होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– नेकपा माओवादी केन्द्रसहित विभिन्न चार दल सम्मिलित समाजवादी मोर्चाले आज वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा मध्याह्न १२ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ ।‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा अन्तरक्रिया हुन लागेको हो । गत माघ २ गते बसेको मोर्चाको बैठकले शहीद […]
नागरिक रैबार/बाजुरा १४ माघ । नेकपा एमाले बडीमालिका नगर कमिटीको अध्यक्षमा राजेश पायल (विक) निर्विरोध चयन भएका छन् । यस अघि सचिव भएका विक नगर कमिटीको दाेस्राे अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् । त्यस्तै नगर कमिटीको उपाध्यक्षमा हंस साँउद, सचिवमा अम्मर थापा, उप सचिवमा वेलमति दानी र कर्ण दानी लगायत ४६ सदस्यीय नगर […]
नागरिक रैबार/बाजुरा १० माघ। नेकपा एमाले बडीमालिका नगर कमिटीको दोसो अधिवेशन सूरू भएकाे छ । अधिवेशनको एक कार्यक्रमका विच पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका छन् । नगर कमिटीका सचिव राजेश पायल विककाे अध्यक्षतामा सूरू भएकाे अधिवेशनकाे प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका छन् । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी सङ्घीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ गते संसदको हिउँदे अधिवेशन बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । संसद् अधिवेशन अन्त्य […]
काठमाडौं : प्रहरीले युवकलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर भुजेललाई निलम्बन गरेको छ। चितवन प्रहरी प्रमुख गौतम मिश्रले घटनामा संलग्न भुजेललाई निलम्बन गरिएको बताए। असइ भुजेलले एक सर्वसाधारण युवकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले चितवन प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको थियो। लगत्तै चितवन प्रहरीले अनुसन्धानका लागि […]
काठमाडौँ । एमालेबाट निकालिएका नेता डा.भीम रावलले मातृभूमि जागरण अभियान नेपाल नामक पार्टी खोल्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमा पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गर्दै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् । उनले पार्टीको वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन संरचना कस्तो हुने भन्ने अवधारणापत्र समेत सार्वजनिक गरेका छन् । उनले […]
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिइएको छ । सो क्रममा आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । उनले भने–’पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा […]
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । आइतबारदेखि सुरु भएको बैठकमा आज केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्नेछन् । आइतबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ । धुम्बाराहीमा एकघण्टा ढिलो गरी बैठक सुरु भएको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिएका छन् । उनका अनुसार प्रत्येक सदस्यलाई तीनरतीन मिनेटको समय दिइएको छ । बैठकमा […]
काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन् । उनले लेखेका छन्– ‘हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग […]
विराटनगर : ‘मातृभूमि जागरण अभियान’का संयोजक डा. भीम रावललाई विराटनगर विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र नेकपा (एकीकृत समाजवादी)का नेता कार्यकर्ताले शनिबार स्वागत गरेका छन्। नेकपा (एमाले)बाट निकालिएपछि रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेका छन् । त्यसै सिलसिलामा उनी पूर्व आएका हुन्। श्री एयरलाइन्सको जहाजबाट बिहान ११:२० बजेतिर विराटनगर आइपुगेका रावलको स्वागतका लागि राजवादी (दुर्गा प्रसाईंका […]
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि सुरु भएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डाका बारेमा छलफल हुनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको सो पार्टीले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ […]
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दै छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्न लागेको हो । आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको सो पार्टीले जनाएको छ । Laxmi sunrise bank 2034 […]
काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने दोहोर्याएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर उनले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाएका हुन् । ‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु […]
नागरिक रैबार/बाजुरा ८ पुस। शनिवार विहान ४ बजेर १४ मिनेटमा बाजुराको जगन्नाथ गाउँपालिकाको वडा नम्वर- ५ गोत्री केन्द्र विन्दु भएर गएको भुकम्पबाट प्रभावित परिवारका लागि विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुनर्स्थापनाका कार्यक्रम लागू गरिने भएको छ । सोमबार धनगढीमा बसेको प्रदेश स्तरीय राजनीतिक संयन्त्रको प्रथम बैठकले गोत्रीका भूकम्पबाट प्रभावित परिवारहरुका लागि विपद् व्यवस्थापन समितिमार्फत राहत […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । ‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् । ओलीले एनपीएलमा सहभागी सबै टिम र […]
नागरिक रैबार/बाजुरा ६ पुस। नेकपा एमाले बडीमालिका नगरपालिका ९ नम्वर वडा कमिटीको तेसा्रो वडा अधिवेशन सूरु भएको छ । नेकपा एमाले नम्वर वडा कमिटीको कार्यवाहक वडा अध्यक्ष भोजराज पाध्यायको अध्यक्षतामा तेस्रो वडा अधिवेशन सूरु गरिएको हो । वडा कमिटीको तेस्रो वडा अधिवेशनलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले उद्धघाटन् गरेका छन् । […]
नागरिक रैबार/बाजुरा २३ मंसिर। बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यू भएकाे छ । मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएकी अन्दाजि ३१ वर्षिया गायत्री पन्त रहेकी छन् । त्यस्तै दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेश धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, भिमदत्त नगरापलिका १८ कि ५२ […]
काठमाडौं – गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए। वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको […]