होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेत्रविक्रम चन्द विप्लवका छोरा पक्राउ
समाचार

नेत्रविक्रम चन्द विप्लवका छोरा पक्राउ

  • नागरिक रैबार
नेत्रविक्रम चन्द विप्लवका छोरा पक्राउ

चितवन। प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरालाई प्रहरीले पक्राउ गरेको छ। चितवन मेडिकल कलेजबाट चन्दका छोरा प्रकाश चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको प्रहरीले जनाएको छ। उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको जनाइएको छ। चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन्। सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै