होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा प्रहरीमाथि हातपात, पूर्व सैनिक पक्राउ
समाचार

धनगढीमा प्रहरीमाथि हातपात, पूर्व सैनिक पक्राउ

  • नागरिक रैबार
धनगढीमा प्रहरीमाथि हातपात, पूर्व सैनिक पक्राउ

धनगढीमा प्रहरीमाथि हातपात भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बोराडाँडीको त्रिभुवन चौकमा सोमबार साँझ अस्थायी प्रहरी विट चटकपुरमा कार्यरत प्रहरी हवल्दार जनकराज पाण्डे र प्रहरी जवान नारायण सिह कार्कीमाथि हातपात भएको हो।

दुवैजनामाथि हातपात गर्ने पूर्व सैनिक समेत रहेका चटकपुरका भुप्रेन्द्र पुलामीमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खबरलाई जानकारी दिए। पुनामीमगरले स्थानीय १८ वर्षका युवक राजेन्द्र नाथमाथि कुटपिट गरेको खबर लगत्तै घटना स्थल पुगेका प्रहरीमाथि पनि उनले हातपात गरेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

मदिराले लठ्ठ भएका पुनामीमगरले आफूमाथि बिना कारण कुटपिट गरेको नाथले दिनेश खबरलाई बताए। त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत नाथले त्रिभुवन चौकमै रहेको खोकामा नास्ता खान बसिरहेका बेला पछाडीबाट धक्का दिएको बताए।

विज्ञापन

‘धक्का किन दिएको भन्दा तिमी को हौँ र ? धक्का नदिनलाई। भन्यो।’ नाथले भने। ‘एकाएक कुटपिट ग¥र्यो।’बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ घर भएका नाथ धनगढीमा डेरामा बसेर अध्ययन गर्दै आएका छन्।

युवकमाथि कुटपिट र प्रहरीमाथि हातपात गर्ने पुनामीमगरलाई सोमबार साझ नै पक्राउ गरिएको छ। अहिले उनलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै