होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नागरिक रैबारका समाचार संयोजक विकलाई पृति शोक
समाचार

नागरिक रैबारका समाचार संयोजक विकलाई पृति शोक

  • नागरिक रैबार
नागरिक रैबारका समाचार संयोजक विकलाई पृति शोक

नागरिक रैबार /बाजुरा २९ साउन। नागरिक रैबारका समाचार संयोजक पत्रकार प्रमित विकलाई पृति शोक परेको छ । पत्रकार विकका बुवा तुला लवारको बुधबार दिउसो ३ बजे ४२ वर्षको उमेरमा गौमुल गाउँपालिका वडा नं. ६ बाम्नीमा आफ्नै घरमा असामयिक निधन भएको हो ।
कामको शिलसिलामा पत्रकार विकका बुवा तुला लवार भारतमा बस्दै आएका थिए । उनलाई विगत ६ महिना देखि पायल्स रोगको संक्रमण भएको थियो । लामो सयमसम्म पायल्स रोग लागि निको नभएपछि ढाडमा क्यान्सरको सँकरमण भइ अशक्त विरामी भएका थिए ।
विरामी पछि विकका बुवालाई भारतका विभिन्न अस्पतालमा लाखौ खर्च गरेर उपचार गरिएको थियो । त्यहाँ उनको उपचार सम्भव नभएपछि उहाँलाई पत्रकार विकले थप उपचारका लागि काठमाण्डौंको वीर अस्पताल सम्म पुर्याएका थिए । वीर अस्पतालमा पनि उनको उपचार नभएपछि गत असार महिनामा आफ्नै घरमा ल्याएका थिए ।
बुधबार दिउसो मृत्यु भएका लवारको हिन्दु परम्परा अनुसार भोलि विहिबार घटमुनामा दाहसंस्कार गरिने मृतकका भतिजा रमित विकले बताएका छन् ।
बुधबार नागरिक रैबारका  समाचार संयोजक विककाे घरमा भएको यस दुःखद घडीमा विकका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै यस नागरिक रैबारका संस्थापक अध्यक्ष प्रेमबहादुर विकले गहिरो दुख व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार