होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेले जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको हो, जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ । महासचिव शंकर पोखरेलका अनुसार सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने कार्ययोजना छ । पार्टीमा आएका नेताहरुलाई ३ महिनाभित्र जिम्मेवारी दिने, हरेक सदस्यले वर्षमा एक पटक पार्टी […]
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा प्रतिष्ठान बन्ने बताएका छन् । च्यासलमा आयोजित पहिलो स्मृति सभामा अध्यक्ष ओलीले नेम्वाङको नाममा पार्टीले प्रतिष्ठान स्थापना गर्ने बताएका हुन् । ‘सुवास नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँको निधनबाट परिवार हाम्रो […]
धनगढीः चालु आर्थिक वर्षको बजेट ल्याउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह असफल भएका छन्। चालु आर्थिक वर्ष सुरु भएको २ महिना बित्नै लाग्दा समेत मुख्यमन्त्री शाह बजेट ल्याउन असफल देखिएका हुन्। सयमा बजेट नआउँदा प्रदेश सरकारमातहतका कर्मचारीले साउनदेखि तलब समेत पाउन सकेका छैनन्। सरकारी कार्यालयहरूले खर्च पनि उधारोमा चलाउनु परेको छ। तर मुख्यमन्त्री शाहले भने […]
काठमाडौं । नेपाली कांग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका छन् । त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालमाथि अर्को आरोप लगाएका छन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले समाजवादी अध्यक्ष नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरेको आरोप लगाएका हुन् । बुधबार स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष नेपालले एमालेले बनाएको पुष्पलाल प्रतिष्ठान निजी सम्पत्तिजस्तो गरेको बताएका […]
काठमाडौं- प्रमुख सत्तारढ नेपाली कांग्रेसले ललितपुरस्थित एक सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ बचत अपचलनमा मुछिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न दिने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले धनराजमाथि छानबिनका लागि पार्टी तयार रहेको निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले […]
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’उपसभामुख रानामगरले राष्ट्रसंघको […]
सुवास नेम्वाङको पहिलो स्मृति दिवस काठमाडौँ – संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरिँदैछ। प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौं क्षण आएको बताएका छन्। सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उनले यस्तो बताएका हुन्। ओलीले प्रथम स्मृति दिवसको अवसरमा नेम्वाङप्रति […]
काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभामा रहेका कांग्रेस, एमालेका १ चौथाई सांसदहरुको हस्ताक्षर सहित संघीय संसद सचिवालयमा पदमुक्त गर्ने प्रस्ताव दर्ता गर्न लागिएको हो ।जनमत पार्टीका सांसद अब्दुल खानले उपसभामुखलाई हटाउने प्रस्ताव आज दर्ता गर्ने तयारी रहेको रातोपाटीलाई जानकारी दिए । उनले […]
काठमाडौं- सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारीस्वरुप सांसदहरूको हस्ताक्षर जुटाउन थालेका छन् । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकमा उपसभामुख रानालाई हटाउबारे छलफल भएपछि मंगलबार संसद् बैठकमै हस्ताक्षर अभियान चलाइएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सचेतक सुशीला थिङले सत्तारुढ कांग्रेसका र एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले एमालेका सांसदहरूको हस्ताक्षर संकलन […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ । पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, उत्पादन प्रवद्र्धन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै […]
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको […]
काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने छन् । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । संसद डा. तोसिमा कार्कीले […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने भएको छ । बिहीबार सकिएको स्थायी समिति बैठकले छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । कार्यवाहक प्रवक्ता मनिष झाले बैठकमा छलफलका लागि मुख्यगरी पाँच एजेण्डा तय गरिएको बताए ।उनका अनुसार समसामयिक राजनीतिक घटनाक्रमसहित प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकहरू सम्बन्धी, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री ओलीले जाडाेअगावै निर्वाचन मिति तय […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् । वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् । […]
धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । Tata Folliderm शाहको मुख्यमन्त्रीमा यो दोस्रो कार्यकाल हो । उनी सुदूरपश्चिमको चौथौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् । प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने बताएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने बताए । निर्देशनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामी डिस्टिनेशन तोकेर हिँडेका […]