होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । गृह मन्त्रालयले आज तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’ आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ । […]
नागरिक रैबार/बाजुरा १४ चैत। नेकपा एमाले जिल्ला कमिटी बाजुराले यहीँ चैत्र १८ गते जिल्ला स्तरीय बृहत् जनजागरण भेला आयोजना गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै आयोजना गर्ने भनिएको छ । पार्टी केन्द्रको सर्कुलर र निर्णय अनुसार जिल्लामा बृहत् भेला सहित जनजागरण कार्यक्रमको आयोजना गर्ने पार्टी सचिव काँशी विकले बताएका छन् । लोकतन्त्रको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरे । यही चैत १० देखि १२ […]
धनगढीः राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। युवा संघ सुदूरपश्चिम प्रदेश कमिटीले चैत १९ गतेदेखि खुुला पुुरुष भलिबल प्रतियोगिता गर्ने जनाएको हो। प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले राष्ट्रिय युवा संघ कप–२०८१ खुला भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। चैत १९ गतदेखि २३ गतेसम्म धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता […]
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्न नेपाल विद्यार्थी संघका नेता योगेन्द्र रावल कारागार चलान भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार पक्राउ गरेर अदालत पेस गरेको थियो। त्यसपछि उनलाई अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको सीआईबीका एसपी सुधीरराज शाहीले जानकारी दिए। ज्यान मार्ने उद्योगमा उनीमाथि २ वर्ष कैद र २० […]
विराटनगर– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीनिकट पत्रकारहरूलाई सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।विराटनगरमा आइतबार सुरू प्रेस चौतारी नेपालको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । ‘महाधिवेशन आजका दिनमा जुन परिस्थितिमा हुँदै छ, अहिले हामीलाई एकता चाहिएको छ’, उनले भने, ‘हामीलाई प्रतिस्पर्धा होइन, सहमति चाहिएको छ । अहिले कांग्रेस […]
म्याग्दी । म्याग्दीमा हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेतीलाई असर परेको थियो । हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ भएको रघुगङ्गा गाउँपालिका–३ […]
नागरिक रैबार/बाजुरा ९ चैत। महानायक राजेश हमाल बाजुरा आउने भएका छन् । बडीमालिका सामुदायिक विकास समाज बाजुराकाे आयाेजनामा हुन् लागेकाे बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महाेत्सवमा प्रस्तुति दिन महानायक हमाल बाजुरा आउन लागेका हुन् । बडीमालिकाकाे पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले यहि चैत १६ गतेबाट आयाेजना हुन लागेकाे उक्त महाेत्सवमा आमन्त्रित कलाकारका रूपमा महानायक हमाल आउने […]
बाजुराको त्रिवेणी नगरपालिका वडा नं ९ स्थित बडीमालिका मन्दिर पुग्न चार अर्ब बढी रुपैंया खर्च गरी केबुल कार निर्माण गर्न लागेको समाचारप्रति त्रिवेणी नगरपालिकाले आपत्ति जनाएको छ । विहीबार दिउँसो त्रिवेणी नगरपािलकाले एक पत्रमार्फत ध्यानाकर्षण गराएको छ । उक्त समाचार झुटो भएको र यस्ता अफावाका पछाडी नलाग्न सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ । बडीमालिका […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा दिएको छ।रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। पर्वको अवसरमा प्रदेशभर शुक्रवार सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ। […]
नागरिक रेबार/बाजुरा ७ चैत। आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट २ दिनकी सुत्केरी परिक्षामा सहभागि भएर परिक्षा दिएकी छन् । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसईई परीक्षामा सहभागी भएर परिक्षा दिएकी हुन् । अन्दाजी २० बर्षीय सुत्केरी ल्वार वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक […]
काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित […]
नागरिक रैबार/बाजुरा ६ चैत्र । बाजुरामा विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार दिउसो बुढीगंगा नगरपालिका वडा नम्वर ७ मा ३३ केभिए लाईनमा माथिबाट टुणीको रुख ढलेर अवरुद्ध भएको हो । अहिले सो ठाउँमा विद्युतका कर्मचारीहरु खटिएर मर्मत कार्य भईरहेको बाजुरा वितरण केन्द्रले जनाएको छ ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन जारी छ। अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन भएपनि केहि क्याम्पसमा भने मतदान प्रक्रिया नै रोकिएको छ । यसैक्रममा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। निर्वाचन स्थगित भएपछि विद्यार्थीहरूले सांकेतिक विरोधस्वरुप सडकमा नै मतपेटीका बनाएर मतदान गरेका छन् । फर्जी […]
नागरिक रैबार/बाजुरा ५ चैत। बाजुराको गौमुल गाउपालिका वडा नम्ब र १ को वडा कार्यालयमा तालबाबन्दी गरिएको छ। नेकपा एमाले गौमुल गाउँपालिका १ नम्वर वडा कमिटीले आफ्ना विभिन्न मागसहित दबावका लागि वडा कार्यालयमा ताला लगाएको हो । वडामा रहेका ६ सय ९८ पार्टी संगठित सदस्यहरूको सामूहिक राजिनामा सहित तीन प्रमुख मागहरू अघि सार्दै आन्दोलन थालेको १ […]
काठमाडौं । गाईलाई ढुंगाले हानेको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् । ‘परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको घटनाले देखाउँछ’, उनले भनिन् । ‘गौदान पश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि मन […]
नागरिक रैबार/बाजुरा ३ चैत्र । बाजुरामा यस वर्षको चैत्र ७ गतेबाट सञ्चालन हुने माद्यमिक शिक्षा परिक्षा एसईईमा करिव ३ हजार बढी परिक्षार्थी सहभागि हुने भएका छन् । जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक र संस्थागत ६७ विद्यालयका नियमित र ग्रेडवृद्धि गरी ३ हजार १८ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ […]
परम्पराको आवरणमा मान्छेहरु कतिसम्म पाखण्डी हुन्छन् ? बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ । ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । दृश्य यसप्रकार छ- कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएका छन् । उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्ला मालपोत कार्यालय बाजुराका कार्यालय प्रमुख जंगविर सुनारलाई पत्नी शोक परेको छ । उनकी पत्नी पार्वती सुनारको ५१ वर्षको उमेरमा गएराती उपचारका क्रममा निधन भएको हो । पारिवारिक श्रोतका अनुसार काठमाण्डाैमा रहेकाे विरेन्द्र शैनिक अस्पताल छाउनीमाउनको मुटु , सुगर तथा थाइराइडको उपचार भईरहेको बेला निधन भएको हो । लामो समयदेखि मुटु […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पारस बहादुर शाहीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । गाउँपालिकाको निर्णय बमोजिम मन्त्रालयले शाहीलाई पालिकाको आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर […]