नेपालगन्जबाट उडेको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमाबाट चिप्लियो, सबै उडान बन्द
समाचार

नागरिक रैबार
शुक्रबार, असार २७, २०७६
अ
अ
अ
काठमाडौं । नेपालगन्जबाट काठमाडौंका लागी उडेको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमाबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ।
यति एयरको उडान नम्बर एनवाइटी ४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए।
विमानस्थल श्रोतका अनुसार जहाजका दुई यात्रु घाइते भएका छन् भने अरूलाई सकुशल उद्धार गरिएको थियो।धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।