होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विद्या भट्टराईले लिइन् सांसदको सपथ
देश/प्रदेश

विद्या भट्टराईले लिइन् सांसदको सपथ

  • नागरिक रैबार
विद्या भट्टराईले लिइन् सांसदको सपथ

काठमाडौँ । गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले सांसद पदको सपथ लिएकी छिन् ।सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराइएको हो ।

संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ ।कस्की–२ को उपचुनावमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई हराउँदै विजयी भएकी थिइन् ।

विज्ञापन

उनले पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गरेकी हुन् । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन् भने पौडेलले १५ हजार ९८६ मत ल्याएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै