विशिष्ट अतिथि रहनु भएको थियो । भने वडा नं. ८का वडा अध्यक्ष प्रकाश रावल ,अछाम वितरक केन्द्र प्रमुख , बाजुरा वितरक केन्द्र प्रमुख अतिथि रहनु भएको थियो । सो विद्युतले सेल्लेना गाउँका ९० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।
कुटानी पीसानी मिल संचालनमा
सेल्लेनमा विद्युत उद्धाटन भएसंगै कुटानी पीसानी मिलको समेत सोही दिन संचालनमा ल्याएको छ । गाउँमा विद्युत पुगेसंगै मिल संचालनमा ल्याएको हो । गाउँमा एउटा त विद्युत पुगेको खुसी छाएको छ भने अर्को गाउँमै मिल संचालनमा आएपछि स्थानीय निकै हर्षित भएका छन् । कुटानी पिसानी मिलले आफ्नो समयको सदुपयोग हुने बताएका छन् । मिलको उद्धघाटन नेपाली काँग्रेसका पाटी सभापती कविराज पण्डितले गर्नु भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु