होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश २
  • धनुषामा दुई वर्षीय बालकको हत्या
प्रदेश २

धनुषामा दुई वर्षीय बालकको हत्या

  • नागरिक रैबार
धनुषामा दुई वर्षीय बालकको हत्या

२४ बैशाख, बर्दिवास

धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा एक बालकको घाँटी रेटेर हत्या भएको छ ।

मिथिला नगरपालिका ६ बस्ने शम्भु साहको दुई वर्षीय छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

विज्ञापन

आर्यन सोमबारदेखि हराइरहेका थिए । आफन्त र प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । मंगलबार बिहान आफ्नै घरको पछाडि आर्यनको शव फेला परेको हो । बालकको शव देखेपछि परिवारका सदस्यहरुले प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमको लागि पठाइएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार