होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराका विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ। पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए। विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो। पहाडी तथा उच्च हिमाली भेगमा गरिब परिवारका […]
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ। करोडाँै रकम भ्रष्टाचार भएको व्यापक चर्चा भइरहेका बेला समिति गठन नहुँदा विकास निर्माणका काम लथालिङ्ग हुन पुगेका हुन। खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन सकेको छैन। समिति गठन नहुँदा पर्यटन वर्ष २०२० मनाउनमा निकै समस्या उत्पन्न […]
काठमाडौं- नेपालको जनसंख्या ३ करोडको हाराहारीमा छ । तर टेलिफोन सेवा लिने प्रयोगकर्ताको तथ्यांक भने चार करोड २० लाख पुगेको छ। यो तथ्यांकको ९८ प्रतिशत बजार मोबाइलको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मोबाइल सेवा लिनेको संख्या चार करोड ११ लाखभन्दा बढी छ। त्यस्तै फिक्स्ड सेवा (पिएसटिएन, डब्ल्यूएलएल, भिस्याट) सेवा लिनेको संख्या करिब ८ लाख […]
काठमाडौं— राष्ट्रिय सभाको माग ९ मा हुने चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । चुनावमा यसअघि जितेको सिट मध्ये कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउने भएका हुन् । नेकपा र राजपाबीच सहमति भएसँगै प्रदेश दुई बाट रिक्त हुने राष्ट्रिय सभाका चार सिटमा नेकपा र राजपाले २/२ सिट बाँडफाँट गरेका छन् । […]
काठमाडौं– संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छिन् । प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न उपसभामुख तुम्बाहाङफेले १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदको हिउँदे अधिवेशनको सुरुवात आफ्नै अध्यक्षतामा […]
चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिने निर्णय भएको छ। धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहिवार र शुक्रवार बन्द गर्ने निर्णय भएको हो। उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाले आज विहान मात्रै बिहिवार र शुक्रवार उप–महानगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय भएको पुष्टि गरे। उनले शनिबारको मौसमपछि फेरी के गर्ने भन्ने बिषयमा छलफल […]
नागरिक रैबार/बाजुरा २ पुस। सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार भएको छ । विगत देखि खानेपानीको समस्या झेल्दै आएका सदरमुकामबासी फेरि पनि खानेपानी पिउनबाट बन्चित भएका छन् । बडीमालिका नगरपालिकाले मार्तडीको खानेपानी व्यवस्थित गर्ने भनेको वर्षौ भईसक्यो तर मार्तडीबासीका लागि नत अहिलेसम्म नियमित पानी आउँछ नत आईरहेको पानी व्यवस्थित भएको छ स्थानीयहरुले गुनासो गर्ने गरेका छन् । […]
काठमाण्डौ – अब नेपालको सगरमाथा र लागीगुराँसलाई विश्वले अझै नजिकबाट नियाल्ने भएका छन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयू) ले एउटा तारा र त्यसलाई घुम्ने ग्रहको नाम ‘सगरमाथा’ र ‘लालीगुराँस’ राखेको छ। फ्रान्सको पेरिसमा मंगलबार आईएयूले स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली नामबाट तारा र ग्रहको नामाकरण गरेको हो। विश्वको […]
धनगढीमा प्रहरीमाथि हातपात भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बोराडाँडीको त्रिभुवन चौकमा सोमबार साँझ अस्थायी प्रहरी विट चटकपुरमा कार्यरत प्रहरी हवल्दार जनकराज पाण्डे र प्रहरी जवान नारायण सिह कार्कीमाथि हातपात भएको हो। दुवैजनामाथि हातपात गर्ने पूर्व सैनिक समेत रहेका चटकपुरका भुप्रेन्द्र पुलामीमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खबरलाई […]
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ८ दिन पुरा भइसकेको छ। मंसिर १५ गते शुुरु भएर २४ गते दशरथ रंगशालामा समापन भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य जित्दै इतिहास कायम गर्यो । पहिलो पटक नेपालले पदकमा अर्धशतक पुरा गरेको छ । यसअघि नेपालले सबैभन्दा धेरै काठमाडौंमै आयोजना भएको […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गत कात्तिक ३० र मंसिर १ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हाे । नतिजाअनुसार परीक्षामा १ लाख ४ हजार ३४६ जना परीक्षार्थी सहभागी भएकोमा ४ जनाको परीक्षा रद्द गरिएको छ ।
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७६ चैत्र ६ गते (बिहीबार) देखि शुरु हुने छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तापुरले आज(मंगलबार) सूचना जारी गर्दै एसईई परीक्षाको तालिका सार्वजनिक गरेको हो। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । यस्तै ६ गते नै वेदविद्याश्रमतर्फ असनवार्य संस्कृत भाषा […]
बुटवल– प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुने प्रतिवेदन प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले तयार गरेको छ । समितिले उक्त प्रतिवेदन सोमबार सभामुख पुर्णबहादुर घर्तीलाई बुझाउने तयारी गरेको छ ।समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेको हो । स्थायी राजधानीका […]
गएको बुधबारदेखि मौसममा आएको परिवर्तनका कारण डोटीलगायतका पहाडी तथा हिमाली जिल्ला बझाङ र बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीकोे खप्तड क्षेत्रको झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी भागमा हिमपात भएपछि चिसो बढेको छ । चिसो बढेसँगै गाईवस्तु […]
उदयपुर- प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका–७ का रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापाको विवाह रोकिएको हो। गोप्य सूचनाका आधारमा प्रहरीले विवाहमण्डपमै पुगेर विवाह रोकेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए […]
काठमाडौं– इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेसँगै देशभरको मौसममा बदली भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात शुरु भएको मौसमविद्ले जनाएका छन् । यो प्रणाली बिहीबार(आज) अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको […]
“रैथाने वालीको संरक्षण, प्रवद्र्धन र विस्तार, बाजुराको खाद्य पोषण सुरक्षा र कृषकको आम्दानीको आधार” भन्ने मुल अभिप्रायका साथ विगत केही वर्ष देखि सावकिको जिल्ला कृषि विकास कार्यालय हुँदाका वखत र हालको कृषि ज्ञान केन्द्र बाजुरा स्थापना भए पश्चात बाजुरा गरिवी र अभावको जिल्ला मात्रै होईन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने विषयलाई आम वाजुरावासी […]
काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदै छ । सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु हुनेछ । सागमा आझ फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको […]
मदन वि.क./बाजुरा २२ मंसिर।बाजुरा जिल्लामा सवारी साधानको भाडादर घटेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले साँफे मार्तडी सडक खण्डको रुट र भाडादर निर्धारण गरेपछि सवारी साधानको भाडादर घटेको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी देखि साँफेसम्मको रुट र भाडादर निर्धारणका लागि पटक पटक आग्रह गरेपछि सो सडकको रुट र […]
नागरिक रैबार/बाजुरा २२ मंसिर। जगन्नाथ गाउँपालिकाको वडा नंं १ काचाझुला काटिया सामुदायिक वनका लागेको आगोमा जलेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १५ वर्षिया रति लवारकाे मृत्यु भएको हो । शनिबार दिउसो सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा लवार आगोले जलेर घाईते भएका थिए । घाइते भएका विकलाई उपचारका लागि आफन्तले […]