नागरिक रैबार/ बाजुरा २१ साउन। बाजुरामा विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
कोल्टी बाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटिएको प्रहरीको टोलीले बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. ६ खरकाँडा भन्ने स्थानबाट सोही वडाका विप्लव समूहका २३ वर्षिया लालबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन् ।
प्रहरीले २३ बर्षिय शाहीको साथबाट एक थान कुखुरी, डाइरी ६ वटा र ४४ थान पर्चा पम्पलेटहरु समेत बरामत गरेको हो । अघिल्लो पटक पक्राउ परेर छोडिएका शाही फेरी सोहि गतिविधिमा लागेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु