होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अपडेट : बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो
समाचार

अपडेट : बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो

आजपनि दिनभर वर्षाको सम्भावना

  • नागरिक रैबार
अपडेट : बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो

काठमाडौं ।निरन्तरको वर्षा र त्यसले निम्त्याएको विपद्का कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

गएको बिहीबार देखिको अविरल वर्षापछि बाढी, पहिरो र डुवानका कारण हालसम्म ६५ जनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका कारण हालसम्म ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

यो तथ्यांक आज बिहान ७ बजेसम्मको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा २४ जना महिला र ४१ जना पुरुष रहेका छन् ।

विज्ञापन

बाढी तथा पहिरोबाट घाइते हुनेको संख्या ३८ पुगेको प्रहरीको तथ्यांक छ । जसमा १७ जना महिला र २१ जना पुरुष रहेका छन् । १२ जना महिला र १८ जना पुरुष गरी ३० जना अझै बेपत्ता छन् ।

देशभर गरी एक हजार चार सय ४६ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २४ जना महिला र ४१ जना पुरुष रहेका छन् ।

उहाँका अनुसार बाढी तथा पहिरोका कारण सबैभन्दा बढी क्षति प्रदेश नम्बर एक र दुईमा भएको छ ।

यसैबीच, मौसम पूर्वानूमान महाशाखाले आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा वर्षा हुने जनाएको छ ।

देशको पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एक वा दुई स्थानमा भारी वर्षा हुने मौसमविद् राजु प्राधानाङ्गले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार आज राति पनि देशभर पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुनेछ ।

राति देशका पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

मौसमविद् प्राधानाङ्गले आउने २४ घन्टासम्म देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र यसले गर्दा देशको पहाडी भू भागमा पहिरो जान सक्ने तथा तराईका नदीहरुमा जलको बहाव र स्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।

सिआइएन खबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार