“रैथाने वालीको संरक्षण, प्रवद्र्धन र विस्तार, बाजुराको खाद्य पोषण सुरक्षा र कृषकको आम्दानीको आधार” भन्ने मुल अभिप्रायका साथ विगत केही वर्ष देखि सावकिको जिल्ला कृषि विकास कार्यालय हुँदाका वखत र हालको कृषि ज्ञान केन्द्र बाजुरा स्थापना भए पश्चात बाजुरा गरिवी र अभावको जिल्ला मात्रै होईन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने विषयलाई आम वाजुरावासी समक्ष पु¥याउने अभिप्रायले निरन्तररुपमा रैथाने वालीको प्रचार प्रसार तथा यसको व्यवसायीक खेतीका लागि कृषकहरुलाई जागरुक गराउदै अघि वढीरहेको अवस्था छ । बाजुरा जिल्लाको ८० प्रतिशत बढि जनसंख्या कृषि पेशामा संलग्न छन् ।
कृषिको व्यवसायीकरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमानको टड्कारो आवश्यकताबारे सायदै कसैको पनि दुईमत नहोला । एकातिर कृषिको व्यवसायीकरणका नाममा अत्याधिकरुपमा रसायनिक मल तथा विषादीको प्रयोग वढ्दै गईरहेको छ भने अर्को तर्फ जलवायु परिवर्तनको असरका कारण जैविक विविधता ह्रास हुनुका साथै तापक्रममा भएको वृद्धि, सुख्खा खडेरीका कारण कृषि क्षेत्रको उत्पादनमा ह्रास हुँदै जान थालेको अवस्थामा स्थानिय तथा रैथाने वालीको संरक्षण, सम्वद्र्धन र तिनको व्यवसायिक खेतीलाई अगाडी वढाउन सकेमा मात्रै बाजुरा जस्ता पहाडी तथा हिमाली जिल्लाहरुको खाद्य सुरक्षाको सवाललाई उचित सम्वोधन गर्न सकिने देखिन्छ ।
बाजुरा प्राकृतिक तथा धार्मिक एवं पर्यटकिय सम्पदामा तुलनात्मकरुपले धनि रहे पनि विकासको दृष्टिले पछि परेको जिल्ला हो । कम खेति योग्य जमिन, सिँचाई सुविधाको कमि, उन्नत प्रविधिमा कृषकको पहुँच र अवलम्वनको कमजोर अवस्था, भौगोलिक विकटता आदि कारणले गर्दा आशातित रुपमा उत्पादन तथा उत्पादकत्व बढ्न सकेको छैन ।
त्यसैले परम्परागत निर्वाहमुखि कृषि प्रणालीलाई स्थानीय संम्भावना, तुलनात्मक लाभ र बाली ÷वस्तुको बिबिधिकरण एवं बिशिष्टिकरणको माध्यमबाट ब्यवसायिक प्रणालिमा रुपान्तरण गरि खाद्य तथा पोषण सुरक्षा बढाउनु एवं कृषिमा आश्रित स्थानिय जनताको जिवनस्तरमा सुधार ल्याउनु कृषि क्षेत्रमा काम गर्ने सवै निकायको प्रमुख दायित्व र चुनौती दुवै रही आएको छ ।
बाजुरा जिल्लमा पाईने जौ, कोदो, उवा, फापर, चिनो, कागुनो, लट्टे जस्ता रैथाने वालीहरु पौष्टिकताका हिसावले महत्वपुर्ण, सजिलै खेतीगर्न सकिने, सुख्खा खडेरी सहन सक्ने तथा कमसल जमिनमा पनि उत्पादन हुने, रोग किरा कम लाग्ने भएता पनि प्रचार प्रसारको कमि, सामाजिकरुपमा कम महत्व दिईनुले पनि विस्तारै यी वालिहरु लोप हुँदै जाने अवस्थामा छन् ।
हालको पछिल्लो अवस्था अनुसार विस्तारै रैथाने वालीको विकास र प्रवद्र्धनका लागि विभिन्न प्रयासहरु भएका छन् जस मध्ये वाजुरा जिल्लामा साविकको जिल्ला कृषि विकास कार्यालयको अगुवाईमा वालीको प्रचार प्रसार, कृषकहरुलाई तालीम, वीउको वितरण, खाद्य परिकारमा विविधिकरण तथा वजारको प्रवद्र्धनका लागि आवश्यक पहल गरिएको अवस्था छ भने हाल कृषि ज्ञान केन्द्रले समेत यी कार्यक्रमको निरन्तरता दिदै आएको अवस्था छ ।
बाजुरा, प्राकृतिक श्रोत साधन र धार्मिक एवं साँस्कृतिक सम्पदामा तुलनात्मकरुपमा धनि भएर पनि आर्थिक एवं सामाजिक रुपमा पछाडी परेको जिल्ला हो । पछिल्लो मानव विकास सूचकाङ्कमा पुछारमा रहेको यो जिल्ला गरिबी, खाद्य असुरक्षा तथा कुपोषण जस्ता समस्याहरुबाट गुज्रिरहेको छ ।
कूल जनसँख्याको ६४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् जुन नेपालकै उच्च हो । त्यसै गरी नेपालका तिस भन्दा बढि खाद्य असुरक्षित जिल्लाहरु मध्ये बाजुरा अग्रणी स्थानमा आउँछ । जिल्लामा उत्पादित खाद्यान्नले जिल्लाबासीलाई करिव छ महिनामात्र पुग्ने अवस्था छ भने आफ्नै उत्पादनले बर्ष भरी खान पुग्ने परिवार करीब चार प्रतिशतको हाराहारीमा रहेको छ ।
बिगत देखि नै जिल्ला खाद्य असुरक्षित रहनुका प्रमुख कारणहरुमा खेति योग्य जमिन कम हुनु, सिँचाई सुबिधाको कमि र अपेक्षित रुपमा बिस्तार हुन नसक्नु, स्थानिय तथा रैथाने खाद्यान्न बालीको खेति गर्ने र उपभोग गर्ने क्रम घट्दै जानु, उन्नत कृषि प्रविधिको प्रसार र प्रयोग कमजोर हुनु, यूवा पलायन र बसाईँ सराई लगायतका कारणहरुले गर्दा जग्गा बाँझो हुने क्रम बढदै जानु, जलवायु परिवर्तनका कारण सुख्खा खडेरी हुने क्रम बढ्दै जानु आदी रहेका छन् ।
बाजुरा जस्तो पहाड तथा हिमाली जिल्लाहरुको लागि स्थानिय तथा रैथाने खाद्यान्न बालीहरु खाद्य एवं पोषण सुरक्षाको दृष्टिले अति महत्वपूर्ण छन् । यस्ता खाद्यान्न बालीहरुमा शरीरलाई चाहिने कार्बोहाइडे«ड, प्रोटिन, खनिज र बिभिन्न भिटामिनहरु प्रसस्त मात्रामा पाईन्छन् । त्यसैले अधिकाँश यी वालीहरु रैथाने तथा हेला गरिएका वाली भए पनि पोषणको हिसावले अतिनै महत्वपुर्ण वालीमा पर्दछन् ।
बिगतमा जिल्लाबासीहरुको खाद्य पोषण सुरक्षाको मुख्य आधार रहेको कोदो, फापर, जौ, चिनो, कागुनो, लट्टे (मार्से) लगायतका खाद्यान्न बालीहरुको खेति गर्ने क्रम पछिल्ला बर्षहरुमा घटदै गईरहेको छ भने ति मध्ये कतिपय बालीहरु त लोपोन्मुख अबस्थामा पुगेका छन् ।
खाद्य पोषण सुरक्षाको दृष्टिले महत्वपूर्ण ती बालीहरुको खेति गर्ने क्रम घट्दै जानुमा सडक तथा बजार सन्जालको बिस्तार संगै चामलको उपलब्धता सहज हुनु, खानेबानीमा परिवर्तन आई भातमुखी हुनु, कृषि श्रम शक्तिको कमी, उत्पादन लागत बढि हुनु आदि कारणहरु जिम्मेवार रहेका छन् ।
अर्को तर्फ, चेतनाको कमि र यी खाद्यान्न बालीहरुको खाद्य तथा पोषण महत्व नबुझेर कादो, फापर लगायतका खाद्यान्नको उपभोग गर्नेलाई ग्रामिण भेगमा सामाजिक रुपमा पनि हेयको दृष्टिले हेर्ने गरिनु पनि यी बालीहरुको खेति गर्ने र उपभोग गर्ने क्रम घट्दै जानुको अर्को प्रमुख कारणको रुपमा रहेको छ ।
यसरी बढ्दो भात मुखि प्रबृत्ति र स्थानिय बाली खेती गर्ने क्रम घट्दै जाँदा बाजुरा जस्तो दुर्गम र भौगोलीक विकटता भएको पहाडी जिल्ला खाद्य पोषण सुरक्षाको दृष्टिले अझ वढि जोखिममा पर्ने खतरा बढ््दै गईरहेको पाईन्छ । यीनै कुराहरुलाई दृष्टिगतगत गरी बाजुरा जिल्लामा रैथाने वाली प्रवद्र्धन अभियानलाई अगाडी वढाईएको छ ।
स्थानिय तथा रैथाने वालीको खेती नै किन ?
