होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • विपद् बाट जोगिन सचेतना फैलाउदै नेपाली सेना
Breaking News

विपद् बाट जोगिन सचेतना फैलाउदै नेपाली सेना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
विपद् बाट जोगिन सचेतना फैलाउदै नेपाली सेना

नागरिक रैबार/बाजुरा २४ भदौ । नेपाली सेनाले विपद्बाट जोगिनका लागि पुर्व अभ्यास गराएर सचेतना फैलाएको छ । मंगलबार समरजित गुल्मले विपद्बाट कसरी जोगिने ? विपद्मा परिहालेमा कसरी उद्धार गर्ने विपद् व्यवस्थापन कसरी गर्ने ? भन्ने बिषयमा द्धावारिका प्राविका शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई विपद् बाट जोगिन पुर्व अभ्यास गराएको हो ।

विपद् बाजा बजाएर आउदैन, तर सावधानी अपनाए कम क्षति गराउन सकिन्छ भन्ने उद्देश्यका साथ बाजुरामा पनि नेपाली सेनाले विपद्बाट जोगिन पुर्व अभ्यास संगै सचेतना फैलाउन उक्त कार्यक्रम गरेकोे समरजित गुल्मले बताएको छ ।

कुनैपनि प्राकृतिक प्रकोप पर्दा सवैभन्दा पहिले उद्दार स्थानियले गर्ने भएकाले स्थानियलाई यस बारे जानकारी गराउन लागेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताए ।

विज्ञापन

दुई दिन सम्म संचानल गरिने सामुदायिक विपत प्रतिकार्य तालिममा आगलागि नियन्त्रण , बाढिपहिरोमा कसरी जोगिने ,भुकम्प बाट कसरी जोगिने र विपद् पर्दा प्राथमिक उपचार कसरी गर्ने भन्ने बारे जानकारी गराईने बताईएको छ ।

तालिममा बडिमालिका नगरपालिका वडा नं ९ का सय भन्दा बढि स्थानिय महिला पुरुषको सहभागिता रहेको छ । उक्त अभ्यासमा वडा नं ९ का वडा अध्यक्ष विनोदकुमार बिक लगायतका जनप्रतिनिधीहरुको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • २१ मिनेटutes अगाडि

भर्खरै