होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • डोटीमा सह चालकले बस चलाउँदा दुर्घटना भएको खुलासा
देश/प्रदेश

डोटीमा सह चालकले बस चलाउँदा दुर्घटना भएको खुलासा

  • नागरिक रैबार
डोटीमा सह चालकले बस चलाउँदा दुर्घटना भएको खुलासा

महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको बस सह चालकले चलाउँदा दुर्घटना भएको खुलेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ गेरुपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका छन्। चालक खगेन्द्र बडैलाले निन्द्रा लागेको भन्दै सह चालकलाई बस चलाउन दिएको २० मिनेटमा नै दुर्घटना भएको बाजुरा रिठाबजार घर भएकी घाइते यात्रु गंगा थापाले बताइन्।

दुर्घटनामा परी बाह्रबिस–६ बाजुराका नयाँ सेरालाको मृत्यु भएको हो। दुर्घटनापछि बस चालक बडैला र सह चालक एलेक्स लिम्बुलाई जिल्ला प्रहरी कार्यालय डोटीको नियन्त्रणमा राखिएको छ। चालक बडैलाले भने गाडीमा खराबी आएकाले साइड लगाउने क्रममा दुर्घटना भएको बताएका छन्। तर यात्रुहरुले सह चालकले बस चलाउँदा दुर्घटना भएको बताएका छन्।

चालक र सह चालकसमेत घाइते भएका कारण बयान लिन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए। दुर्घटनामा घाइते भएकाहरूलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोहराले जानकारी दिए।

विज्ञापन

काठमाडौं लगिएका घाइतेहरूमा खल्लु दियाकोटी, मुकेश कुँवर, रेश्मा बिक, आयुष बिक, मैना तिरुवा, बिक्रम लुहार, अछामका ईश्वरी नेपाल, प्रहरीका हवल्दार मदनबहादुर जेठारा र नेपाली सेनाका जवान उज्जन देवकोटा रहेका छन्। उनीहरूको टाउको, मुटु, मेरुदण्डमा समस्या हुनुका साथै गम्भीर चोट रहेको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक आइजंग कुँवरले जानकारी दिए।  यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ। 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार