होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — हाल कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा […]
काठमाडौैं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदैछन् ।सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र […]
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १० औँ नम्बरमा रहेको छ। महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले […]
बाजुरामा पोलियो रोग विरुद्धको आईपिभी खोप अभियान २०८१ यही जेठ १३ गते अर्थात आइतवारदेखि जेठ १८ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आईपिभी खोप अभियान बाजुरामा पनि सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय बाजुराले शनिवार आई. पि. भी खोप अभियान सम्बन्धी मार्तडीमा जिल्ला स्थित संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दैै खोप अभियानको […]
नागरिक रैबारबाजुरा १२ जेठ/बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्वर २ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरिएकाे छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच वडा नम्बर २ लाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले छाउपडी गाेठमुक्त वडा घाेषणा गरेका हुन् । बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाकाे समन्वय र २ नम्बर वडा कार्यालयकाे आयाेजनामा वडालाई छाउपडी गाेठमुक्त वडा […]
बाजुरा। बाजुराबाट शैक्षिक भ्रमणका लागि मुगुकाे राराताल तर्फ जाँदै गरेकाे जीप मुगुमा दुर्घटना भएकाे छ । बुढीनन्दा नगरपालिका-२ मा रहेकाे जनप्रकाश माबिका बिध्यार्थी शैक्षिक भ्रमणका लागि राराताल तर्फ जान लागेकाे जीप दुर्घटनामा परेकाे हाे । जीपमा सवार ११ जना बिध्यार्थी, शिक्षक र चालक घाइते भएकाे प्रारम्भिक सुचना छ । मुगुको खत्याड गाउँपालिका वडा नं २ […]
बाजुरा– नेकपा एमाले बाजुराको आठौ जिल्ला अधिबेसनको मतगणना सूरु भएकाे छ । आईतबार विहान सात बजेबाट सुरु भएको मतदान प्रकृया साढे १२ बजे सम्पन्न भएको थियाे । जम्मा ४ सय ३९ मतदाता प्रतिनिधि रहेकोमा ४ सय २५ मत खसेको मुख्य निर्वाचन अधिकृत तुला बहादुर थापाले बताएका छन । जेठ १ गतेबाट सुरु भएको अधिबेशन ५ […]
नागरिक रैबार/बाजुरा ४ जेठ । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे आठौं जिल्ला अधिवेशनकाे बन्द सत्र ३ दिन पछि सूरू भएकाे छ । जेठ १ गते उद्घाटन भएकाे अधिवेशनपछि बन्द सत्र सूरू गर्ने कार्यतालिका रहे पनि सहमतिका लागि प्रयास गर्दा ३ दिनपछि सूरू गरिएकाे एमाले बाजुराले जनाएको छ । आजबाट जारी बन्द सत्रमा पार्टीकाे राजनीतिक प्रतिवेदन, […]
नागरिक रैबार/बाजुरा २५ बैशाख। सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै बडीमालिका नगरपालिका- ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । गुल्मपति निवास, कार्यालय लगायत […]
नागरिक रैबार/ बाजुरा २३ बैशाख। नेकपा एमाले बाजुराले आसन्न ८ औ जिल्ला अधिवेशनकाे लाेगाे सार्वजनिक गरेकाे छ । आज मार्तडीमा पत्रकार सम्मेलन गर्दै एमाले बाजुराले ८ औं जिल्ला अधिवेशनकाे लाेगाे सार्वजनिक गरेकाे हाे । जिल्ला अधिवेशनको लोगोकाे पृष्ठभूमिमा बाजुरा जिल्लाका एतिहासिक, धार्मिक, प्राकृतिक श्राेत र सम्पदा झल्किएका छन् । लाेगाे भित्र कर्णाली नदि, बडीमालिका पाटन, […]
नागरिक रैबार। बाजुराकाे कर्णाली नदीमा शनिवार एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृतक महिलाको नाम, थर, वतन भने खुलेको छैन्। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।
धनगढीः सुदूरपश्चिममा एकैदिन २० स्थानमा डढेलो लागेको छ। प्रदेशका ६ जिल्लामा हिजो (शनिबार) एकैदिन २० स्थानमा डढेलो लागेको हो। सबैभन्दा बढी डडेल्धुराका ७ स्थानमा डढेलो लागेको छ। डोटीमा पनि ६ स्थानमा डढेलो लागेको छ। त्यस्तै अछाममा तीन, बझाङमा दुई, बैतडीमा एक र कैलालीमा एक स्थानमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागअन्तर्गतको डढेलो पहिचान तथा अनुगमन […]
नागरिक रैबार। बाजुराकाे बुढीगंगा नगरपालिकाबाट लागूऔषद खैराे हिराेइन सहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रकाउ पर्नेमा बुढिगंगा नगरपालिका ५ का २५ बर्षिया बिनोद थापा रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ। बुधबार राति बुढिगंगा नगरपालिका ६ फालासैनबाट लागू औषध (खैरो हिरोईन) को कारोबार बिक्रि बितरण गर्ने गरेको छ भन्ने गोप्य सूचानाको आधारमा प्रकाउ […]
धनगढीः सुदूरपश्चिममा आगलागीका घटना भयावह रुपमा बढ्न थालेको छ।प्रदेशका नौवटै जिल्लामा एकपछि अर्को आगलागी हुन थालेको हो। आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म आगलागीबाट पाँच करोड २० लाख २७ हजार पाँच सय मुल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ। अहिलेसम्म एक सय ९६ आगलागीका घटना भएको तथ्यांक सार्वजनिक भएको छ। सुदूरपश्चिम प्रदेश […]
काठमाडाैँ । वैशाख १५ गते भएको उपनिर्वाचनमा नेकपा एमालेले क्लिन स्विप गरेको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ दुवै स्थानमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । इलाम २ मा मंगलबार बिहान सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ विजयी भए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका डम्बर बहादुर […]
राजेन्द्र विक बाजुरा,१८ बैशाख । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सह-इन्चार्ज तथा पुर्व खानेपानी मन्त्री बिना मगरले नेपालको समृद्धि माओवादी केन्द्र बाट मात्रै सम्भव भएको बताउनु भएको छ। माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समितिको २ महिने रुपान्तरण अभियान अन्तरगत माओवादी केन्द्र बाजुरा जिल्ला समन्वय समितिको आयोजनामा सदरमुकाम मार्तडिमा संचालन भएको अभिमुखिकरण कार्यक्रममा बोल्नु हुँदै […]
राजेन्द्र विक /बाजुरा १८बैशाख। पुर्व शिक्षा मन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोख्रेलले गुणस्तरीय शिक्षा समृद्ध नेपालको पहिलो आधार भएको बताएका छन् । गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि समुदाय , अभिभावक र अन्य क्षेत्रको योगदान आवश्यक भएपनि पहिलो जिम्मेवारी शिक्षकहरुको हुने पोखरेलको भनाई छ । बडीमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि आयोजना गरेको प्रशिक्षण तथा अन्र्तक्रिया […]
काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । शनिबार भएको मतदानमा सो क्षेत्रमा ५८ प्रतिशत मत खसेको थियो । उक्त […]
काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार भएको उपनिर्वाचनको सबै मतपेटिका बझाङ सदमुकाम ल्याइएपछि मतगणनाको तयारी गरिएको हो । सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । शनिबार भएको मतदानमा बझाङमा ५० प्रतिशत मत खसेको थियो । बझाङमा एमालेबाट दमनबहादुर भण्डारी, […]