होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • राजनीति
  • विद्या भट्टराईले आज सपथ लिँदै
राजनीति

विद्या भट्टराईले आज सपथ लिँदै

  • नागरिक रैबार
विद्या भट्टराईले आज सपथ लिँदै

कास्की । भर्खरै सम्पन्न उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

सभामुख पद खाली रहेका कारण उपसभामुख तुम्बाहाम्फेले पद तथा गोपनियताको शपथ ग्रहण गराउन लागेकी हुन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए ।

विज्ञापन

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा नेकपाले रविन्द्रपत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार