होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • सिलाई–कटाई तालिमले महिलालाई आत्मनिर्भर बन्न सजिलो
समाज

सिलाई–कटाई तालिमले महिलालाई आत्मनिर्भर बन्न सजिलो

  • नागरिक रैबार
सिलाई–कटाई तालिमले महिलालाई आत्मनिर्भर बन्न सजिलो

नागरिक रैबार/ बाजुरा १८ असार । दुर्गमका महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ जिल्ला सदरमुकाम मार्तडीमा सूरु भएको ३ महिने (३९०) घण्टे तालिमको आज समापन गरिएको छ ।
प्रदेश सरकार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढी कैलाली र खप्तड व्यवसाय उद्धमशिलता परामर्श तथा तालिम केन्द्र संस्थाद्धारा बाजुरा जिल्लाको निर्वाचन क्षेत्र नं. १ (ख) गत चैत्र २० गतेबाट सूरु भई असार आज १८ गतेसम्म ३ महिने (३९०) घण्टे तालिम संचालन गरेको थियो ।
उक्त तालिमबाट सिलाई कटाई सीप सिकेपछि महिलाहरुलाई आत्मनिर्भर बन्न सजिलो भएको तालिममा सहभागी बडीमालिका नगरपालिका ९ कि पवना नेपालीले बताईन् ।
तीन महिने तालिममा दौरा–सुरुवाल, कुर्ता–सुरुवाल, ब्लाउज, चौबन्दी, सर्ट, फ्राक, पेटीकोटलगायतका लुगा सिलाउने सीप हाँसिल गरेको पवनाले बताईन् । उनले तालिमपछि अब गाउँमै टेलरिङ सेन्टर खोल्ने तयारीमा रहेको बताएकि छन् ।
पछिल्लो समयमा जिल्लाका अधिकाँस गाउँ–गाउँका महिलाहरुलाई सिलाइ कटाई व्यवसायमा आकर्षण बढाउन विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले तालिम दिन थालेका छन्.। आधुनिक र समय अनुसारको सिलाइ–कटाइ व्यवसायका लागि तालिम लिई सकेपछि तालिममा सिकेका कुराहरुलाई व्यवसायमा उतार्ने सोच रहेको बडीमालिका नगरपालिका वडा नं. ९ कै गीता विकले बताईन् ।
तालिमको आज एक कार्यक्रमका वीच जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाले समापन गर्नुभएको छ । उहाँले कार्यक्रममा बोल्दै जुनसुकै सीपहरु सिकेपछि व्यवसायीक बन्नुपर्ने तालिमका सहभागीहरुलाई आग्रह गर्नु भएको छ ।
तालिममा ३० बढी महिलाहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार