होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • एथलेटिक्स
  • सुष्मा र मिनुलाई स्वर्ण
एथलेटिक्स

सुष्मा र मिनुलाई स्वर्ण

  • नागरिक रैबार
सुष्मा र मिनुलाई स्वर्ण

बैशाख २२, २०७६

बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङको पांचौ दिनको खेलमा प्रदेश ३ की सुष्मा तामाङ र नेपाल आर्मीकी मिनु गुरुङले स्वर्ण जितेका छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको महिला ४८ केजीको फाइनलमा आर्मीकी ललिता महर्जनलाई स्पिलिट निर्णयको आधारमा हराउंदै सुष्माले स्वर्ण चुमेकी हुन् । सोही तौल समूहमा नेपाल प्रहरीकी दिवाना शेर्मा र प्रदेश १ की प्रतिभा श्रेष्ठले कांस्य पदक हात पारे ।

विज्ञापन

यस्तै महिला ५४ केजीको फाइनलमा मिनुले पनि प्रहरीकी निशा तामाङलाई यूनानिमोस निर्णयको आधारमा हराउंदै स्वर्ण जितिन् । सोही तौलमा एपीएफकी सन्जुमाया थिङ र प्रदेश ३ की शिवानी श्रेष्ठले कांस्य जिते ।
पुरुषतर्फको ५६ केजीको फाइनलमा एपीएफका पूरन राईले स्वर्ण जिते ।

प्रदेश १ का सुरेन्द« राईले चोटको कारण वाकओभर दिएपछि पूरनले सहजै स्वर्ण हासिल गरे । सोही तौल समूहमा प्रदेश ७ का महेन्द« चन्द र आर्मीका पूरन सुनुवारले संयुक्त रुपमा कांस्य जिते । पुरुष ५२ केजीको फाइनलमा एपीएफका विक्रम परियारलाई अंकको आधारमा हराउंदै आर्मीका तेज बहादुर देउवाले स्वर्ण जिते । सोही तौल समूहमा एनआरएनका प्रदिप घिमिरे र पुलिसका चन्द«बहादुर थापाले कांस्य जिते । त्यसैगरी पुरुष ६४ केजीको सेमिफाइनलमा आर्मीका दान बहादुर दर्लामी र पुलिसका भूपेन्द« थापामगर फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ६९ केजी तौल समूहमा एपीएफका विकास लामा र प्रदेश ३ का मनिष डंगोलले फाइनलमा भिडन्त पक्का गरे । यसैगरी ७५ केजी तौलको फाइनलमा आर्मीका दिपक श्रेष्ठ र प्रदेश ३ का दिवसलाल भुमी फाईनल प्रवेश गरेका छन् । पुरुष ८१ केजी तौल समूहमा आर्मीका गणेश प्रधान र प्रदेश ६ का मनोहर बस्नेत फाईनल प्रवेश गर्न सफल भए । पुरुष ९१ केजीमा एपीएफका गोकुल गुरुङ र आर्मीका अर्जुन सिगु फाईनल प्रवेश गरेका छन् ।

यसैगरी महिला ५७ केजीको फाइनलमा नेपाल आर्मीकी चन्द«कला थापा र प्रदेश १ की दिया लिम्बूले भिडन्त पक्का गरिन् । मंगलबार भएको सेमिफाइनलमा चन्द«कलाले एपीएफकी माया चौधरीलाई अंकको आधारमा हराउंदा दियाले पनि प्रदेश ७ की भावना ऐरीलाई अंककै आधारमा पराजित गरिन् ।

यसैगरी महिला ६० केजी तौलको सेमिफाइनलमा जित हासिल गर्दै एपीएफकी संगीता सुनुवार र नेपाल आर्मीकी सबिना श्रेष्ठले स्वर्णका लागि भेट पक्का गरे । संगिताले प्रदेश ५ की संगीता दंगाललाई एबीडीको आधारमा हराउंदा सबिनाले पनि प्रदेश ७ की संगीता चौधरीलाई एबीडीकै आधारमा हराइन् ।

हकीमा सुदुरको दुर्भाग्य
नेपालगञ्जको मंगलप्रसाद माविको खेल मैदानमा भइरहेको पुरुष हक्कीको फाइनलमा दुई विभागिय टोली नेपाल प्रहरी र नेपाल आर्मी पुगेका छन् ।
प्रहरीले सुदूरपश्चिम प्रदेशलाई र आर्मीले ५ नम्बर प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । प्रहरी र सुदूरपश्चिम प्रदेशको खेल अति नै प्रतिस्पर्धात्मक थियो । अन्तिममा विवादित पनि भयो । निर्धारित समयमा दुवैतिरबाट एक÷एक गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । खेलमा अग्रता प्रहरीले लिएको थियो । प्रहरीका रोमन राणाले ४४ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । सुदूरपश्चिमका ५३ मिनेटमा अमित ओझाले गोल गरेपछि निर्धारित समयमा खेल बराबरी भएको थियो ।

ट्राइबेकरमा शुरुवाती ५÷५ जनामा चार÷चार गोल भयो । प्रहरीबाट योगेशकुमार बरबरे, श्रवणकुमार, केशवराज जोशी र रोमन राणाले गोल गरे । किसनबहादुर मगरको प्रहार सुदूरपश्चिमका किपर किशोरराज ओझाले रोके । सुदूरपश्चिमबाट नविन क्षेत्री, कान्तराम पनेरु, रोहित लामा र सुमितकुमार कामीले गोल गरे । राम परियारको गोल गर्न नसक्दा टोली जितबाट बन्चित भयो र निर्णय सडेनडेथमा पुग्यो ।

सडेनडेथमा प्रहरीबाट रोमन राणा, केशवराज जोशी, योगेशकुमार बरबरे, किसनकुमार मगर र श्रवणकुमारले गोल गरे । सुदूरपश्चिमका नविन क्षेत्री, सुमितकुमार कामी, रोहित लामा र कान्तुराम पनेरुले गोल गरे । अन्तिममा राम परियारले गोल गर्न नसकेपछि टोली घर फर्किन बाध्य भयो । रामले हान्नु अघि नै प्रहरीका किसनकुमार मगरले प्रहार गरेको बल पोष्टबाट बाहिरिएको थियो । रेफ्रीले उनलाई फेरि हान्ने मौका दिएपछि गोल गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार