होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गरेको एक मन्त्रीले जानकारी दिए।एमाले नेतृत्वको नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो आयोगलाई खारेज गर्ने निर्णय गरेका हुन्। पाँचदलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा दुई वर्षभित्र सुकुम्बासी, मुक्त […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन्।यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो। कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका […]
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने […]
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ ।महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । उनका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश […]
मदन विक/बाजुरा ७ चैत्र।बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ का कल्चु सार्की उपचार गर्ने खर्च नहुँदा जिल्ला अस्पताल बाजुराको बेडमा छट्पटाई रहेका छन् । एक हप्ता देखि जिल्ला अस्पतालमा उपचार गराईरहेका सार्कीसंग अस्पतालले रिफर गरेको ठाउँमा जान गाडी भाडा समेत समेत छैन् । जन्मजात शारिरीक रुपमा अशक्त रहेका उनको गएको मंसिरमा बाँकेको कोहलपुरमा ह्वील चियरमा […]
धनगढी- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने निर्दाेश रहेको बताएका छन् । मंगलबार धनगढीमा संचारकर्मीसँग कुरा गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाली कांग्रेसले रविकाे पार्टी आफूसँग नमिलेकाेमा आक्राेश पाेखिरहेकाे बताएका हुन् । साथै, ओलीले रवि निर्दोष भएका कारण गृहमन्त्री पदबाट राजीनामा दिनुपर्ने सम्मको अवस्था नभएको बताएका छन् । ‘उनी (रवि) सहकारी […]
नागरिक रैबार/बाजुरा ४ चैत्र।बाजुराको बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकीमा अवदेखि एमविविएस डाक्टरले स्वास्थ्य सेवा दिने भएका छन् । बुढीगंगा नगरपालिकाले टाँटे स्वास्थ्य चौकीका लागि एमविविएस डाक्टरको रुपमा किरण थापालाई नियुक्त गरेसंगै यहाँका नागरिकहरुले विशेषज्ञ सेवा प्रदान गर्ने भएका हुन् । यस अघि सामान्य सेवा दिदै आएको टाँटे स्वास्थ्य चौकीले एमविविएिस डाक्टर पाएसंगै विशेषज्ञ स्वास्थ्य सेवा […]
नागरिक रैबार/बाजुरा ४ चैत्र। प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय तथा न्यनतम रोजगार सम्वन्धि जनप्रतिनिधि र १८ देखि ४९ वर्ष उमेर समूहका वेरोजगार व्यक्तिहरुसंगको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम आज सम्पन्न गरिएको हो ।नगरपालिकाका जनप्रतिनिधि र वेरोजगार व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र न्युनतम रोजगार बारे […]
नागरिक रैबार/बाजुरा ४ चैत। कुण्डाली सेवा समाज बाजुराले मार्तडी-कोल्टी सडकको स्तरोन्नति गरि नियमित बस सेवा र इलाका प्रशासन कार्यालय स्थापनाकाको माग गर्दै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई ज्ञापन पत्र बुझाएको छ । आईतबार कुण्डाली सेवा समाज बाजुराले प्रमुख जिल्ला अधिकारी पौडेललाई पुर्विउत्तरी क्षेत्रको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना र मार्तडी कोल्टी सडकको स्तरोन्नति गरि नियमित […]
नागरिक रैबार/बाजुरा ४ चैत। बाजुराको जगन्नाथ गाउँपालिका-६ पाल्त्याडी गाउँका बाढीपहिरोबाट विस्थापित बनेका ४६ परिवारलाई सुरक्षित ठाउँमा सारिने भएको छ । २०७९ असोज १९ देखि २५ गतेसम्म आएको अविरल बर्षाका कारण बाढी पहिरोबाट विस्थापित बनेका उनीहरुलाइ सुरक्षित ठाउँमा सार्न लागिएको हो । गाउँपालिका भरिमा बाढी पहिरोका कारण १ सय १० परिवार पूर्ण रुपमा विस्थापित छन् । […]
नागरिक रैबार/बाजुरा २ चैत। राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले जिल्लामा हालसम्म ५ सय ३९ जनालाई निस्सा वितरण गरेको छ । आयाेगले आज जिल्ला सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत हालसम्म सम्पादन गरेका क्रियाकलापहरु सार्वजनिक गरेको भूमि आयोग बाजुराका विज्ञ सदस्य निमेन्द्र शाहीले बताएका छन् । हालसम्म जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत […]
नागरिक रैबार/बाजुरा २ चैत। बाजुराकाे बडीमालिका नगरपालिका-९ कि एक जना गर्भवति महिलाकाे हेलिकप्टर मार्फत उद्वार गरिएको छ । शुक्रबार जिल्ला अस्पताल बाजुरामा गर्भवती हुन नसकेपछि साेहि वडाका सन्जय विककी श्रीमती अन्दाजी २२ वर्षिया सम्झना सुनारलाई हेलिकप्टर मार्फत उद्वार गरिएको हाे । अस्पतालमा सुत्केरीकाे अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना […]
नागरिक रैबार/ बाजुरा १ चैत । बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल सवार गाडीमाथि ढुंगा प्रहार भएकाे छ । बुधबार राति सवा ९ बजेतिर खप्तड छेडेदह गाउँपालिकाका ग्रामिण क्षेत्रकाे अनुगमन गरि सदरमुकाम मार्तडी फर्किने क्रममा बुढीगंगा नगरपालिका २ काे बल्दे बजार नजिकै प्रजिअ पाैडेल चढेको गाडीमा २ जना युवाले ढुंगा प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा १ चैत । नेकपा एमाले बाजुराको आज बस्ने भनिएकाे १२ औं जिल्ला कमिटीको बैठक स्थगित गरिएको छ । यहि चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशनकाे तयारीका लागि बाेलाईएकाे बैठकमा पदाधिकारी तथा सदस्यहरुको संख्या नपुगेपछि बैठक स्थगित गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार अर्काे सूचना जारी नहुन्जेल सम्मका […]
नागरिक रैबार। जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहीबार हिमाली गाउँपालिका–१ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरी […]
काठमाडौँ । आगामी बैशाख १५ गते इलाम बझाङमा हुने उपनिर्वाचनका लागि २० दलले निवेदन दिएका छन् । निवेदन दिनेहरुमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय […]
राजेन्द्र विक बाजुरा,१चैत । बाजुरामा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका चन्दे साउदकी ४५ बर्षिया श्रीमति दुरा साउंद रहेकी मना शहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र साउंदले जानकारी दिनुभयो। बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिर बाट लडेर गम्भीर घाइते साउंदलाई घर पुर्याएर […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुराकाे सदरमुकाम मार्तडीस्थित मालिका माविले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूकाे विद्यालयबाट विदाई गरेकाे छ । विद्यालयबाट यस वर्षकाे माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा सहभागी हुने विद्यार्थीहरूलाई आज एक औपचारिक कार्यक्रमका विच मायाकाे चिनाे प्रदान गरेर विदाई गरेकाे विद्यालयका शिक्षक धिरबहादुर दानीले बताएका छन् । जिल्ला भरिका सामुदायिक विद्यालयहरू मध्ये मालिकामा […]
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ । बुधबार बसेकाे प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे हाे । उहाँकाे पक्षमा १५७, विपक्षमा ११० र मत दिन्न भन्ने पक्षमा १ मत परेकाे सभामुख देवराज घिमिरेले बैठकमा जानकारी दिनुभयाे । मतदानमा २ सय ६८ जना सांसद् उपस्थित थिए । उहाँलाई सत्ता गठबन्धनकाे प्रमुख घटक नेकपा […]