– स्थानीय मौसम तथा हावापानी सुहाउँदो हुने भएकाले यी बालीहरू अन्य बालीको तुलनामा राम्रो उत्पादन हुन्छ ।
– कम मलिलो र कमसल जग्गामा पनि खेति गर्न सकिने ।
– अन्य बालीको तुलनामा रोग तथा कीरा कम लाग्ने हुन्छन् ।
– उन्नत जातको तुलनामा सुख्खा खडेरी बढि सहन सक्ने भएकोले जलवायु परिवर्तनको हिसाबले पनि यी बालीहरू बढि उपयुक्त छन् ।
– यी बालीहरूमा सिंचाइ, मल तथा अन्य व्यवस्थापन पनि अरु बालीहरूमा भन्दा कम भए पुग्छ ।
– पोषण सम्वन्धि चेतनाको स्तरमा आएको वृद्धिसंगै शहर बजारमा यस्ता खाद्यान्नको माग बढिरहेकोले विक्रि गरि आय आर्जन गर्न सकिने ।
बाजुरा जिल्लामा रैथाने वालीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व (आ.ब)०७५र७६
रैथाने तथा लोपोन्मुख वालीको प्रवद्र्धनका लागि भएका प्रयासहरु:
जिल्लामा कोदो, फापर, लट्टे (मासर्) चिनो, कागुनो, झुमरो, जौ, उवा, सिमी लगायतका रैथानेवालीहरुको राम्रो उत्पादन हुने भए पनि जिल्लाबासीको खाने बानीमा परिवर्तन आएकोले त्यस्ता रैथाने बालीबाट बन्ने परिकारको उपभोग कम भइ तिनको साटो भात मात्र खाने बानी बढ्दै जाँदा एकातर्फ चामल माथिको परनिर्भरता बढ्न गएको छ भने अर्को तर्फ ति बालीहरु लोप हुने संघारमा पुगेका छन् ।
यसै तथ्यलाई दृष्टिगत गरि ति बालीहरुको संरक्षण, प्रचार प्रसार, उत्पादक कृषकलाई प्रोत्साहन, परिकार विविधिकरण, बजार विस्तार आदि माध्यमबाट उत्पादन र उपभोगमा वृद्वि तथा बजारीकरण मार्फत जिल्लाको खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउन तथा जिल्लावासीको आआर्जनको मुख्य श्रोत वनाउने उद्देश्यका साथ साविकको जिल्ला कृषि विकास कार्यालय, बाजुराको अगुवाईमा रैथाने वाली प्रवद्र्धन अभियानलाई अगाडी वढाईएको थियो भने हाल उक्त कार्यक्रमलाई कृषि ज्ञान केन्द्र वाजुरावाट निरन्तरता दिइ यस अभियान अन्तरगत विभिन्न कार्यक्रमहरु सन्चालन गरिएका छन् ।
साथै, स्थानीय तथा रैथाने वालीको प्रवद्र्धनका लागि विशेष गरी पाँच वटा संभागमा आधारीत भएर केही कार्यक्रमहरु विगत वर्ष देखि निरन्तररुपमा संचालन हुँदै आएका छन् भने नेपाल सरकार, वाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तरगत नमुना जिल्लाका रुपमा वाजुरा पनि छनौट भई आ.व.२०७५।०७६ देखि रैथाने वाली प्रवद्र्धन कार्यक्रम संचालनमा रहेको छ । यसले रैथाने वालीको प्रवद्र्धनमा थप सघाउ पुगेको अवस्था छ ।
रैथानेवालीको प्रवद्र्धनका लागी जिल्लामा भए गरेका क्रियाकलापहरु
१. प्रचारात्मक कार्यक्रम ः यस अन्तरगत भित्ते लेखन, एम.एम. रेडयिो वाट सुचना सन्देस तथा जिङ्गल प्रसारण, विभिन्न तालीम गोष्ठी तथा सभा सारोह मार्फत रैथाने वालीको महत्व वारे जानकारी गराउनुका साथै मेला महोत्सवहरुमा प्रचार प्रचार गर्ने गरिएको छ ।
