मस्कट : हङकङविरुद्ध करण केसीले एकै ओभरमा ३ विकेट लिएका छन्।ओमानमा जारी पाँच देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तरगत नेपालको पहिलो खेलमा करणले खेलको पाँचौँ ओभरमा ३ विकेट लिएका हुन्। उनले ४.३ आभेरमा हङकङका ओपनर असन अब्बासीलाई १३ रनमा रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए ।
अर्को बलमा रन दिएनन्। त्यसपछि ५ वाइड फ्याँके। तर त्यसपछिका दुई बलमा भने हङकङका निजाकत खान र शाहिद वासिफलाई आउट गराए ।नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको हो । ताजा अवस्थामा हङकङले आठौँ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ५१ रन बनाएको छ।
फेसबुक प्रतिक्रियाहरु