होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पहिरो जाँदा लाखौको क्षेति, आवत जावतमा समस्या
Breaking News

पहिरो जाँदा लाखौको क्षेति, आवत जावतमा समस्या

  • नागरिक रैबार
पहिरो जाँदा लाखौको क्षेति, आवत जावतमा समस्या

धर्मराज सुनार/ बाजुरा बाजुरा ३० साउन । स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं. १ मा बुधवार राति परेको अविरल वर्षाका कारण पहिरो जाँदा लाखौंको क्षती भएको छ । अविरल बर्षा संगै आएको पहिरोले वडा नं. १ का दर्जनौं बस्तिमा क्षेति पुगाएको छ ।
स्वामिकार्तिक खापर गाउपालिका वडा नं १ मा पर्र्ने जोरु, खुईकोट, मानाकोटी, रुढी, बर्कु, छुद्दरी, लगायतका बस्तिमा पहिरो जाँदा लाखौंको क्षती हुनुका साथै स्थानीयहरुलाई आवत–जावत गर्न समस्या भएको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष जनक रोकाया बताएका छन् ।
पहिरोका कारण उक्त वडाका १६ बस्ती विस्थापित भएका छन् । बिस्तापित भएका १६ घर परिवारलाई लाई अन्यत्र सर्न स्वामीकार्तिक गाउँपालिकाले आग्रह गरेको छ ।
बुधवार राति करिव एक बजेतिर उक्त ठाँउमा पहिरो आएको स्थानियले बताएका छन । रातिको समय थियो, पुरै गाउँ नै सुनसान थियो, आकासमा कालो वादल संगै झिमझिम पानि परीरहेको थियो, पहिरो आउछ भनेर कसैलाई पत्तो थिएन, रातिको एक्कासि पानीले यति ठुलो क्षेति पुगाएको स्थानिय दानबहादुर रावलले बताएका छन् ।
भिरालो जमिनमा रातिको समयमा बाढि पहिरो आउदा छानोमा रहेका स्थानियका दुईवटा भैसि र ४८ आटो गाई गोर बगाएको छ भने कुनै मानविय क्षेति भने हुन नपाएको स्थानिय मनबहादुर रोकायाले जानकारी दिएका छन् ।


अहिले उक्त ठाँउमा पहिरो गैरहेको रोेकायाले बताएका छन । भिरालो जमिनमा स्थानियको बसोवास जोखिम हुदा उक्त स्थानमा फेरी पनि पहिरो जाने ठुलो सम्भावना हुँदा त्यहाँबाट बस्ति सार्न जिल्ला दैविक प्रकोप उद्धार समितिले आग्रह गरेको छ ।
पहिरोले लिदुडे खोलाको निर्माणाधिन पुल पनि बगाएको छ । स्थानियको जनश्रमदान र गाउपालिकाको अनुदानमा १ लाख ६५ हजारमा निमार्ण सम्पन्न सो खोलाको पक्की पुल बगाउदा स्थानियको जनजीवन अस्तब्यस्त बनेको छ ।
सो क्षेत्रका दुई हजार भन्दा बढी स्थानियलाई आवतजावतमा समस्या भएको बताईएको छ । स्थानका करीव ४ हजार जनसंख्या लाई अहिले पहिरोको चिन्ताले सताई रहेको छ ।
गाउँका सिचाई कुलो, सिचाई ट्याङिक, सिचाई नहर पहिरोले भत्काउदा किसानलाई सिचाईमा समस्या हुने भएको छ । करीव ४ हजार भन्दा बढी किसानका खेतवारी, खेतवारीमा लगाएको अन्नवालि, तरकारी खेति, फलफुल खेतिमा लाखौको क्षेति हुदा स्थानिय चिन्तित बनेका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार