होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • चितवनकी पत्रकारको भोगाइमा परदेश : देशको विकास भाषणले होइन, कामले देखाउनुपर्ने रहेछ
विचार/ब्लग

चितवनकी पत्रकारको भोगाइमा परदेश : देशको विकास भाषणले होइन, कामले देखाउनुपर्ने रहेछ

  • नागरिक रैबार
चितवनकी पत्रकारको भोगाइमा परदेश : देशको विकास भाषणले होइन, कामले देखाउनुपर्ने रहेछ

पुनम गौतम

नेपालमै हुँदा नेताहरुको भाषण सुन्दा लाग्थ्यो कि एकपटक जानैपर्ने रहेछ परदेश । तर, कहाँ कल्पनाको जस्तो हुने रहेछ र ? फेरि लाग्थ्यो कि युवा भएर पनि किन विदेशिनु ? तर, कहाँ समय र परिस्थितिलाई आफ्नो परिधिमा राख्न सकिने रहेछ र ? नेताहरुले बोलेजस्तै स्विजरल्याण्ड घुम्ने रहर ? जाने कहिले थाहा छैन । यी र यस्तै कुरा मेरो मानसपटलमा गुम्सिरहन्थ्यो । थोरै रहर, धेरै बाध्यता भनु या समयको खेल, विदेश नै प¥यो आखिर । २०७५ सालको संघियता तथा प्रतिनिधिसभा चुनाव सकिएर मतगणना करिब–करिब अन्तिम चरणमा थियो । तर, लक अर्थात् भाग्यले साथ दिएर मातृभूमि छाडेर परदेशी बने ।

त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलदेखि टर्की हुँदै नेदरल्याण्डको आम्स्ट्राडमसम्मको यात्रा तय भयो । सुन्दा उस्तै लाग्ने तर ठाउँ फरक भए पनि नेताहरुले नेपाललाई युरोपको स्विजरल्याण्ड बनाउँछु भन्ने कथनलाई मनन गर्दै कस्तो न होला भन्ने कौतुहलताका साथमा नेदरल्याण्डमा जहाज ल्याण्ड भयो । पहिलो पटकको विदेश यात्रामा कयौं प्रश्न त्यसमा पनि फिरन्तेलाई ठाउँको अवलोकन गर्नै हतार भयो । एयरपोर्टबाट निस्किएपछि लाग्यो, नेताको बोली र बन्दुकको गोलीको भर हँुदैन भनेर हो रहेछ भन्ने आभास मात्र गर्न भ्याएँ । यो युरोप यस्तो मेरो नेपालको विकास त्यस्तो भन्ने मनमा छोयो । नेपाली नेताहरुले साच्चै नेपाललाई युरोप जस्तो बनाउने हो भने थोरैमा नि १० वर्ष लाग्छ भन्ने महसुस भयो मनमा ।

विज्ञापन

यस्तै अनेकौं कुरा मनमा खेलाउँदै विदेशिएको पहिलो रात अब के होला, कस्तो होला भन्दै काँचै सकियो । बिहानको पहिलो किरणसँगै निदरीको मिठासले ठाउँ लिनै नपाई उठेर नित्यकर्म सकेर बाटो तताउनै हतार भयो । ब्रेकफास्टमा एउटा पाउँरोटी र जुससँग फेरि यात्रा मोडियो पोर्चुगलसम्म । करिब करिब ११ः४५ बजेको प्लेन समाएर लागे लिस्बन शहर । समय फरक, ठाउँ अनि, मान्छे फरक, संंस्कृति फरक, भेषभूषा फरक जे हे¥यो तै चिज फरक, अनि लाग्यो, सायद विदेश यही रहेछ । यतिमात्रै नियालेको के थे, उत्रने ठाउँ आएछ । लगेजलाई साथी बनाएर अल्ली अगाडि बढेँथे दाइ र दिदीको आगमनले परिस्थितिले पारिवारिक मोड लियो । उनीहरुले बेग्र प्रतिक्षा पश्चात भेट भएकाले होला बल्ल प्रतिक्षा सकियो भन्दै ब्याग समात्न थाले ।

पोर्चुगल आएको ७२ घण्टामा लिगल इन्ट्रि गर्नुपर्ने रहेछ । तर, म आउँदा क्रिसमस र नयाँ वर्ष परेकाले सरकारी कार्यालय बन्द भएर ५ दिनपश्चात नेपालमा खानेपानी र विद्युत्को लाइनमा बसेर पैसा तिरेको जस्तो गरेर इन्ट्री गरियो । त्यस पश्चात फिनान्सको लागि एक जना पोर्चुगिजलाई केही रकम तिरेर फिनान्स पनि भरे र त्यसको केही समय पश्चात सोसलको पेपर पनि बनाए । लगत्तै पोर्चुगललाई पेपरको खानी भनेर परिभाषित पनि गरे आफैंले ।

केही समय यहाँको भाषा अनि परिवेशलाई अगाल्नै समय लाग्यो । घर, पसल गर्दै गर्दा आएको केही समयमै काम गर्ने अवसर मिल्यो र जेनतेन काम पनि गरे । पोर्चुगिज समाजमा भिन्दै गर्दा व्यस्त जीवन बिताउँदै गर्दा कताकता लाग्यो सायद परदेश अर्थात् विदेश भनेको यही रहेछ । न मिल्छ रहनसहन न त भाषाशैली नै । अनि मेरो देशका नेताले भनेको जस्तै रेल, सायद यही हो भन्दै आनन्द लिँदै चढेँ । मेट्रोको अनुभव अनि, पानीजहाज भन्ने सुनेको थे तर चढेको थिइन तर यही शहरले पूरा गरिदियो त्यो मेरो रहर । रहर पूरा हुँदै गर्दा र अनुभव लिँदै गर्दा मनमा लाग्यो, ‘ यदि देश विकास भाषणमा भनेर होइन काममा गरेर देखाउँनैं पर्ने रहेछ । जसको लागि शासनभन्दा पनि व्यवस्था मजबुत हुनुपर्छ भन्ने लाग्यो ।

विकास ग¥यो भने असम्भव केही छैन भन्ने विश्वास लिँदै सुरु भयो पोर्चुगलको लागि नयाँ जिन्दगी । फेरि जिरोबाट सुरु गर्नुपर्ने, यहाँको समय र परिस्थिति बुज्नु पर्ने, यस्तैमा फेरि सुरु भयो जिरो लेभलबाट काम । तर पछि न हटि डटेरै लागेँ । कहिलेकाही लाग्यो यो परदेशी जिन्दगीभन्दा धेरै ठीक नेपालको, तर होइन यहाँ आएर थाहा भयो काम, पैसा, अनि समयको महत्व कस्तो रहेछ भनेर अनि लाग्यो जिरो जिन्दगीलाई पालुवा पलाउन लाग्नुपर्छ भन्ने ।

कामको लागि कति भौतारिए कति ? र बल्लतल्ल ३\४ महिनामा साथीको अनुसार स्थायी रोजगारी पाए । त्यो पनि पोर्तुगिसकोमा दिनको ८ घण्टा काम २ दिन छुट्टी । सुरु भयो पोर्चुगलको लागि अर्को अध्याय । यसरी नै बिहानै काम दिनभरीको थकान अनि घर आयो पल्टियो निदाएको पत्तै नहुने । अनि कहाँ घर, साथीभाइ । त्यसमा पनि नेपाल र यहाँ ५\६ घण्टाको समयको फरक । फेरि साथीहरु चित्त दुखाएर हैरान । बिचराहरुलाई के थाहा विदेशिनुको पीडा, यहाँको दुःख ? उनीहरु भन्थे, ‘ पाँच मिनेट हामीलाई समय दिइन, ठूली भै ।’ यस्तै हो, साथीभाइ आफ्नो ठाउँमा छदै छन्, बुज्नेले पनि बुजेकै छन्, मिलेसम्म समय पनि दिएकै छु । फेरि, नेपालमा बसेर गरेको पत्रकारितालाई पनि कहाँ भुल्न सकिने रहेछ र फेरि पत्रकारिता पेसा त्यस्तो पेसा हो जुन पेसा नसानसामा रगत जसरी बगिरहने भएकाले पनि होला यहाँ आएर पनि पत्रकारिता गर्दिन भन्नै सकिन र समयानुकुल मिलाएर भ्याएसम्म पत्रकारितालाई अगाडि बढाएकै छु ।

चितवनलाई ६५ जिल्लाकै रूपमा चिनिए जस्तै पोर्चुगलको राजधानी लिब्सन शहर उस्तै लाग्यो । विभिन्न देशका मानिसको उस्तै भीडभाड । जता हे¥यो नेपाली । कसैको रहर एक अर्कासँग बाँधिएर हिड्नु त कसैको बाध्यता सडकमै रात बिताउनु । अनि लाग्यो थोरै रहर त धेरै बाध्यताले मानिसले आफ्नो जिन्दगी गुजारेका रहेछन् । भन्नेले भनेका छन् युरोप गएर परिवर्तन भई तर कहाँ त्यस्तो हुनु समय र बाध्यताले युरोपियन भएको हो । जस्तो हुने मेरो मनले होइन । युरोप साच्चैमा युरोप होइन रहेछ जसले युरोपियन भई भन्छ सायद उही नै युरोपियन भ्रममा छ भन्ने मेरो अनुमान चाहिं गलत हुँदैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै