नागरिक रैबार/बाजुरा २७ असोज ।त्रिवेणी बचत तथा रिण सहकारी संस्था लिमिटेडको १८ औं वाषिक साधारण सभा मार्तडीमा सूरु भएको छ ।
उद्योमशिल बानी, उद्योगमा लगानी भन्ने मुल नाराका साथ त्रिवेणी सहकारी १८ औं वार्षिक साधारण सभा मार्तडीमा सूरु भएको हो । उक्त सभाकाे एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले उद्धघाटन गरेका हुन् ।
वार्षिक साधारण सभामा सहकारी संस्थाका संचालक समितिका अध्यक्ष अशोक कुमार रावलले संस्थाले वर्षभरी गरेका गतिविधि, उपलब्धी र संस्थागत विकास बारे सेयर सदस्यहरुलाई जानकारी गराएका छन् । वि.स. २०५८ साल असोज १३ गते स्थापना भई सूरुमा ६१ जना संस्थापक सेयर सदस्यबाट तत्कालिन कुल बचत रकम रु २ हजार ५ सय ५० संकलन गरि सहकारीको सूरुवात भएको थियो ।
सहकारीले १८ औं वर्षमा प्रवेश गर्दासम्म सहकारीमा १२ सय ८५ सेयर सदस्य, बाल, ऐच्छिक, दैनिक मुठी बचत, कर्मचारी बचत लगायत १३ सय एक बचत कर्ता गरी जम्मा २० सय ५८ बचत कर्ताले सहकारीमा कारोबार गरिरहेका छन् अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीले जिल्लाको मुख्य २ ठाउँ बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकामा आफ्नो कार्यक्षत्र विस्तार गरेको छ । तिनपटक संसोधन भईसकको बाजुराको एकमात्र सहकारी हो । सहकारीले विगत १० वर्षदेखि नेपाल विद्युत प्राधिकरणलाई लिजमा लिएर जलविद्युत संचालन गर्दै आईरहेको छ ।
आर्थिक प्रगतिलाई मध्येनजर गर्दै सहकारीले व्यवसाय संचालन गर्दै आएको छ । सहकारीले हालसम्म कुनै पनि व्यवसायवाट घाटा व्यहोर्नु नपरे र सहकारीको लक्ष्य अनुसारको उल्लेख्य प्रगति गरेकोे अध्यक्ष अशोक कुमार रावलले जानकारी दिएका छन् ।
सहकारीले गत आ.ब. ०७५÷०७६ का लागि कुल कारोबार लक्ष्य १२ करोड ३२ लाख ५ हजार ६ सय १ रुपैयाँ बराबरको नीति कार्यक्रम प्रस्तुत गरेको थियो । जसमा गत आर्थिक वर्षको अन्त्यमा यथार्थ कारोबार ११ करोड ४ लाख २४ हजार ३ सय तिस रुपैयाँ बराबरको कारोवार भएको ५ भने ९० प्रतिशत लक्ष्य प्राप्त गर्न सफल भएको अध्यक्ष रावलले बताएका छन् ।
उनले भने चालु आर्थिक वर्षमा १२ करोड ४७ लाख ३० हजार ७ सय १४ रुपैयाँ बराबरको कारोबार गरिने छ भने असोज २४ गते सम्म ९ करोड ८० लाख १७ हजार ६ सय ७५ रुपैयाँ बराबरको कारोबार गरिएको छ ।
आगामी ०७७÷७८ का लागि १४ करोड ७० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।
संस्थाका अध्यक्ष अशोक कुमार रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल रहेका थिए । संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत संस्थाका सचिव जनक थापाले गरेका थिए । कार्यक्रममा संस्थाका सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु