होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आर्थिक वर्ष २०८०/०८१ सुरु भएको ५ महिना बित्नै लाग्यो । तर देशभरका ९ वटा पालिकाहरुले अझै बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसक्ने पालिकाहरुमा सबैभन्दा धेरै मधेस प्रदेशमा छन् । मधेसमा ८ वटा पालिकाहरुले बजेट ल्याउन सकेका छैनन् भने कोशी प्रदेशको एउटा पालिकाले अझै बजेट ल्याउन सकेको छैन । मधेसका ५ जिल्ला सप्तरी, सर्लाही, […]
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहने जनाएको छ । […]
काठमाडौँ । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ । सङ्घीयता […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका […]
काठमाडौंः माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि सोमवारसम्म विभिन्न ५ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार सोमवार (आज) दिउँसोसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ दल नेकपा माओवादी केन्द्र, राप्रपा, जनमत र नेपाल मजदुर किसान पार्टीले आयोगमा पुगेर दल दर्ता गराएका हुन्। आयोगले दिएको जानकारी अनुसार हालसम्म […]
नागरिक रैबार। मानव अधिकार पुरस्कार २०८०” बाट पत्रकार प्रकाश सिंह सम्मानित भएका छन् । मानव अधिकार दिवको अवसर पारी सिंहलाई राष्ट्रिय मानव अधिकार आयोगले सम्मान गरेको हो। सिंहले नगद ५० हजार पुरस्कार सहीत सम्मान प्राप्त गरेका हुन् । बडीमालिका खबरका सम्पादक समेत रहेका सिंह द हिमालय टाइम्समा कार्यरत छन् । दुई दशक देखि पत्रकारितामा सक्रिय […]
नागरिक रैबार/बाजुरा २१ मंसिर।बडीमालिका नगरपालिकामा विकासका लागि युवा सम्मेलन (२०८०) कार्यक्रम संचालन गरिएको छ । बडीमालिका नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा उक्त सम्मेलन संचालन गरिएको हो । नगरपालिका भित्रका युवाहरूको सहभागितामा उक्त सम्मेलन आजबाट बडीमालिका नगरपालिकाको हलमा संचालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकले बताएका छन । सम्मेलनले नगर स्तरीय […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। बाजुराको सदरमुकाममा रहेको प्रभु बैंक शाखाले सुरक्षित आवास गृह (सेभ हाउस) लाई न्यानो कपडा सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत बाजुरामा लैङिगक हिँसा विरुद्धको १६ दिने अभियानलाई मध्येनजर गरेर सेभ हाउसलाई ३० थान न्यानो कपडा (ज्याकेट) सहयोग गरेको बैंकका म्यानेजर जीवन कुमार सिंहले बताएका छन् । बडीमालिका नगरपालिकाको सभा […]
नागरिक रैबार/बाजुरा २१ मंसिर ।ग्रिन तारा नेपालले बाजुराका पत्रकारहरु संग समिक्षा बैठक सम्पन गरेको छ । संस्थाले संचालन गरेका कामको प्रगती विवरण बारे पत्रकारसंग समिक्षा बैठक सम्पन्न गरेको हो । संस्थाले जिल्लाको खप्तड छेडेदह गाँउपालिकाका १-७ सम्मका सबै वडामा स्वास्थ्य सम्वन्धि काम गर्दै आईरहेको ग्रिन तारा नेपालकी फिल्ड म्यानेजर कविता कुमारी थापाले बताएकी छन् । […]
महेश कार्की/कोल्टी २१ मंसिर।जिल्लाको बुढीनन्दा नगरपालिका वडा–३ मा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । विहिबार बिहान सोही वडाको बडाला नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला भीर माथी बाट खसेको ढुङ्गा लागेर सोही नगरपालिका ३ का वर्ष अन्दाजी ३७ बर्षकि धर्मा बिस्टको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जङ्गविर […]
काठमाडौँ– नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत पुग्ने भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत पुग्न लागेको हो । सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ । उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको […]
नागरिक रैबार/बाजुरा २० मंसिर । बाजुराकाे सदरमुकाम मार्तडीमा रहेकाे मालिका माविमा आजबाट खेलकुद सप्ताह सूरू गरिएकाे छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूकाे खेल क्षेत्रमा आकर्षण गर्न र खेलकुदमा विद्यार्थीकाे क्षमतालाई विकास गर्ने उदेश्यले उक्त कार्यक्रम सूरू गरिएको हाे । विद्यालयकाे वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुद सप्ताह कार्यक्रम गरिएकाे विद्यालयका प्रधानाध्यापक शुभराज पाद्यायले बताएका छन् । विद्यार्थीको […]
नागरिक रैबार/बाजुरा २० मंसिर।जिल्ला प्रशासन कार्यालय बाजुराले यहाँका नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र वितरण कार्य सूरु गरेको छ । आजदेखि जिल्ला प्रशासन कार्यालय बाजुराले अनलाईन मार्फत फारम भरेका नागरिकहरुलाई छापिएर आएका राष्ट्रिय परिचय पत्र वितरण कार्य सूरु गरेको हो । २०७७ सालमा जिल्ला प्रशासन कार्यालयबाटै अनलाइन मार्फत फारम भरेका नागरिकहरूलाई ३ वर्षपछि छापिएर आएको राष्ट्रिय परिचय […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। बाजुराको बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा दिवा खाजाको रुपमा हप्ताको एकदिन कोदोबाट बनेको परिकार खुवाउने भएको छ । बडीमालिकाको कृषि विकास शाखाको आयोजना र गिप्ट नेपालको सहयोगमा आज नगरपालिकामा गरिएको १ दिने अन्तरक्रिया गोष्ठीमा कोदोजन्य परिकारबाट बन्ने खाजा हप्ताको एक दिन विद्यालयका बालवालिकालाई खुवाईने बताइएको छ । नगरपालिकाले अन्तराष्ट्रिय […]
काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । दोषी ठहर हुनेमा चौरजहारी […]
प्रमित विक/गाैमुल १९ मसिर। जिल्लाको गौमुल गाउँपालिकाका दुर्गम गाउँ अन्द्राडी, अम्लीसमा विजुली बलेको छ । दुर्गम गाउँमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन ब्रिटीस गार्खाज् नेपालले गौमुल गाउँपालिकाका दुई वटा वडामा विजुली बत्ती सेवा प्रदान गरेको हो । कादुरी संस्थाको आर्थिक सहयोग गौमुल गाउँपालिकाको सहजीकरणमा अन्द्राडी लघु जलविद्युत आयोजनाबाट १ सय किलोवाट क्षमताको […]
नागरिक रैबार/बाजुरा १९ मंसिर।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका लागि मिसन ८४ नभइ भिजन ९५ बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार बाजुराको सदरमुकाम मार्तडीमा नेपाली काँग्रेस बाजुराद्धारा आयोजित वृहत आम सभालाई सम्बोधन गर्दे महामन्त्री शर्माले देशका सबै राजनीतिक दलहरू मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताएका हुन् । महामन्त्री […]
नागरिक रैबार/बाजुरा १८ मंसिर।नेपाली काँग्रेस बाजुराले मार्तडीमा आयोजना गर्न लागेको बृहत आम सभाको व्यापक तयारी गरेको हो । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा आउने भएपछि उहाँको स्वागत र सम्मानमा जिल्ला स्तरीय बृहत आम सभा गर्न लागिएको पार्टी सभापति रामसिंह रावलले बताएका छन् । शिर्ष नेतृत्व नै बाजुरा आउने भएपछि भव्य तयारी गर्न लागिएको र त्यसका लागि […]
नागरिक रैबार/बाजुरा १८ मंसिर।नेकपा एमाले बाजुराले आठौं जिल्ला अधिवेशनको मिति तय गरेको छ । माघ २६ देखि २८ गतेसम्म जिल्ला अधिवेशन गर्ने गरि मिति तय गरिएको पार्टी सचिव भरत थापाले बताएका छन् । नवौ जिल्ला कमिटीको पूर्ण बैठकले अधिवेशनको मिति र स्थान तय गरेको हो । पार्टी अध्यक्ष कालीबहादुर शाही प्रदेश कमिटी उपाध्यक्ष निर्वाचित पछि […]
आज विश्व अपाङ्गता दिवसऽ नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको […]