होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक। बाजुराको बडीमालिका नगरपालिकाले प्रथम बडीमालिका कोदो दिवस २०८१ मनाउने भएको छ ।बडीमािलका नगरपालिका कृषि विकास शाखाको आयोजनामा आगामी मंसिर १ गतेका दिन प्रथम बडीमालिका कोदो दिवस २०८१ मनाउन लागेको हो । ‘कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि’ भन्ने मुल नाराका साथ पहिलो पटक मार्तडीमा प्रथम बडीमालिका कोदो दिवस २०८१ को आयोजना हुने […]
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो । देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताइन् […]
पुर्णबहादुरकाे सारङ्गीकाे पाेष्टरले नै मलाई याे फ्लिम एक्लाएक्लै नभई पुरै जहानसहित संगै बसेर हेर्नुपर्छ पर्छ भन्ने आज हाेइन, पाेष्टर सार्वजनिक भएको दिनदेखिनै सिनेमा हलमा गएर चलचित्र “पूर्णबहादुरकाे सारङ्गी” हेर्ने धाेकाे थियाे, बल्लतल्ल पुग्याे । यस चलचित्रका बारेमा विभिन्न समाजिक सञ्जाल, तथा मिडियामा जेजति प्रतिक्रिया आएका र फिल्मी समिक्षा लेखिएका थिए ती लगभग लगभग प्रायःजसो पढियाे […]
कास्की । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चौथो पटक अदालत उपस्थित गराइएको छ । यस अघि तीन पटकसम्म थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले पुन आज म्याद थपको माग गर्दै अदालत पेश गरेको हो । लामिछाने माथि लागेको आरोपका विषयमा बयान र अनुसन्धान सकिएपनि प्रहरीले […]
धनगढीः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा गत निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि सो पदका लागि उपनिर्वाचन हुँदैछ। जोशी १ हजार ८१० मत पाएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी एमालेका सुलोचना कुमारी भण्डारीले एक हजार ६३७ मत पाएकी थिइन् भने माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ मत पाएका थिए। यस्तै बझाडको सूर्मा गाउँपालिका […]
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी मंसर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय सयन्त्रलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं […]
काठमाडौँ । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, […]
धनगढीः सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ परेका छन्। कार्तिक १ गतेदेखि २० गतेसम्म सो संख्यामा जुवाडेहरु पक्राउ परेका हुन्। सबैभन्दा बढी कैलालीबाट एक सय ८४ जना जुवाडे पक्राउ परेका छन्। त्यसपछि कञ्चनपुरबाट एक सय ५९ जना जुवाडे पक्राउ परेका छन्। अछामबाट ९, डडेल्धुराबाट २८, डोटीबाट १२ र बझाङबाट पाँच जना जुवाडे पक्राउ परेका छन्। कैलालीबाट […]
नागरिक रैबार। बाजुराको गौमुल गाउँपालिका-६ सटेडाबाट भरूवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार विहान गाैमुल गाउँपालिका ६ को सटेडामा १० थान बन्दुक र बन्दुकको नाल ३३ थान सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार गाैमुल -६ का ६३ वर्षीय गोरे लुहारको घरमा भरुवा बन्दुकको कारोबार […]
काठमाण्डौ – तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो । गएको बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिएपनि तिहार बिदा […]
काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन हिजो दाजुभाइले दिदी बहिनीको हातबाट टीका लगाएसँगै तिहार सकिएको हो । यद्यपी आज सरकारी कार्यालय बन्द रहेका छन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ। १५ गते कुकुर तिहार र लक्ष्मीपूजाको दिनबाट ५ दिन सरकारी कार्यालय बन्द भएको […]
देशभर पश्चिमी वायु, स्थानीय वायुको प्रभा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार नेपालको मौसममा भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मबार दिउँसो देशको पहाडी भू–भागमा […]
धनुषा। मधेसी दलितमा सबै भन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट […]
काठमाडौँ ः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन्। यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाईटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको […]
काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही […]
काठमाडौं – यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया […]
काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र […]
काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन् । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक।बाजुराको सदरमुकाम मार्तडीमा सचेतना मुलक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बडीमािलका नगर स्तरीय युवा संजाल र नगर स्तरीय बाल संजालको संयुक्त आयोजना तथा बडीमालिका नगरपालिका र सामुदायिक विकास केन्द्र डोटी, गिफ्ट नेपालको समन्वय÷सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । शुभदिपावली २०८१ को अवसरमा बालमैत्री स्थानीय शासन आजको आवश्यकता, लैगिंक हिँसा बालश्रम […]