कास्की । भर्खरै सम्पन्न उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
सभामुख पद खाली रहेका कारण उपसभामुख तुम्बाहाम्फेले पद तथा गोपनियताको शपथ ग्रहण गराउन लागेकी हुन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए ।
तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा नेकपाले रविन्द्रपत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।
फेसबुक प्रतिक्रियाहरु