होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताएका छन् । संविधानले विभिन्न जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा संयोजन गरेको राष्ट्रपति पौडेलको भनाइ छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले लेखेका छन्, ‘आज संविधान दिवस, हाम्रो […]
काठमाडौँ । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी […]
नागरिक रैबार । बाजुराकाे सदरमुकाम मार्तडीमा आजबाट विधिवत रूपमा अनन्ते मेला सुरु हुने भएकाे छ । बाजुराबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा रहेको अनन्ते मेला यस वर्ष असोज २ अर्थात आजदेखि ४ गतेसम्म लाग्ने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिर नजिकैकाे अनन्त्या गणामा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले ३ दिनसम्म रातदिन आ–आफ्नै […]
नागरिक रैबार बाजुरा २ असोज। चर्चित संगितकार, सर्जक तथा गायक विनोद बाजुरालीको स्वरमा ‘हियार’ नामक नयाँ शैलिको समिश्रण लोक गीत सार्वजनिक भएको छ । विनोद बाजुरालीकै स्वर, शव्द, संगित र एरेन्ज रहेको उक्त गीतमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परिवारको स्वर रहेको छ । शुभारम्भ डिजिटल म्युजिक प्रालिद्धारा बजारमा आएको उक्त गीत नयाँ शैलिको नेपाली लोक […]
काठमाडौँ —भैरहवा र पोखरामा ६५ अर्ब लागतमा निर्मित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई रुट तथा अवतरण प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ प्रणाली (आईएलएस) का विषयमा भारतीय समकक्षीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई आश्वासन मात्रै दिएका छन् । भारतको नयाँ दिल्लीमा बुधबार भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनका […]
काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला मंगलबार बिहानदेखि सुरु हुँदै छ । मंगलबारदेखि सुरु हुने राष्ट्रिय भेला बुधबारसम्म चल्नेछ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने दुईदिने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार देशभर चार सय पालिका र दुई हजार वडामा रास्वपाको […]
नागरिक रैबार/बाजुरा ३१ भदौ । बाजुरामा असोज २ गतेबाट अनन्ते मेला लाग्ने भएको छ । बाजुराबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा रहेको अनन्ते मेला यस वर्ष असोज २ देखि ४ गतेसम्म लाग्ने भएको हो । यस वर्षको अनन्ते मेलालाई व्यवस्थित गर्न बडीमालिका नगरपालिकामा नगर उप्रमुख नन्दा कुमारी थापाको नेतृत्वमा सर्वपक्षीय बैठक बसेको छ […]
काठमाडौँ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्दोष ठहरिएका छन् । संसदीय छानबिन विशेष समितिले अन्तिम रूप दिएर हस्ताक्षर गरेको प्रतिवेदनमा रवि लामिछानेलाई कारबाहीको कुनै सिफारिस नगरेको समितिका सदस्य एवम् प्रतिनिधि सभा सदस्य शिशिर खनालले जानकारी दिए । सहकारीबाट रकम ल्याएर अपचलन गरेको भन्ने विषयमा रवि लामिछानेमाथि लागेको आरोपमा उहाँ निर्दोष हुनुहुन्छ […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउने तयारी गरेका हुन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन असोज ४ गते अमेरिका जाँदैछन्। महासभाको मुख्य नारा ‘कसैलाई पनि पछाडी […]
नागरिक रैबार/बाजुरा ३० भदाै । राष्ट्रिय दलित पत्रकार संघ बाजुराकाे दाेस्राे अधिवेशन आइताबार सम्पन्न भएकाे छ । राष्ट्रिय दलित पत्रकार संघ बाजुराका अध्यक्ष मदनवि क काे अध्यक्षतामा अधिवेशन सुरु भएकाे अधिबेशनबाट नयाँ नेतृत्व चयन भएकाे छ । अध्यक्ष धनरुप कामी अध्यक्ष रहने गरि ७ सदस्यिय समिति चयन भएकाे छ । उपअध्यक्षमा खेमराज मिजार, सचिव प्रमित […]
काठमाडौं । सरकारले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले १६ मंसिरमा उपचुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि आइतबार नै आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपचुनावको मिति सुझाएका हुन् । सम्भवत, आइतबार नै बस्ने मन्त्रिपरिषद् […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरेका छन् । आइतबार भएको भेटमा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका हुन् । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो । भेटमा […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्ने बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् । ओलीले हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे सुझाव आइरहेकाले त्यसको विषयमा छलफल गर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा नि:शुल्क […]
काठमाडौँ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । शनिबार महासंघ केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको हो । प्रकाशित कार्यतालिका अनुसार भदौ २९ गते साँझ मतदाता नामावली प्रकाशन, असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, असोज ४ गते साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुने […]
काठमाडौँ: आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ। ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो। विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो। नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी […]
धनगढीः सुदूरपश्चिममा चालु आर्थिक सुरु भएयता बाढी र पहिरोका ४७ घटना घटेका छन्। पहिरो र ३७ र बाढी १० गरेर ४७ घटना घटेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ। पहिरोमा परेर ५ महिला र एक पुरुषको मृत्यु भइसकेको छ। ८ महिला र ८ पुरुष गरी १६ जना घाइते भएका छन्। पहिरोबाट एक सय २ परिवार […]
काठमाडौं । राष्टिन्य क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए । यो अवार्डका लागि रोहितसँगै फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम […]
काठमाडौं । नेकपा एमालेले जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको हो, जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ । महासचिव शंकर पोखरेलका अनुसार सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने कार्ययोजना छ । पार्टीमा आएका नेताहरुलाई ३ महिनाभित्र जिम्मेवारी दिने, हरेक सदस्यले वर्षमा एक पटक पार्टी […]