होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • बलात्कार गरी डाक्टर जलाउने चारै जनालाई प्रहरीले गोली ठोक्यो
समाचार

बलात्कार गरी डाक्टर जलाउने चारै जनालाई प्रहरीले गोली ठोक्यो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बलात्कार गरी डाक्टर जलाउने चारै जनालाई प्रहरीले गोली ठोक्यो

मंसिर २०, २०७६ भारतको हैदरावादमा डाक्टरलाई जलाईएको घटनामा संदिग्ध चारजना अभियुक्तलाई भारतीय प्रहरीले मारिदिएको छ।  कुख्यात बलात्कार काण्डमा समातिएका चार जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो। तर बिहबार राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरुलाई इन्काउन्टर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हैदराबाददेखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित चटनपल्ली गाउँमा बलात्कार एवं हत्यामा संलग्न अभियुक्तहरुलाई तेलङ्गना प्रहरीले गोली ठोकेको हो। आफुहरुमाथि नै आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ। २८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीय महिला चिकित्सकको शव बरामद गरिएको थियो।

अनुसन्धानका क्रममा ती महिलामाथि बलात्कार समेत भएको पत्ता लागेको थियो। यो घटनापश्चात संदिग्धहरुलाई गिरफ्तार गरी १४ दिनसम्म न्यायिक हिरासतमा राखिएको थियो। न्यायिक हिरासतबाट बुझाएलगत्तै प्रहरीले चारै जनालाई इन्काउन्टरमा मारिदिएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै