होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।आजको दिन […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक।जिल्लाको बुढीनन्दा नगरपालिकाका ४ वटा वडामा नेपाल टेलिकमको फोर जि सेवा संचालन भएको छ । करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकमका टावरहरुबाट आजबाट फोर जि सेवा संचालनमा आएको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् । बुढीनन्दाका नगरबासीलाई टेलिफोन सेवाको पहुँचमा ल्याउने गरी बनाइएका टेलिकमका […]
नागरिक रैबार बाजुरा ४ कार्तिक । विजया दशमी तथा शुभदिपावलीको अवसरमा जिल्ला कारागार बाजुरामा बन्दी जीवन बिताइरहेका कैदीबन्दीलाई बुढीगंगा नगरपालिकाले दसैं मनाउन खसी र चामल उपहार दिएको छ । कारागारमा रहेका कैदी बन्दीलाई विजया दशमीको शुभकामना स्वरूप बुढीगंगा नगरपालिकाले १ खसी तथा दुई बोरा चामल र एक दर्जन किताब प्रदान गरेको हो । जेल जीवन […]
नागरिक रैबार/ बाजुरा ४ कार्तिक। बाजुराकाे बडीमालिका नगरपालिका ८ स्थित बाउलीमा एकजना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेेमा साेही नगरपालिका ९ तल्लावाडा घर भएका अन्दाजि ५० वर्षिया लाल थापा रहेका छन् । शनिवार दिउसाे बाउली खाेला नजिकै पानीकाे खाेल्सामा थापा मृत अवस्थामा फेला परेकाे स्थानीय प्रत्येक्षदर्शीले बताएका छन् । मृतक थापा […]
नागरिक रैबार/ बाजुरा ४ कार्तिक । बाजुराकाे सदरमुकाम जाेड्ने साँफे- मार्तडी राजमार्गमा पर्ने जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एम के कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु प्रप्र ०१ […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक। बाजुराकाे सदरमुकाम मार्तडी स्थित मालिका मन्दिरमा चोरी भएको छ । शुक्रबार राति मन्दिरको मुल ढोका तोडफोड गरि दान पेटीका समेत चोरी भएको मन्दिर व्यवस्थान समिति सचिव लालबहादुर विकले बताएका छन् । भक्तजनहरुले दान गर्ने पेटीका नै चाेरेर लगेकाे र मन्दिरकाे मुल ढोकामा तोडफोड गरिएको छ । मुल ढोका भित्रै रहेको दान […]
नागरिक रैबार/बाजुरा २ कार्तिक । बडीमालिका नगरपालिका ७ का ४६ जना विपम्न तथा भुकम्प पिडीत परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । बडीमालिका फाउन्डेसनको सहकार्य वडा कार्यालयको समन्वयमा र नेपाल हिल्फी एचएन Nepal Hilfe Aachen को सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । सबै परिवारलाई चामल, तेल, चिनि, नुन, दाल सावन र पाँच सय […]
हरेक वर्ष खेल पर्वका रुपमा आयोजना हुने सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिता यो वर्ष कात्र्तिक ११ गतेदेखि हुने भएको छ । विजया दशमी सकिएको तीन दिनपछि अर्थात कात्र्तिक ११ गतेदेखि १७ गतेसम्म हुने आयोजक छेडेदह स्पोर्टस् क्लबले जानकारी गराएको छ । सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको […]
मिन बहादुर खड्का बाजुरा : गायक तथा चर्चित एरेन्जर बिनोद बाजुरालीको क्या दामी मार्तडी बजार नामक गीत बिमोचन गरिएको छ । एक औंपचारिक कार्यक्रमका बीच बडीमालिकाको सभाहलमा उक्त गीतको विमोचन गरिएको छ । गायक बाजुरालीको आवाजमा रहेको उक्त गीतको लय शब्द, एरेन्ज पनि उनको आफ्नै रहेको छ । गीतमा निर्देशन पनि उनले आफै गरेका छन् […]
काठमाडौं । नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौंथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा […]
काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । ‘दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ’, […]
नवरात्रको तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ।नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्। maa-chandraghantaभयनाश, दुष्टप्रवृत्तिको नाश र […]
काठमाडौं, २९ असोज । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ । लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा पार्टीले कालो झण्डा देखाएको हो । व्याख्यात्मक टिप्पणीको नाममा राष्टघाती सम्झौता एमसीसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको पार्टीले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले धनगढीमा हुने […]
आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका […]
काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि […]
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । कार्की संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्र भएका हुन् । कोही प्रदेशको मुख्यमन्त्रीमा र्काीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दावी पेश गरेका थिए । कार्की र आङ्बो दुवैजनाले शुक्रबार ४७÷४७ जनाको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए । त्यसपछि प्रदेश […]
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ। आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो। आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ। मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै […]
नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा कालीबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । उनका अनुसार ५ बजेसम्मका लागि सहमतिका लागि समय दिएकाले त्यसभित्र सहमति जुटे मतदान नहुने र […]