होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ साउन । बाजुराको सदरमुकाम मार्तडी बजारका व्यापारी पुष्प खड्काको निधन भएको छ । डोटी जिल्ला सिलगढी नगरपालिका घर भई मार्तडीको दुनिहाटबजारमा विगत १२ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएका खड्काको शनिबार राति उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा निधन भएको हो । लामो समय देखि प्रेसरका कारण नियमित औषधि सेवन गर्दै आएका खड्कालाई शनिबार […]
काठमाडौँ । १५ दिन बिति सक्दा पनि नारायणगढ मुगलिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । ६५ जना सवार उक्त बसका ३ जना […]
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन नसकेकोमा दुःख प्रकट गरेका छन् । पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित प्रवचन गोष्ठीमा धारणा राख्दै नेता रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर चुनाव लडेको देख्दा आफूलाई आश्चर्य लागेको बताएका हुन् । नेता रावलले भने, ‘पुष्पलालले जहिले पनि सिद्धान्तमा जोड दिनुभयो […]
काठमाडौँ । सरकारले विमान दुर्घटना भएको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि बोलाइएको आकस्मिक मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । त्यस्तै सरकारले सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्सीय समिति पनि गठन गरेको छ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा […]
बाजुरा। नेकपा एमाले बाजुराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १४ बुँदे माग पत्र बुझाएको छ । सिंगो पार्टी कमिटीका तर्फबाट बाजुरा जिल्लाको विकासलाई प्राथमिकतामा राख्ने गरि १४ बुँदे माग पत्र बुझाएको हो । प्रधानमन्त्रीलाई बाजुराका तर्फबाट एमाले अध्यक्ष लालबहादुर ओलीले माग पत्र बुझाएका हुन् । ओली प्रधानमन्त्री भएपछि जिल्लाको तर्फबाट नेकपा एमाले बाजुराले औपचारिक मागहरु बुझाएको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भोलि (आइतबार) प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले भोलि (आइतबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो । नेकपा एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरिसकेको छ । एमालेले संसद्मा प्रतिनिधित्व गर्ने दलदेखि स्वतन्त्र सांसदहरुलाई समेत विश्वासको मत दिन आग्रह गरेको […]
बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ । सवारिसाधन नचल्दा यात्रु […]
नागरिक रैबार/बाजुरा ३१ असार। बाजुराबाट प्रतिनिधि सभामा निर्वाचित सांसद बद्रीप्रसाद पाण्डे नेपाल सरकारकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन् । नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डे नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका हुन् । काँग्रेसका सहमहामन्त्री पाण्डे पहिलो पटक मन्त्री बनेका हुन् । […]
काठमाडौँ —हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशभरका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश,वाग्मती […]
काठमाडौँ । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट गएराति बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको हो। एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या […]
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन […]
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्। शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेताले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी पेश गरेका थिए। राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ […]
नागरिक रैबार/बाजुरा २९ असार। उद्योगी व्यवसायीहरुको छाता संस्था बाजुरा उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सुरु भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका विच साधारणसभाको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले उद्धघाटन् गरेका छन । उद्योग बाणिज्य संघ बाजुुराका अध्यक्ष देब बहादुर रोकायाको अध्यक्षतामा सूरु भएको कार्यक्रममा प्रमुुख अतिथि जिल्ला समन्वय समिति बाजुराका […]
नागरिक रैबार/बाजुरा २९ असार।बुढीगंगा नगरपालिकास्थित ताँप्री सेरा नजिकै सख्खा पहिरो गएपछि साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । शनिबार विहान १२ बजेतिर साँफे मार्तडी राजमार्गमा पर्ने ताँप्री सेरा नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध बनेपछि सदरमुकाम मार्तडीसम्म आउने र जाने सवारी साधानहरु विचबाटोमै रोकिएका छन् । नेपालगंज, धनगढी र महेन्द्रनगरबाट […]
असार । गते त्रीशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ ।सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र […]
काठमाडौं । गएराति नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य स्थगित भएको छ । बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए । अब भोलि बिहानबाट मात्रै बेपत्ता बस खोज्न सुरु गरिने न्यौपानले बताए ।‘नदीमा पानीको […]
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका छन् । राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोकेको उल्लेख छ । ‘प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् । उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमल्टारमा सरेका छन् ।