होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीद्वारा ५ महिनामा ५ सय रोपनीकाे गाँजा नष्ट
समाचार

प्रहरीद्वारा ५ महिनामा ५ सय रोपनीकाे गाँजा नष्ट

  • नागरिक रैबार
प्रहरीद्वारा  ५ महिनामा ५ सय रोपनीकाे  गाँजा नष्ट

नागरिक रैबार/बाजुरा, १७ भदौ । जिल्ला प्रहरी कार्यालय बाजुराले ५ महिनामा ५ सय रोपनी जग्गामा जागेकाे गाँजा नष्ट गरेको छ ।

प्रहरीले २०७६ बैशाख देखि भदौ सम्म पाँच महिनाको अवधिमा करिब ५ सय रोपनी जग्गामा लगाइएको गाँजा नष्ट गरेको जनाएको छ । प्रहरीले केन्द्रिय नीति अनुरुप बाजुराका ९ वटै स्थानीय तहका विभिन्न गाउँमा पुगेर गाँजा फडानी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरिक्षक तथा सूचना अधिकारी जनकराज ढुंगानाले बताए ।

प्रहरीले जिल्लाको बडीमालिका, बूढीनन्दा नगरपालिका, खप्तड छेडेदह र जगन्नाथ गाउँपालिकाका विभिन्न स्थानमा गएर गाँजा फडानी गरि नष्ट गरेको हो ।

विज्ञापन

गाँजा सेवनका कारण युवाहरुमा नकारात्मक सोच तथा घरेलु हिंसामा बृद्धि भएका कारण प्रहरीले गाँजा फडानी अभियान चलाउँदै आएको हो । बाजुराका गाउँवस्तीहरुमा जताततै सजिलैसंग गाँजा पाईने भएकोले प्रहरीले गाँजा फडानीलाई निरन्तरता दिईरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार