होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विप्लवलाई जनार्दनको आग्रह- बन्दुकले समाजवाद आउँदैन, मूलधारमा आउनुस्
समाचार

विप्लवलाई जनार्दनको आग्रह- बन्दुकले समाजवाद आउँदैन, मूलधारमा आउनुस्

  • नागरिक रैबार
विप्लवलाई जनार्दनको आग्रह- बन्दुकले समाजवाद आउँदैन, मूलधारमा आउनुस्

२० भदौ, दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् ।

प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बन्दुक पड्काएर समाजवाद नआउने भएकाले मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे ।

‘बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन’, तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका आफ्ना पूर्वसहकर्मीलाई सुझाव दिँदै नेता शर्माले भने, ‘वार्तामार्फत तपाईं पनि मूलधारमा आउनूस् ।’

विज्ञापन

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा लैजानुपर्ने उनले बताए । त्यसका लागि नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको नेता शर्माको भनाइ छ ।

‘पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशील हुन्, पार्टीले अहिलेको आवश्यकताअनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ’, उनले भने, ‘पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रीत भएर अगाडि बढ्छ ।’

नेता शर्माले देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार