होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २५ असार। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर २ स्थित बल्देमा मोटर साईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । घाईते हुनेमा बुढीगंगा नगरपालिका-५ घर भएका मोटर साईकल चालक हिमाल थापा र जुम्ला जिल्ला घर भई डिभिजन बन कार्यालय बाजुरामा कार्यरत क्रमचारी श्रीराम रावत रहेका छन । मंगलबार विहान सदरमुकाम मार्तडीबाट फालासैन बजार […]
नागरिक रैबार/बाजुरा २२ असार। बाजुराकाे बडीमालिका नगरपालिका-८ र ९ मा पर्ने बाउली खाेलामा आएकाे बाढीले काठेपुल बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या भएकाे छ । वर्षातकाे समयमा बडीमालिका-७ का सहित पुर्विउत्तरी क्षेत्रका स्थानीयकाे मुख्य पैदलमार्ग समेत रहेकाे बाउली खाेलाकाे काठेपुल बाढीले बगाएपछि अहिले उक्त खाेला हुँदै आवतजावत गर्ने नागरिकहरूलाई समस्या भएकाे हाे । हिउँदकाे समयमा काेल्टी सम्म […]
नागरिक रैबार/बाजुरा २२ असार। अविरल वर्षाका कारण अछामकाे बुढाबगरमा सालकाे रूख ढलेर विजुलीकाे पाेल भाँचिएपछि बाजुरामा राष्ट्रिय प्रशारण लाईनकाे विद्युत सेवा अवरुद्ध भएकाे छ । शनिवार विहान एकाएक राष्ट्रिय प्रशारण लाईन अन्तरगत साँफे-मार्तडीकाे बुढाबगरमा विजुलीकाे पाेल ढलेपछि अछामका केही स्थान र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताएका छन् […]
नागरिक रैबार/बाजुरा २१ असार। बाजुराको बडीमालिका नगरपालिकाले नयाँ डोजर खरिद गरेको छ । नगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माण तथा सडक निर्माण गर्न जेसिवि डोजर खरिद गरेको हो । नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट डोजर खरिद गरिएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताएका छन् । जेसिवि डोजर खरिदका लागि नगर सभाबाट ६० लाख […]
नागरिक रैबार। बाजुराको बुढीगंगा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयबाट एसईईको मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक विद्यालयबाट एसईई मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अंग्रेजी, गणित र विज्ञान विषयको निःशुल्क परीक्षा विशेष तयारी कक्षा सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र […]
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ। नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थत फिर्ता लिएको बताए। उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपारिषद को कार्यालयमा समर्थत फिर्ता लिएको […]
काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । […]
बाजुरा । अविरल वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा जिल्लाको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए । सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ […]
बाजुरा । बाजुराकाे हिमाली गाउँपालिका -२ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँमा शुक्रबार राति पहिरोमा परेर ७० बाख्रा मरेका छन् । अविरल वर्षाका कारण बाख्रा राखेको खोर माथिबाट आएको पहिरो आएको हो । स्थानीय गोरखराज बोहराका ४०, जर्म बोहराका १० र जीवन बोहराका २० वटा गरी ७० बाख्रा पहिरोले पुरेको हो । अन्य १० वटा […]
नागरिक रैबार/बाजुरा १४ असार। बाजुराको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउन थप ६० वटा सडक बत्ति जडान गर्न थालेको छ । बडीमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार बजारका सार्वजनिक ठाउँहरुमा नेपाल विद्युत प्राधिकरण अन्तरगतको सडक बत्ति जडान गर्न थालेको हो । बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा मार्तडी बजारभित्रका सार्वजनिक ठाउँहरुमा नेपाल […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमीबाट यस वर्षको एसइइ परिक्षामा समावेश भएका किरन खड्का बाजुरा जिल्ला प्रथम भएका छन् । खड्काले जिल्लामै सवैभन्दा बढी ३.८० जिपिए ल्याएर जिल्ला प्रथम भएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीले बताएका छन् । माद्यमिक शिक्षा परिक्षा (एसइइ) सूरुवात देखि बाजुरा जिल्लामा खड्काले ल्याएको […]
नागरिक रैबार/बाजुरा १३ असार। बडीमालिका नगरपालिका वडा नम्वर ८ का बाल समूह तथा युवा क्लवको क्षमता विकास गर्न एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । बडीमालिका नगरपालिका ८ नम्वर वडाको आयोजनामा विहिबार एक औपचारिक कार्यक्रमका विच उक्त एक दिने अभिमुखिकरण गोष्ठीको आयोजना गरिएको हो । वडाको सेवा क्षेत्र भित्र रहेका बाल समूह तथा युवा क्लवको […]
नागरिक रैबार/बाजुरा १३ असार। बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा स्तरीय सामुदायिक वन उपभोक्ता समूहका लागि एक दिने अन्तरक्रिया गोठी सम्पन्न भएको छ । बडीमािलका नगरपालिका वडा नम्वर २ को आयोजना र डिभिजन वन कार्यालय बाजुरासंगको सहकार्यमा वडा स्तरीय सामुदायिक वनका उपभोक्ताहरुका लागि एकदिने अन्तरक्रिया गोष्ठी सम्पनन गरिएको हो । वडामा रहेका सामुदायिक वनहरुको […]
नागरिक रैबार/बाजुरा १० असार।बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ५० करोड ३९ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न १५ औं अधिवेशन तथा दोस्रो नगरसभाबाट सो बजेट सार्वजनिक गरेको हो । ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका […]
बाजुरामा कैदीबन्दी भेट्न गएका २ जनालाई प्रहरीले चरेशसहित पक्राउ गरेको छ । आइतबार साँझ कारागारमा कैदीबन्दी भेट्न गएका बुढीगंगा नगरपालिका–५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापालाई चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कारागारमा रहेका आफन्तलाई भेट्न आएका दुबै जनाले खाजाका लागि ल्याएको […]
नागरिक रैबार/बाजुरा ६ असार। बाजुराको सदरमुकाम मार्तडीमा करेन्ट लागेर एक युवक घाइते भएका छन् । बिहिबार बेलुकी विद्युतको तार मर्मत गर्ने क्रममा त्रिवेणी नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र अन्तरगत बडीमालिका नगरपालिका ९ कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ […]
नागरिक रैबार/बाजुरा। बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ ले लैंगिक हिंसा रोकथामका लागि सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । वडा नम्बर ८ को आयोजनामा वडामा रहेको महिलाहरुको सहभागितामा लैङ्गिक हिंसा राेकथामका लागि सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको वडा अध्यक्ष चन्द बहादुर थापाले बताएका छन । नगरपालिकामा हुने हिसांका घटना न्युनिकरणमा गर्न महिलाहरु […]
बाजुरा। रेडियो नेपालले बाजुराबाट एफ एम रिले परिक्षण प्रसारण सुरु गरेको छ।जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर-७ कालाजग्रा पोरखेगढीबाट एफ एम ब्यान्डको ९८ मेगाहर्जमा परीक्षण प्रसारण सुरु गरेको हो । कालाजग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावर सँगै रेडियो नेपालको एफ एम रिले स्टेसन स्थापना गरी ५ सय वाट क्षमताको ट्रान्समिटर जडानका साथ परिक्षण प्रसारण सुरु गरिएको […]
नागरिक रैबार/बाजुरा २८ जेठ। बुढीनन्दा नगरपालिका वडा नम्वर ३ नुरीका कृषकहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको बृहत विशेष उत्पादन कार्यकक्रम अन्तरगत सो वडाका ३० जना कृषकलाई उन्नत जातका बाख्रा वितरण गरिएको हो । बुढीनन्दा नगरपालिका ३ मा रहेको थिमकोट बाख्रा पालन समूहका ३० जना कृषकहरुलाई प्रति व्यक्ति […]