होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका ८८ स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो
राजनीति

सुदूरपश्चिमका ८८ स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो

  • नागरिक रैबार
सुदूरपश्चिमका ८८ स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ। दुई दिन सम्म धनगढीमा बसेको नेकपाको सुदूरपश्चिम कमिटीको बैठकले ९ जिल्लाका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो।

८८ वटै स्थानीय तहका अध्यक्ष र सचिवको टुङगो लगाईएपनि आज सार्वजनि गर्ने तयारी रहेको नेकपाले जनाएको छ। नेकपा श्रोतका अनुसार धनगढी उप–महानगरपालिकामा अध्यक्षको जिम्मेवारी प्रदेश सभा सदस्य सुशिला बुढाथोकी र गोदावरीमा गोकर्ण भट्टलाई दिईएको छ।

यसअघि प्रदेशमा इन्चार्ज, अध्यक्ष, सह इन्चार्ज र सचिवमात्र रहेका थिए। दुई दिन सम्म चलेको बैठकमा अन्य संगठनको एकताबारे पनि निर्णय गरेको नेकपा सुदूरपश्चिमले जनाएको छ। बैठकमा प्रदेश इन्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, सहइन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी सहभागी थिए।दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार