होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्ने भएका छन् । आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन् । प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी समेत […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरपालिकाको सेवा क्षेत्रभित्रका विपन्न नागरिकहरुलाई लक्षित गर्दै नगरपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो । यस वर्षवाट एम्वुलेन्स खरिद गरि संचालनमा ल्याएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । पालिकाभित्रका […]
नागरिक रैबार/बाजुरा २० साउन। बाजुराको बुढीनन्दा नगरपालिका साविकको पाण्डुसेन गाविस का ७, ८, ९ र १० का नागरिकहरुका लागि नेपाल खाद्य संस्थानको विक्रि केन्द्र स्थापना भएको छ । पाण्डुसैनका नागरिकले खाद्यान्न किन्नका लागि कोल्टी धाउनुपर्ने बाध्यताको अन्त्य गर्न उक्त ठाउँमा खाद्यन्न बिक्री केन्द्र स्थापना गरिएको हो । गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्ने […]
नागरिक रैबार। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा ढुङ्गा खसेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ जाेरुका नन्दे कुमालकी १४ बर्षिया छाेरी आकाशी कुमाल रहेकी छन् । गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडकमा डाेजरले खनिरहेकाे ढुगां लागेर बालिका घाइते भएकी थिइन । घाइते भएकी बालिकालाई उपचारका लागि शनिबार दिउसाे काेल्टी […]
धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । Tata Folliderm शाहको मुख्यमन्त्रीमा यो दोस्रो कार्यकाल हो । उनी सुदूरपश्चिमको चौथौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् । प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा […]
काठमाडौँ । बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विपद्मा ४९ जना बेपत्ता तथा एक सय […]
काठमाडौँ । कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । दुई […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् ।उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुने छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको आज ४ बजेका लागि आह्वान गरिएको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । सत्तासीन दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका सोडारीले विश्वासको मत पाउने सम्भावना भने छैन । मुख्यमन्त्री निकट स्रोतका अनुसार उनी विश्वासको मत लिन […]
काठमाडौँ । नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन, केन्द्रीय कमिटीमा मनोनयन, प्रदेश र जिल्ला इन्चार्ज तोकेको हो । जिम्मेवारी अनुसार पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली चितवन जिल्ला इन्चार्ज बनेका छन् । काठमाडौँको जिम्मेवारी आनन्दप्रसाद पोखरेलले पाएका छन् । पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले काभ्रेपलाञ्चोक, भक्तपुर […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराकाे सदरमुकाम जाेड्ने साँफे- मार्तडी राजमार्ग संचालनमा आएको छ । मंगलबार राति राजमार्ग अन्तरगत नुनेपानीमा सडक माथिबाट खसेको पहिराेले अवरुद्ध भएको थियो । बुधबार विहान सडकमा खसेको पहिरो सडक विभागले जेसिवि मार्फत पन्छाइएपछि उक्त सडक संचालनमा आएको हाे । जिल्लामा निरन्तर वर्षा भइरहेको छ । जसका कारण साँफे मार्तडी राजमार्ग अन्तरगत […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने बताएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने बताए । निर्देशनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामी डिस्टिनेशन तोकेर हिँडेका […]
नागरिक रैबार। बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नि:शुल्क खाना र बास बस्नका लागि उचित व्यवस्था गरिने भएको छ । जनै पुर्णिमाका अवसरमा लाग्ने मेलामा बुढीनन्दा क्षेत्रमा आउनेहरुलाई ६ दिनसम्म यस्तो सुविधा दिन लागिएको हो । बुढीनन्दा नगरपालिका र बाजुराको पर्यटन प्रवर्द्धनका लागि सक्रिय युवाहरूको समूह ‘वाइल्ड […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नदीहरुको हालको अवस्थाबारे जानकारी गराएको छ । महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार बिहानको मापनमा कोशी, कर्णाली, नारायणी, महाकाली, बागमती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको जनाएको छ । महाशाखाले तीन दिनसम्मको अनुमान गर्दै आज दिउँसो, […]
नागरिक रैबार/बाजुरा १४ साउन।बाजुरामा पानीपुरी र चट्पटे खाँदा एकै पटक १२ जना विरामी परेका छन् । बडीमालिका नगरपालिका–९ को नापी कार्यालय नजिकै मिना खातुनले संचालन गरेको पसलमा पानीपुरी र चट्पटे खाएका १२ जना बिरामी भएका हुन् । पानीपुरी र चट्पटे खाएपछि विरामी भएकाहरुको अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ । एकैपटक बिरामी भएका सबैजनामा […]
काठमाडौँ– पोखराको बिरौटामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा भएको छ । पोखरा महानगरपालिका– १७ बिरौटामा रहेको एलपी मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो । प्रारम्भिक जानकारीअनुसार मट्टिखानबाट विद्यार्थी लिएर स्कूलतर्फ जाँदै गरेको बसमा २२ विद्यार्थी, चालक र एक सहयोगी रहेको बताइएको छ । बस करिब ६० मिटर तल सडकमा खसेको […]
नागरिक रैबार/बाजुरा १३ साउन। बाजुराको बडीमालिका नगरपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न २ वटा विद्यालयलाई एउटै विद्यालयसंग मर्ज (समायोजन) गरेको छ । बडीमालिकाको सेवा क्षेत्रभित्रका विद्यालयहरुको गुणस्तर सुधार्न विद्यालयहरुलाई मर्ज गर्ने निति अनुरुप वडा नम्वर ३ मा रहेको खाति भिटा आधारभुत विद्यालयलाई चोयाकोट माविसंग मर्ज (समायोजन) गरेको हो । बडीमालिका–३ सेरगाउँमा रहेको खातिभिटा आधारभुत विद्यालयलाई चोयाकोट […]
नागरिक रैबार/बाजुरा १३ साउन । बाजुराको सदरमुकाम मार्तडीमा व्यवसाय गर्दै आएका व्यवसायी पुष्प खड्काको असामयिक निधनप्रति बाजुुरा उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ । सफल व्यवसायीका रुपमा परिचित खड्काको असामयिक निधनले बाजुरा उद्योग वाणिज्य संघ परिवार लगायत समग्र बाजुराको व्यवसायी क्षेत्रमा अतुलनीय क्षती पुगेको उद्योग वाणिज्य संघले बताएको छ । डोटी जिल्ला सिलगढी नगरपालिका […]
नागरिक रैबार/बाजुरा १३ साउन । बाजुराको सदरमुकाम मार्तडी बजारका व्यापारी पुष्प खड्काको निधन भएको छ । डोटी जिल्ला सिलगढी नगरपालिका घर भई मार्तडीको दुनिहाटबजारमा विगत १२ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएका खड्काको शनिबार राति उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा निधन भएको हो । लामो समय देखि प्रेसरका कारण नियमित औषधि सेवन गर्दै आएका खड्कालाई शनिबार […]