होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा १६ असोज । बाजुरामा दशैं तिहारको मुख्खैमा कालोबजारी बढ्न थालेपछी बजार अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको छ । दशैं तिहारको विचमा जिल्लाका विभिन्न हाट बजारहरुमा अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको हो । बुधबार जिल्लाको बडीमालिका नगरपालिकाको मार्तडी लगायतका बजारहरु अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालय बाजुराका सूचना […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी […]
ठमाडौँ । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ […]
काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै भएको बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या २२८ पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म २५ जना बेपत्ता छन् भने १५८ जना घाइते छन् । यस्तै, बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो विपदको पूर्वतयारी नरहेको स्वीकार गरेका छन् ।असोज ११ र १२ गते भारी वर्षासँगै आएको बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठूलो विपत्ति आइलागेको बताए ।‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन’, उनले भने, ‘यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा […]
नागरिक रैबार/बाजुरा १५ असोज।बाजुरामा नेपाल टेलिकमको एनटी फाईबरको इन्टरनेट सेवा अवरुद्ध भएको छ । बुढीगंगा नगरपालिका २ को बल्दे नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तरगत विद्युतको पोलसंगै विस्तार गरिएको तार चुडिएपछि मंगलबार दिउसो साढे २ बजेबाट बाजुरामा एनटी फाईवरको इन्टरनेट सेवा अवरुद्ध नेपाल टेलिकम बाजुरा शाखाका कार्यालय प्रमुख लोकबहादुर खड्काले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका […]
काठमाडौं । सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी […]
काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने […]
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भूभागका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए ।त्यहाँ पुगेलगत्तै विभिन्न छलफलमा भाग लिएका ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका […]
काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका हुन् । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब […]
काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरूले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् । मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठक पछि हवाई कम्पनीहरूको संस्था वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन् । […]
काठमाडौं – असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।गृहमन्त्रालयका अनुसार आइतबार राति ७ः३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार काभ्रे, सिन्धुली, […]
काठमाडौँ । झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ। पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको शव […]
नागरिक रैबार। बाजुराको सदरमुकाम मार्तडीबाट लागूऔषधसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाैमुल गाउँपालिका घर भइ हाल मार्तडीमा बसोबास गर्दै आएकी अन्दाजि ३७ वर्षीया मागी धामी रहेकी छन् । धामीलाइ आफ्नै घरभित्र लुकाई राखेको अवस्थामा ५८.२ ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। महिलालाई नियन्त्रणमा लिई थप […]
हेटौँडा । बाढी पहिरो र डुबानमा परेका बागमती प्रदेशमा ४९ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका बाहेकका जिल्लामा बाढी पहिरो र डुबानमा परेर ४९ को मृत्यु हुँदा ४० जना घाइते भएका छन् भने ३५ जना हराइरहेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्यांकअनुसार असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो । बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु ।’ […]
काठमाडौँ । अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । यस्तै ७२ जना वेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ । यस्तै देशभर १ सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर ३ वटै […]
नागरिक रैबार/बाजुरा १२ असोज।नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताच्युत भएपछि बौलाएको आरोप लगाएका छन् । शनिबार प्रेस चौतारी नेपाल बाजुरा मार्तडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले प्रचण्डलाई लक्षित गर्दै भने अहिले सरकारबाट बाहिरिएपछि प्रचण्ड बौलाए जस्तै भएका छन् । सरकारबाट बाहिरिएपछि प्रचण्डले मुलुकलाई अराजकतातिर धकेल्ने गरी अनियन्त्रित अभिव्यक्ति दिदै […]
काठमाडौँ । अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । यस्तै ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो। सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा […]