होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ माघ । बाजुराको हिमाली गाउँपालिका ६ पाडीगाउँमा नेपाल टेलिकमको फोरजि सेवा संचालनमा आएको छ । यस अघि पाँडी गाउँमा सामान्य फोन सेवा बाहेक अन्य सुविधा थिएन् । सोमबार देखि नेपाल टेलिकमको फोरजि सेवा गाउँमा सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । हिमाली गाउँपालिका देशकै अति विकट पालिकाका रुपमा परिचित छ । बाजुराका […]
काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]
नागरिक रैबार/ बाजुरा ३ पुस। बाजुराबाट सुर्खेत जाँदै गरेको जीप अछाममा दुर्घटना भएको छ। मंगलबार बाजुराबाट सुर्खेत तर्फ जाँदै गरेको जीप अछाम जिल्लाको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा भे १ च २५७६ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा […]
काठमाडौँ– सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित पर्ने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले समुदायको नेतृत्वमा एड्स अन्त्य गर्नका लागि यस वर्षको नारा नै ‘समुदायको नेतृत्वमा […]
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा […]
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द गर्न सम्बन्धित पक्षलाई अल्टिमेटम दिएको छ । एमालेले पार्टीका नाम, लोगो, झण्डा र नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन विज्ञप्तिमार्फत आउन अनुरोध गरेको हो। अन्यथा, यस्ता फेक एकाउण्ट सञ्चालकहरूका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान […]
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै […]
काठमाडौं: केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्यो। पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन्। सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो। चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन्। उनीहरु फेसबुकमा साथी बने। कुरा […]
टिकटकमा एउटा बालक ‘ममी जाने..ममी जाने’ भन्दै डाँको छोडेर रुँदै गरेको भिडियो अहिले निकै भाइरल छ । भिडियोमा तुरुन्तै मिसले ल अब हाँसीदेउ भन्दा बालक आँखाभरी आँसु छचल्काउँदै मुस्कुराउन बल गर्छ । खासमा उ स्कुलमा आमा सम्झेर रुन खोजेको छ, तर भिडियो खिचेर उसलाई रुनबाट रोकिएको छ । र, बच्चाले आफ्नो निर्दोष भावना व्यक्त गर्दै […]
सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् । युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमुक्त भएपछि रेग्मीले आफ्नो व्यवहारप्रति माफी मागेका छन् । […]
काठमाडौँ, २७ वैशाख । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै मौन अवधि तोकेको हो । उक्त समयमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ । आयोगले राजनीतिक दललाई निर्वाचनसम्बन्धी भेला, […]
घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सन्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-३ बस्ने ५२ वर्षीय यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए । बुढाले ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे […]
काठमाडौं । स्थानीय चुनाव आउन १२ दिन बाँकी रहँदा निर्वाचन आयोगले आइतबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका निम्ति नगद पुरस्कारसहितको प्रतियोगिता आह्वान गरेको छ । आयोगको सूचनामा भनिएको छ ‘…आयोगले तयार पारेको सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई वा पहिलेकै स्वरुपमा २०७९ वैशाख २९ गतेभित्र फेसबुक, यूट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने, सेयर गर्ने र २०, ३० र ५० […]
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगमा पनि कडाइ गरेको छ ।बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ का कतिपय व्यवस्था सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पालना गर्नुपर्नेछ । ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचार संहिता लागू हुने दिन भने आयोगले पछि तोक्नेछ […]
चर्चित गायक शिव परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् । ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला । तर समग्रमा भन्दा यो सारा कुरालेचैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाई हामी […]
पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले बुधबार बिहान आफ्नो फेसबुक पेजमा स्वास्थ्य सामग्री बोकेर हिउँमा लड्दै हिँडिरहेको महिलाको तस्वीर पोष्ट गर्दै लेख्यो, ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछौं ।’ कोरोना महामारीविरुद्ध खोप अभियान चलिरहेका बेला खोपको डब्बा बोकेकी स्वास्थ्यकर्मी हिउँमा लड्दै हिँडिरहेको तस्वीर प्रदेश स्वास्थ्य निर्देशनालयकै आधिकारिक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल छ […]
काठमाडौं । फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । २० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस–२ घर भई हाल कुमख गाउँपालिका–४ बस्ने ३६ वर्षीय […]
कमल धिताल: कम्प्युटरमा यूट्युबका भिडियो कसरी डाउनलोड गर्ने भन्ने सोच्दै हुनुहुन्छ ? अनेक प्रयास गर्दा पनि सक्नुभएको छैन भने तपाईंका लागि यहाँ सजिलो उपाय छ। एकपटक यूट्यूब भिडियो डाउनलोड गरिसकेपछि त्यसलाई चाहेको समयमा अघाउञ्जेल हेर्न सकिन्छ, इन्टरनेट कनेक्सनको चिन्ता नलिइकन। यहाँ हामी तपाईंलाई यूट्यूब भिडियो डाउनलोड गर्ने तरिका सिकाउँदैछौं। सामान्यतया यूट्युबमा भएका भिडियो डाउनलोड गर्न […]
–हेमराज ढकाल ‘सुमन’ हामी त फुट्यौँ कमरेड धुम्बाराही र पेरिसडाँडा नजाने गरी एकअर्काको मुहार नहेर्ने गरी भुलेर ती समाजवादका सपना सहिदका रगत र बलिदानहरु हामी फुट्यौँ कमरेड । मार्क्स, माओ र लेलिनका सिद्धान्त पुप्पलाल, मदन र मनमोहनका विचार यी सबैलाई टोकरी हालेर फेरि दर्शन र सिद्धान्तभन्दा पनि हामीलाई पद, शक्ति अनि पैसा ठूलो भो त्यसैले […]
गोरखा : नेकपाको केन्द्रमा बढिरहेको मनमुटाव, टकराव र बेमेलको प्रतिबिम्ब जिल्लाका कार्यकर्ता तहमा पनि परेको छ । पार्टी अध्यक्षहरु केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड पक्षधर कार्यकर्ता दिनहूँजसो विकसित घटनाक्रमसँग रुष्ट भएर सामाजिक सञ्जालमा बाझाबाझ, कटाक्ष र आक्रोश पोखिरहेका छन् । उनीहरुले सामाजिक सञ्जालमा तुच्छ शव्दसमेत प्रयोग गरेर फरक गुटका नेतालाई गाली गरिरहेको देखिन्छ । […]