होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २६ साउन।बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ३ बौडीस्थित गोरु खर्कमा पहिरो जाँदा ४ जना घाईते भएका छन् । शनिबार विहान ९ बजेतिर बर्षासंगै गोरुखर्कमा पहिरो आएको पहिरोले ४ जना घाईते भएका छन् भने दर्जनौ पशु चौपाय समेत पहिरोमा परेर पुरिएका छन् । पहिरोमा परि घाईते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र […]
जुम्ला – जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौं भक्तजनको टोली बडिमालिका प्रस्थान […]
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल वायु सेवा निगमको सुधारबारे नेपाल वायु सेवा निगमका पदाधिकारीसँग छलफल गरेका छन् । शुक्रबार मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री पाण्डेले राष्ट्रिय ध्वजा वाहक जहाजलाई नेपालीहरूले गर्व गर्न लायक बनाउन निर्देशन दिएका हुन्। छलफलका क्रममा मन्त्री पाण्डेले भने,राष्ट्रिय ध्वजा वाहक विमान आम नेपाली जनताको गर्व […]
काठमाडौँ । देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ […]
नागरिक रैबार/बाजुरा २५ साउन।बाजुराका स्थानीय तह ३ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्म पालिकाको काम सकेर यहाँका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न कामको सिलसिलामा ३ सातादेखि जिल्ला बाहिर रहेका छन् । जिल्लाका ९ वटा स्थानीय तहमध्ये खप्तड क्षेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राष्ट्रिय सभालाई थप समावेशी र सृजनशील बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार ३०औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरूलाई थप समावेशी बनाउनका लागि संविधानले मान्यता […]
नागरिक रैबार/बाजुरा २५ साउन। जिल्लाको बुढीनन्दा नगरपालिकामा घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साेहो नगरपालिका –७ खड्कावाडाका ४५ वर्षीय रणबहादुर खड्का रहेका छन् । उनको विहिबार हिजो आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्याङबाट लडेर टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नागरिक रैबार/बाजुरा २४ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि २६ वर्षिया रमिला कुमारी विकको उपचारका लागि विदेशबाट आर्थिक सहयोग जुटिरहेको छ । रमिलाको उपचारका लागि बाजुरा जिल्ला गौमुल गाउँपालिका वडा नं ४ मनाकोट बिजे डुङ्गा स्थायी घर भई हाल अष्ट्र«ेलिया बस्ने विरेन रोकाया र युके बस्ने धिरेन्द्र रोकाया दुई दाजुभाईले ४० हजार नेपाली आर्थिक […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् । वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् । […]
धनगढीः सुदूरपश्चिममा पाँच वर्षको अवधिमा छाउपडी गोठमा बस्नुपरेकै कारण आठ महिलाले ज्यान गुमाएका छन्। छाउपडी प्रथाले सुदूरपश्चिममा सबभन्दा कसिलो जरो गाडेको छ। थुप्रै सचेतना अभियान चलाइएका भए पनि महिलालाई कष्ट बेहोर्न बाध्य पार्ने यो चलन अझै हट्न सकेको छैन। छाउपडी प्रथालाइ न्यूनीकरण गर्न थुप्रै अभ्यास भने नभएका होइनन्। तर जे जति लगानी गरियो, त्यसअनुसार प्रतिफल […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक साता जरुरीबाहेकका काम थाँती राखेर हवाई सुरक्षा सुधारका लागि केन्द्रित हुने बताएका छन् । यो अवधिमा हवाई सुरक्षाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारको उपाय खोज्ने उनको भनाइ छ । १५ दिनकै अवधिमा दुईवटा हवाई दुर्घटना भएपछि हवाई सुरक्षा सुधारको रणनीति तयार गर्नका लागि मन्त्री […]
काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो । हेलिकप्टर दुर्घटनासँगै आगलागी भएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले रातोपाटीलाई जानकारी दिए । ‘दुर्घटनाग्रस्त क्षेत्रमा कुहिरो लागेको छ । जहाज सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त छ’, उनले […]
काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए । रातोपाटीबाट
नागरिक रैबार/बाजुरा २३ साउन। माध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षा आजबाट सूरु भएको छ । परिक्षामा बाजुराबाट १ हजार ५ सय ८२ जना परिक्षामा सहभागी भएका छन् । जसमा ६ सय ८७ छात्र र ८ सय ९५ छात्रा हरु सहभागि छन् । यस अघिका वर्षहरुमा एसईईको पुरक परिक्षामा सहभागि हुने जिल्लाभरका विद्यार्थीहरुले सदरमुकाम मार्तडीमा आएर […]
नागरिक रैबार/बाजुरा २२ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडा भित्रका नागरिकहरुका लागि स्टेचर सहयोग गरेको छ । वडा कार्यालयको सहयोगमा वडा भित्रका ८ वटा टोललाई स्टेचर सामाग्री वितरण गरिएको हो । वडाको सेवा क्षेत्र भित्र आकस्मिक रुपमा हुने घटनाहरुको सहजताका लागि स्टेचर सामाग सामग्रीे उपलब्ध गराएको हो । वडा कार्यालयले मंगलबार एक कार्यक्रमको […]
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्ने भएका छन् । आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन् । प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी समेत […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरपालिकाको सेवा क्षेत्रभित्रका विपन्न नागरिकहरुलाई लक्षित गर्दै नगरपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो । यस वर्षवाट एम्वुलेन्स खरिद गरि संचालनमा ल्याएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । पालिकाभित्रका […]
नागरिक रैबार/बाजुरा २० साउन। बाजुराको बुढीनन्दा नगरपालिका साविकको पाण्डुसेन गाविस का ७, ८, ९ र १० का नागरिकहरुका लागि नेपाल खाद्य संस्थानको विक्रि केन्द्र स्थापना भएको छ । पाण्डुसैनका नागरिकले खाद्यान्न किन्नका लागि कोल्टी धाउनुपर्ने बाध्यताको अन्त्य गर्न उक्त ठाउँमा खाद्यन्न बिक्री केन्द्र स्थापना गरिएको हो । गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्ने […]
नागरिक रैबार। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा ढुङ्गा खसेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ जाेरुका नन्दे कुमालकी १४ बर्षिया छाेरी आकाशी कुमाल रहेकी छन् । गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडकमा डाेजरले खनिरहेकाे ढुगां लागेर बालिका घाइते भएकी थिइन । घाइते भएकी बालिकालाई उपचारका लागि शनिबार दिउसाे काेल्टी […]
धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । Tata Folliderm शाहको मुख्यमन्त्रीमा यो दोस्रो कार्यकाल हो । उनी सुदूरपश्चिमको चौथौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् । प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा […]