होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एकीकृत समाजवादी पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकजना मन्त्रीलाई बर्खास्त गरेका छन् । शाहले आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीलाई बर्खास्त गरेका हुन् । यसअघि, केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरिएको थियो । अब सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस र नागरिक उन्मुक्ति […]
काठमाडौं । आ-आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी नेताहरुबीच भएको स्रोतको दाबी […]
धनगढी । केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन भत्किएसँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । केन्द्रकै सत्ता समीकरण अनुसार बनेको सुदूरपश्चिम प्रदेश सरकार केन्द्रमा गठबन्धन फेरिनासाथ संकटमा पुगेको हो । प्रदेशसभामा नेकपा एमालेबाट तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन नसक्दा सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसका कमलबहादुर शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम […]
काठमाडौँः अन्ततः सत्ता गठबन्धन भत्किएको छ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो। आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो। कांग्रेससँगको सत्ता यात्रा सहज नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘पुरानो सेट सबै चेन्ज हुन्छ । एमाले र रास्वपासहित मन्त्रिपरिषद पुनर्गठन हुन्छ ।’ स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन […]
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी […]
काठमाडौं । आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुरा खाद्यन्न अभाव भईरहेको बेला आयोडिन नुनको समेत अभाव हुन् थालेको छ । कोटा अनुसारको नुन समयमै आउन नसकेपछि बाजुरामा आयोडिन नुनको अभाव भएको हो । बाजुराका ४ वटा अस्थायी नुन डिपो मध्ये बाम्का बजारको डिपोमा नुनको अभाव भएको छ । बाम्का बजारमा नुन लिन आउने उपभोक्ताहरु हिजो आज रित्तै घर फर्किनु […]
नागरिक रैबार। बाजुराको गौमुल गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अथक प्रयासपछि गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूर्ण रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको भनाइ छ । स्थानीय सरकार […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा भोलि शनिवार र पर्सि आईतबार २ दिन राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा अवरुद्ध हुने भएको छ । बाजुरा वितरण केन्द्रले आज सार्वजनिक सूचना जारी गर्दै बाजुरा वितरण केन्द्र अन्तरगत बल्दे देखि अमकोट सम्मको ३३ केभि लाईनमा ११ केभि कम्पोजिट लाईन निर्माणको काम गर्ने भएकोले मार्तडीमा २ दिन विद्युत सेवा […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाभित्र रहेका टोल विकास समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न १ दिने सिप विकास तालिमको आयोजना गरेको छ । ९ नम्वर वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार वडा भित्रका विभिन्न १६ वटा टोल विकास समितिका पदाधिकारीहरुलाई नेतृत्व विकासमा सक्षम गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको वडा अध्यक्ष […]
काठमाडौं, १८ फागुन । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]
नागरिक रैबार/बाजुरा १७ फागुन। बाजुराकाे हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा कृषकहरुको बारीबाट उत्पादन हुने खाद्य बस्तुको भण्डारणका लागि बनाउन लागिएको शीत भण्डार गृह निर्माणकाे काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गाउँपालिकाको केन्द्र धुलाचौरमा करिव २ करोडको लगानिमा निर्माण हुन् लागेको शीत भण्डार गृह निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । […]
नागरिक रैबार। बाजुराकाे जगन्नाथ गाउँपालिकामा घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्य भएको छ। जगन्नाथ गाउँपालिका-६ काप्री स्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्को आई कालिकोटको पलाता गाउँपालिका-२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। […]
नागरिक रैबार/बाजुरा १६ फागुन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि रचना विक भारतको मुम्वइबाट बेपत्ता भएकि छन् । रोजगारीको शिलसिलामा भारतको मुम्वईमा श्रीमान गणेश विकसंगै बस्दै आएकि रचना ५ दिनदेखि एकाएक वेपत्ता भएकी हुन् । मुम्वइमा श्रीमानसंगै रहेकी रचना आफ्नो बहिनीलाई भेट्न भनेर गएकी भएपनि आजसम्म घरपरिवार कसैको सम्पर्कमा नआएको उनका कान्छा ससुरा पुर्णबहादुर […]
नागरिक रैबार। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । मगलवार जगन्नाथ गाउँपालिका २ की ४५ वर्षीया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटील देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित […]
दैलेख– नारायण नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।विद्यालयमा देखिएका समस्यासँगै बालबालिकाले भोग्दै आएका व्यवहारिक कुरालाई नीतिगतरूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम ल्याएको हो । नारायण– ११ टाटामाखु स्थित रैनादेवी माध्यमिक विद्यालयबाट सञ्चालन गरिएको सो कार्यक्रमको मुख्य ध्येय बालबालिकाले विद्यालयमा भोग्दै आएका समस्या समाधान गर्ने, उनीहरूमा रहेको अन्तर्निहित क्षमताको पहिचान […]
काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेनेछ ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले मौसममा सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार पनि मौसममा आंशिक बदली जारी […]
काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै छ । मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे पुनः बैठक बोलाइएको छ । आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । […]