होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • असोज २ गते सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क
समाचार

असोज २ गते सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क

  • नागरिक रैबार
असोज २ गते सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क

३१ भदौ, काठमाडौं । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् ।

असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाकाे बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो ।

सरकार मातहतका देशैभरिका  अस्पताल र स्वास्थ्य स‍ंस्थाले ओपीडी सेवाका लागि सुरुमा शुल्क लिएर टिकट काट्ने गरेका छन् । यसरी लिइने शुल्क भने अस्पताल अनुसार फरक–फरक छ ।

विज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ०७६ असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि