होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । सरकारले बिहीबार मध्य रातिबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ
नागरिक रैबार/बाजुरा १५ कार्तिक। बाजुराकाे खप्तड छेडेदहमा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकाे क्वाटरफाइनलका खेलहरू आजबाट सकिएका छन्। आज भएकाे क्वाटरफाइनलका खेलमा सहभागि ८ मध्येबाट ४ वटा टिमले सेमिफाइनलकाे यात्रा तय गरेका छन् । भने ४ वटा टिम खेलबाट बाहिरिएका छन् । सेमिफाइनल खेलका लागि आयाेजक, त्रिवेणी, रानिवन र कन्सन बाजुरा विच खेल हुनेछ । […]
राजेन्द्र विक बाजुरा,१५कार्तिक बडीमालिका नगरपालिका-५ मनामा यहि कार्तिक १६ गते बडा दशैं मेला लाग्ने भएको छ । पन्चमीको द अवसरमा लाग्ने मेलामा चर्चित देउडा खेलाडी शंकर मल्ल र चरित्रा शाहि बिच देउडा प्रतियोगिता हुने देउडा ब्यबस्थापक एवम् कलाकार छत्र साउंदले बताएका छन्। देउडा १७ गते बिहान बाट शुरु भइ दिनभर संचालन हुने हुँदा मेलालाई सभ्य […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। खप्तड छेडेदह गाउँपालिकाकाे दशरथ माविकाे खेलमैदानमा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकाे लिग चरणका खेलहरू आजबाट सकिएका छन् । आज चाैथाे दिनसम्म संचालन भएका लिग चरणका खेलहरू मध्येबाट ८ वटा टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जसमा त्रिवेणी नगरपालिका, 3X युनाइटेड, विएसवाईसि, रानिवन, स्पाेर्टस्, आयाेजक, कन्सन, टिम बडालेख र गाैमुल स्पाेर्टस् […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संघीय सांसद ज्ञानेन्द्र शाही बाजुरामा आउने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बाजुराको आयोजनामा यहीँ कार्तिक १७ गते बुढीगंगा नगरपालिकाको फालासैनमा हुने गुनासो सकलन अभियान कार्यक्रममा सहभागी हुन् सांसद शाही बाजुरा आउन लागेका हुन् । बाजुराका जनतासंग प्रत्येक्ष भेटघाट र यहाँका […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। बडीमालिका नगरपालिका-५ मनामा यहि कार्तिक १६ गते बडा दशैं मेला लाग्ने भएको छ । पन्चमीको दिनको अवसरमा मना गाउँमा लाग्ने बडा दशैं मेलामा पुजाआजा र मेलालाई सभ्य भव्य र मर्यादित सफल बनाउन वडाले व्यापक तयारी गरेको छ । मेला लाग्ने दिन वडा भित्र मदिरा विक्रि वितरण, मदिरा सेवन र जुवातास जस्ता […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्तिक १९ गते बाजुरा आउने भएका छन् ।ओली बुढीगंगा नगरपालिकाको निमन्त्रणमा बाजुरा आउन लागेका हुन् । यही कार्तिक १९ गते बुढीगंगा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्धघाट्नका लागि ओली बाजुरा आउन लागेको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् । बुढीगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्धघाटन् संगै नगरपालिकाको […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। जिल्लाको खप्तड छेडे्दह गाउँपालिका-७ मा असिना पानीबाट पिडित बनेका कृषकहरुलाई गहुँको बीउ वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको सहयोग र वडा कार्यालयको पहलमा पिडित कृषक परिवारहरुलाई गहुँको बीउ वितरण गरिएको हो । गत बैसाख २८ गते परेको असिनापानीले खप्तड क्षेडेदह-७ का कृषकहरुको पाक्न लागेको गहुँ बालीमा क्षेति गरेको थियो […]
मंगलबारदेखि तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिकले प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना दखिएको हो। मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराकाेे बडीमालिका नगरपालिका ८ राप्कमा विद्युतकाे तार सट भएर २ घरमा आगलागी भएकाे छ । साेमबार दिउसाे स्थानीय भरतबहादुर रावल र बीरबहादुर रावलको घरमा विद्युतको तार सट भएर आगलागि भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरी र सक्रियतामा आगो नियन्त्रणमा ल्याईएकाे थियाे । […]
नागरिक रैबार बाजुरा १२ कार्तिक बाजुराकाे सदरमुकाम मार्तडीमा आजबाट प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता सूरू भएकाे छ । बडीमालिका नगरपालिका- ८ काे आयाेजनामा बाजुरा क्याम्पसकाे प्राङ्गणमा आजबाट उक्त प्रतियाेगिता सूरू भएकाे हाे । प्रतियाेगिताकाे एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले व्यानर बाचनसंगै मुख्य रेफ्री सन्ताेष नेपालीलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गरेका छन् […]
नागरिक रैबार/बाजुरा ११ कार्तिक।पाँचौ क्षेडेदह कप फुटवल प्रतियोगिता आजबाट दशरथ माविको खेलमैदानमा सूरु भएको छ । छेडेदह स्पोट्र्स क्लवको आयोजना र खप्तड क्षेडेदह गाउँपालिकाको सहयोगमा सर्वाधिक धनराशी पुरस्कार रहेको उक्त प्रतियोगिता आजबाट सूरु भएको हो । शनिबार एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले खेलका मुख्य रेफ्री खुम ओलीलाई फुटवल हस्तान्त्रण गरेर […]
नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैं सकिन्छ। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने […]
काठमाडौँ । आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म […]
नागरिक रैबार/बाजुरा ११ कार्तिक। पाँचौ क्षेडेदह कप आजबाट सूरु हुने भएको छ । छेडेदह स्पोर्टस क्लबको आयोजनामा सर्वाधिक धनराशी रहेको पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको हो । विगत ५ वर्षदेखि दशैं तिहार लाई लक्षित आर्टिचौरगरेर आयोजना हुँदै आएको प्रतियोगीताको सम्पूर्ण तयारी तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । प्रतियोगिताको आज एक […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक।पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार राष्ट्रिय युवा संघ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् । क्षेडेदह स्पोट्र्स क्लवको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा कार्तिक ११ देखि आयोजना हुन् लागेको उक्त कपको द्धित्तिय पुरस्कार १ लाख २५ हजार २ सय २५ रूपैयाँ युवा नेता शाहले व्यक्तिगत रुपमा […]
काठमाडौं : आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार टीकाको शुभ साइत आज बिहान ११:०२ बजे रहेको छ। विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ। त्यस्तै […]
काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। बडीमालिका नगरपालिका वडा नम्वर ९ स्थित चौराटामा रहेको मष्टेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । चिसो सिजनलाई मध्येनजर गर्दै विद्यालयमा अध्ययनरत सम्पूर्ण ८८ जना विद्यार्थी र ९ जना शिक्षकलाई चिसो छल्न न्यानो वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद कुमार विकले बताएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई […]
काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवती (सिद्धिदात्री)को विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना […]