होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ मंसिर । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी कञ्चनपुरकी एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नम्बरको स्कुटर खाल्डो छलाउने क्रममा अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटरको पछाडि बसेकी कञ्चनपुरको भीमदत्त […]
नागरिक रैबार/ बाजुरा ३० कार्तिक । कैलालीमा अनेरास्वयू बाजुरा घर भएका विद्याथीहरुले एकता मंच कार्यसमिति गठन गरिएको छ । कैलाली बहुमुखी क्याम्पसको सभाहलमा भएको बाजुरा जिल्लाका विद्यार्थीको एक भेलाबाट जिल्लाको बडीमालिका नगरपालिका वडा नं.७ का अर्जुन जोशीलाई अध्यक्ष हुनेगरी एकता मंच कार्यसमीति गठन गरेको हो । उक्त भेलाबाट बाजुराका विद्यार्थी एकता मंच कार्यसमिति गठन गरिएको […]
नागरिक रैबार / बाजुरा ३० कार्तिक । नेपाल भोटे जनजाती सेवा समितिको केन्द्रीय अधिवेशन बाजुरामा आजबाट सुरु भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा नेपाल भोटे जनजात सेवा समितिको ११ औँ साधारण सभा तथा ५ औँ केन्द्रीय अधिवेशन सुरु गरिएको हो । नेपाल भोटे जनजाती सेवा समितिले २०५७ सालमा स्थापना गरेको समितिको मौलीक भाषा, धर्म, सस्कृती,संस्कार […]
नागरिक रैबार / बाजुरा ३० कार्तिक । काठमाडौंमा माटरसाईकल दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यृ भएको छ । मृत्यृ हुनेमा बाजुराको गौमुल गाउँपालिका घरभएका गाेकुल बहादुर रोकाया रहेका छन् । बा ९१ प १७६६ नम्बरको मोटरसाइकल शनिबार बिहान बानेश्वरमा सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुमा कार्यरत बाजुराको गौमुल गाउँपालिका […]
(दार्चुला) — लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । राज्यकै सामरिक महत्त्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेपछि फिर्ता हुने सम्भावना घट्दै गएको उनीहरूको भनाइ छ । भारतीय पक्षले अतिक्रमण सुरु गरेको नेपाली भूमि गुञ्जी क्षेत्रस्थित […]
डडेल्धुरा, कात्तिक २२ । डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीलाई अनशनस्थलबाट डडेल्धुरा अस्पताल सारिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई अनशन बसेको निजी घरबाट डडेल्धुरा अस्पताल सारिएको हो । सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका थिए । डा. केसीको स्वास्थ्यमा […]
नागरिक रैबार /बाजुरा २२ कार्तिक । बाजुराको गौमुल गाउँपालिका ३ माझपालीबाट शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले बताउनुभएको छ । गाउँमा चन्दा संकलन गरिरहेको बेला गोप्य सुचनाका […]
काठमाडौँ — नेपाल–भारतको सीमा कति लामो होला ? यसबारे दुवै मुलुकका दाबी छुट्टाछुट्टै छन् । केही ठाउँमा सीमा विवाद कायमै रहेका कारण हालसम्म यसको लम्बाइबारे साझा बुझाइ बन्न सकेको छैन । मुख्यतः दार्चुलास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा नवलपरासीको सुस्ता क्षेत्र भारतीय अतिक्रमणमा परेका कारण यस्तो हुन गएको हो । नेपालको उत्तरी छिमेकी चीनसँगको एक हजार चार सय १४ […]
बैतडी २२ कार्तिक । बैतडीको पुर्चौडीमा प्रसिद्ध गिरेगाणा जात्रा लाग्ने भएकोले पुर्चौडी नगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले आज एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । विदामा सेवाक्षेत्र भित्रका सबै सरकारी कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।
काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा देशभर आन्दोलन जारी रहेको छ । यसैक्रममा शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए । हेर्नुहोस् तस्विर
काठमाडौं २२ कात्तिक । विद्युतको उपलब्धता बढेसँगै उपभोग बढाउनुपर्ने चुनौतीमा रहेको नेपाल विद्युत् प्राधिकरणले महसुल समायोजन गर्ने तयारी गरेको छ । उपभोक्तालाई बढीभन्दा बढी विद्युत् खपत गर्न प्रोत्साहन गर्नेगरी रणनीतिक तवरबाट महसुल बढाउन लागिएको हो । तीन वर्ष अगाडिसम्म नेपाल विद्युत् प्राधिकरण जनतालाई बिजुली कसरी फारु गर्ने भनेर सिकाउन अभ्यस्त थियो । अहिले ठीक उल्टो प्राधिकरण […]
२२ कात्तिक, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् । केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले केसी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद भएको अनलाइनखबरलाई जानकारी दिए । केसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, […]
काठमाडौं– भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ। बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय […]
२१ कात्तिक, काठमाडौं । नेपाली सेनाले सञ्चालन गरेको पेट्रोल पम्पमा सेनाकै उच्च अधिकारीले इन्धनको रकम नतिरेको पाइएको छ । भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलस्टेशनमा ३० जना सेनाका अधिकारीहरुले ईन्धनको रकम नतिरेको भनी सूचना टाँस गरिएको छ । उनीहरुले गत असोज महिनासम्मको सहुलियतमा पाउने इन्धन प्रयोग गरेर पनि थप इन्धनको रकम नतिरेको सूचनामा जनाइएको छ । इन्धनको पैसा […]
काठमाडौँ, २१ कार्तिक । सरकारले भोली (शुक्रवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रबार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिनुभयो । मेलालाई व्यवस्थित रुपमा मनाउन र रेसुङ्गा क्षेत्रको प्रचार प्रसार गरी नेपाल […]
नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले युएस मेड लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका व्यक्तिको अन्य परिचय […]
नागरिक रैबार / बाजुरा २१ कार्तिक । बाजुराको स्वामिकार्तिक गाउँपालिका–१ रुडीमा रहेको रुपाली आधारभूत विद्यालयमा कार्यरत एक जना शिक्षक बसमा मृत अवस्थामा फेला पारेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिह भाटक अनुसार जिल्लाको हिमाली गाउँपालिका वडा नं. ७ बाधु घर भएका ५० बर्षीया दलबहादुर शाही बसमा मृत अवस्थामा फेला पारेका बताउनुभएको […]
नागरिक रैबार/ बाजुरा २१ कार्तिक । बाजुराको बडीमालिका नगरपालिकाको वडा नं.७ ढम्कनेमा बुधबारदेखि आलु महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा एक हजार कुन्टल आलुको पहाड बनाईएको छ । कार्तिक २० गतेबाट सुरु भएको महोत्सवमा आलु कै प्रदर्शन तथा आलुका विभिन्न परिकार पर्दशनि गरिएकाे बडीमालिका नगरपालिका वडा नं.७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनु भएको छ । […]
काठमाडौं : कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ। डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्। दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ।सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘सीमा संग्राम’ का अनुसार नेपाल र भारतबीच १ हजार ८ सय […]
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। स्थानीय तहको उम्मेदवारको मनोनयन दर्ता भने एक सातापछि तोकिएको आयोगले जनाएको छ। प्रतिनिधिसभाको कास्की निर्वाचन क्षेत्र २, प्रदेशसभाका तीन वटा र स्थानीय तहका रिक्त […]