२.प्रविधि तथा उन्नत वीउको प्रसारण र क्षेत्र विस्तार ः रैथाने वालीको क्षेत्र पहिलेको तुलनामा विस्तारै घट्दै गईरहेको अवस्थामा उपलव्ध भए सम्म उन्नत जात र स्थानिय स्तरवाट संकलन गरी वीउ वितरण गरी क्षेत्र विस्तार गर्ने कार्य गरिएको छ भने यसको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागी जिल्ला तथा स्थानिय स्तरमा कृषक तालीम संचालन गर्नुका साथै प्रदर्शन कार्यक्रम संचालन गरिएका छन् । रैथाने वालीको प्रसोधनका लागी अनुदानमा कृषि औजार वितरण गर्ने कार्य समेत गरिएको छ ।
३. परिकार विविधिकरण: परम्परागतरुपमा प्रयोग हुँदै आएको रैथाने वालीलाई वाह्य जिल्लावाट प्रशिक्षकहरु वोलाई जिल्ला स्तरमा होटेल व्यवसायी, स्वास्थ्य स्वयमसेविका तथा अगुवा कृषकलाई परिकार विविधिकरण सम्वन्धी तालीम संचालन गरी जिल्ला तथा विभिन्न स्थानिय तहमा वाजुरा रैथाने थाली नामाकरण गरी खाजा परिकारलाई सामान्य व्रान्डीङ गरिएको छ । यसले गर्दा परिकार मन पराएकोले गर्दा रैथाने वालीको उपभोगमा वृद्धि भएको अवस्था छ ।
४. वजार प्रवद्र्धन सहयोग: स्थानिय स्तरमा समुह तथा सहकारीलाई रैथाने वालीको संकलन गर्नका लागी सहयोग गरिएको छ भने विभिन्न मेला तथा राष्ट्रीय तथा क्षेत्रीय स्तरका महोत्सवहरुमा कृषकको सहभागीता हुने गरेको छ भने कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा बाजुरा कोसेली घरको स्थापना गरी उक्त कोसेली घर मार्फत जिल्ला भित्र तथा वाहिर रैथाने वालीको विक्रि वितरण भईरहेको छ । त्यसै गरी देशका प्रमुख शहरहरु काठमाण्डौ, पोखरा, नेपालगञ्ज तथा धनगढीमा रैथाने वालीहरु विक्रि वतिरणका लागि पठाउने गरएिको छ ।
५.स्थानिय एवं रैथाने वालीको संरक्षण र सम्वद्र्धन : रैथाने वालीको संरक्षण र सम्वद्र्धनका लागी एकिकृतरुपमा प्रयास गरिएको छ जस अन्तरगत तालीम गोष्ठी तथा जनचेतना अभिवृद्धि का कार्यक्रम संचालन गर्नुका साथै जिल्लामा सामुदायीक वीउ वैंक स्थापना गरी ति वीउ वैंकको सहयोगमा वीउ संकलन, संरक्षण र व्लकमा खेतीगर्न शुरु गरिएको अवस्था छ । कृषकले गाउँघरमा आफ्नै सिप र प्रविधिको प्रयोग गरि यी वालीको खेती तथा संरक्षण गर्दै शाईरहेका छन् ।
बाजुरामा रैथाने एवं स्थानीय बाली प्रवद्र्वनको प्रभाव
१. त्यस्ता बालीहरुको खेति गर्न क्रम बढेको । खेति गर्न छोडिसकेको स्थानहरुमा समेत पुनः शुरु भएको ।
२. लामो समयदेखि बाँझो रहेको जग्गा समेत प्रयोगमा आएको
३. विगत दुइ वर्षको खडेरीबाट प्रभावित जिल्लाका पूर्वोत्तर भेगमा बाँडिएको फापरको बीउ लगाइ भएको उत्पादनले गत वर्ष भदौ देखि मंसीर पुष सम्म खाद्य संकट टार्न प्रत्यक्ष सहयोग गरेको
४. नेपाल खाद्य संस्थानबाट फापर खरिद गर्ने व्यवस्था शुरु भइ आ. व. २०७३।७४ र २०७४।७५ गरि दुइ वर्ष खरिद कार्यक्रम राखिएको । तर हाल उक्त कार्यक्रम खाद्य संस्थानबाट नराखिएको
६. स्थानिय स्तरमा र जिल्लामा आउने पाहुनाहरुले स्थानिय उत्पादन कोसेलीको रुपमा खरिद गरि लैजाने क्रम शुरु भएको
७. सदरमुकाममा आयोजना गरिने सभा, समारोह, तालिम, गोष्ठी लगायत कतिपय गैसस र सरकारी कार्यालयको खाजामा समेत फापर, कोदो, कागुनो र लट्टेको परिकार उपभोग गर्ने गरिएको
८. सदरमुकाम लगायतका बजार र गाउँघरमा समेत खाजाको रुपमा चाउचाउ र मासु चिउराको सट्टा त्यस्ता नयाँ परिकार उपभोग गर्ने क्रम बढेको
९. सदरमुकामस्थित स्थानीय दुइ सहकारीहरुले स्थानिय एवं रैथाने कृषि उपज विक्रि केन्द्र सन्चालन गरेका
१०. फापर खेति गरिने क्षेत्रफल पछिल्लो दुइ वर्षमा २५०० रोपनी थप भएको
१०. जिल्लामा सन्चालित सुआहरा दोश्रो कार्यक्रम र पिसविन, मानव संसाधन केन्द्र लगायतका गैससहरुले त्यस्ता स्थानिय एवं रैथाने बाली प्रवद्र्धनलाई आफ्नो बार्षिक कार्यक्रममा समावेश गरि प्रचारात्मक कार्यहरु, क्षेत्र विस्तार र परिकार तयारी सम्वन्धमा स्थानिय वासिन्दालाई तालिम दिने कार्य शुरु गरेका ।
११. नियमित रुपमा त्यस्ता परिकार बनाइ विक्रि गर्दै आएका सदरमुकाम बाजुराका एक होटल व्यवसायी गैसस र अन्य निकायको प्रायोजनमा प्रशिक्षकको रुपमा विभिन्न स्थानमा गइ तालिम दिने
१२. हाल गौमूल गाउँपालीकाको केन्द्रमा पनि एक जनाले नियमित रुपमा त्यस्ता परिकार बनाइ त्रिक्री गर्ने गरेका
१३. जिल्लाका प्राय अधिकाँश स्थानिय तहहरुले स्थानिय एवं रैथाने बाली प्रवद्र्धनको लागि वीउ वितरण, प्रचारात्मक कृयाकलाप र परिकार तयारी तालिम जस्ता कृयाकलाप सन्चालन गर्ने गरेका
१४. जिल्लामा कार्यरत कृषि संग सम्वन्धित सरकारी र गैससको नेटवर्क (बाजुरा कृषि सन्जालले सवै निकायले स्थानिय एवं रैथाने बाली प्रवद्र्धन अभियानलाई सघाउ पुग्ने कृयाकलाप सन्चालन गर्ने निर्णय गरि कार्यान्वयन गरेका
स्थानिय एवं रैथाने वालीको प्रवद्र्धनका लागि गर्नुपर्ने थप आवश्यक कार्यहरु
– विद्यालय पोषण शिक्षा कार्यक्रम (School nutrition program) संचालन गरी हरेक घरमा यसको सन्देश पु¥याउनु पर्दछ ।
– विभिन्न परिकार तयारी र सन्चयबारे रंगिन सचित्र तालिम म्यानुअल प्रकाशन गरी वितरण गर्नु पर्ने आवश्यकता रहेको छ ।
– विशेष गरी आजभोली हामी सवैले खाने गरेको पाउरोटी, चाउमिन र नुडल्सहरुमा स्थानिय वालीलाई समावेश गरी थप परिकार विविधिकरण गर्नु पर्ने देखिन्छ ।
– म्यानुअलमा आधारित तालिम (स्वास्थ्य स्वयं सेविका र रेष्टुरेन्टका कूकलाई) संचालन गर्नु पर्दछ ।
– यी वालीहरु सामान्यतया दुर्गम तथा हिमाली क्षेत्रमा उत्पादन हुने र त्यस क्षेत्रमा विषादी लगायत अन्य रसायनिक वस्तुहरुको प्रयोग नहुने हुँदा अर्गानिक वालीकोरुपमा पहिचान दिलाउनका लागि सामुहिक अर्गानिक प्रमाणीकरण प्रणाली अन्तरगत अगाडी वढ्नु पर्ने देखिन्छ ।
– अन्न तथा पिठोलाई सुपर मार्केट चेनमा प्रवेश गराउन सकेमा यसको उत्पादन स्वत वढ्ने र आयआर्जनमा समेत उल्लेख्य वृद्धि हुने हुँदा यस तर्फ ध्यान दिनु जरुरी छ ।
– सहकारी खेतिको अवधारणा अनुरुप यसको व्यवसायीक खेतीको शुरुवात गर्नु आवश्यक छ ।
– उत्पादन लागत घटाउने प्रविधि विकास गरी कृषक स्तरमा पु¥याउनु आवश्यक देखिन्छ ।
– स्थानिय एवं रैथाने बालीको खेति गर्नेलाई प्रतिफलमा आधारित प्रोत्साहन उपलव्ध गराउने गरी आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयन गर्नु पर्ने आवश्यकता रहेको छ ।
– नेपाल खाद्य संस्थानबाट खरिद गर्ने व्यवस्था गरी कृषकहरुलाई वजारको सुनिश्चिता प्रदान गर्नु पर्दछ ।
– यी वालीहरुको अनुसन्धानमा सरकारले पनि खासै महत्व दिएको पाईदैन त्यसैले जातिय अनुसन्धान र विकास तथा स्रोत बीउ उपलव्ध गराउने किसिमले सरकारी अनुसन्धान अगाडी वढ्नु पर्ने देखिन्छ । साथै केही स्थानिय जातहरु पनि कृषकहरुले मन परायर खेती गर्दै आईरहेका छन तसर्थ सहभागितात्मक जातिय छनौटको प्रक्रिया अवलम्वन गर्नु पर्ने देखिन्छ ।
– समूहमा आधारित सामुदायीक बीउ उत्पादन कार्यक्रम संचालन गरी हालको वीउको अभावलाई पुर्ति गर्नु पर्दछ र विक्रि वितरण गर्ने आवश्यक व्यवस्था पनि सामुहिक प्रयास मार्फत नै अगाडी वढाउनु पर्ने अवस्था छ ।
– जिल्ला तहमा तथा स्थानिय तहमा विशेष गरी तालीम, गोष्ठी, सभा, समारोह र अन्य खाजाको रुपमा स्थानिय परिकारवाट वनेका खाजालाई प्राथमिकता दिई सोही अनुसार कार्यान्वयन गर्न सकेमा यसको आन्तरीक वजार प्रवद्र्धनमा ठुलो सहयोग पुग्नुका साथै यसको व्यवसायीकतामा समेत उल्लेख्यरुपमा वृद्धि हुने देखिन्छ ।
अन्तमा,पछिल्लो समयमा खाद्यान्नमा बढ्दै गएको परनिर्भरतासंगै घट्दो स्थानिय कृषि उत्पादनको कारण समग्र खाद्य पोषण सुरक्षामा चुनौती थपिएको छ । यो चुनौतीको सामना गर्न स्थानिय तथा रैथाने वाली र अन्य बालीहरुको उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्नु अत्यावश्यक छ ।
अर्को तर्फ त्यस्ता बालीहरुको अनुसन्धान र विकासको साथै उत्पादन, प्रशोधन, परिकारमा विविधीकरण र बजारीकरणलाई सघाउ पु¥याउने गरि कार्यक्रम संचालन गर्नुपर्ने देखिन्छ । यसै सन्दर्भमा कृषि ज्ञान केन्द्र बाजुराले रैथाने वालीको प्रवद्र्धनका लागी गरेको प्रयासका कारण हाल जिल्लामा स्थानिय तहले यसको स्वामित्व ग्रहण गरेको अवस्था छ भने खाजाकारुपमा केही स्थानिय तहले वाजुरा रैथाने खाजा थालीलाई निरन्तरता दिएका छन् भने केहीले प्रयास गरिरहेका छन् ।
त्यसै गरी मुल्यमा एकरुपता कायम गर्न रैथाने वालीको मूल्य निर्धारण गर्ने काम हुनुका साथै आफ्नो वजेटवाट समेत यसको प्रवद्र्धनका लागी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिरहेको अवस्थामा अन्य जिल्ला तथा स्थानिय तहलाई पनि बाजुरामा स्थानीय एवं रैथाने बाली प्रवद्र्धनका लागी भए गरेका पहल र प्रयासहरु उपयोगी हुन सक्दछन् ।
लेखक: जैशी कृषि प्रसार अधिकृत छैठौं कृषि ज्ञान केन्द्र बाजुरामा कार्यरत हुनुहुन्छ ।
फेसबुक प्रतिक्रियाहरु