होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने […]
नागरिक रैबार/बाजुरा २४ माघ । बाजुराको सदरमुकाम मार्तडीमा एक घरमा भएको आगलागी पीडितलाई बडीमालिका नगरपालिकाले राहत वितरण गरेको छ । २१ माघमा बडीमालिका नगरपालिका–९ गैरीबजार स्थित एक घरमा आगलागी भएको थियो । आगलागीबाट पीडित भएका बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई मार्तडी बस्दै आएका पशुपति थापाको परिवारलाई राहत वितरण गरिएको हो । बडीमालिका नगरपालिकाका नगर प्रमुख […]
चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । बुधबार अदालतले लामिछानेकाे मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश गरेकाे हो । थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी र थुनछेक गर्न भोली ११ बजे उपस्थित गराउने गरी लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाई […]
चितवन। साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको (क) नम्बरमा रहेकाले सुरुमै रविको बयान सुरु हुनेछ । उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुन्छ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार […]
नागरिक रैबार/बाजुरा २२ माघ। प्रेस चाैतारी नेपाल जिल्ला समिति बाजुराको छैटाैं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । मंगलबार सम्पन्न प्रेस चाैतारीको छैटाैं जिल्ला अधिवेशनबाट लक्ष्मीराज पाध्याय अध्यक्ष रहने गरी ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । जसमा उपाध्यक्षमा धनकृष्ण विक, महिला उपाध्यक्षमा कमला चंदारा, सचिवमा शुसिल रोकाया, कोषाध्यक्षमा धनबहादुर […]
नागरिक रैबार/बाजुरा २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले हरेक वर्ष प्रदान गर्दै आएको विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार लक्ष्मीराज पाध्याय र कमला चंदारालाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार सम्मानीत भएका […]
नागरिक रैबार/बाजुरा २१ माघ। बाजुरामा तत्काल ब्लड बैंक स्थापनाका लागि पहल गर्ने निर्णय गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा सरोकारवाला निकायहरुसंग गरिएको छलफलमा यस्तो निर्णय गरिएको छ । ब्लड बैंक स्थापना गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाईटी बाजुराबीच २०८१ पुस २१ गते सम्झौता भएको थियो । जिल्लाका […]
नागरिक रैबार/बाजुरा २१ माघ। बाजुरा सदरमुकाम मार्तडीको एक घरमा सोमबार दिउसो आगलागी भएको छ । बुढीनन्दा नगरपालिका पाण्डुसैनका पशुपति थापाको मार्तडीमा रहेको जस्ताले छाएको घरमा आगलागी भएको बुझिएको छ । आगलागि भएको घर प्रहरी, शसत्र र नेपाली सेना लगायत स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार आगलागिबाट भएको क्षति […]
नागरिक रैबार/बाजुरा २१ माघ। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बाजुरा शाखाको छैटाैँ जिल्ला अधिबेशन भोलि माघ २२ गते हुने भएकाे छ । बाजुरा शाखाले संगठनकाे स्थापना दिवसकाे अवसर पारी स्थापना दिवसकै दिन माघ २२ गते नै छैटाै जिल्ला अधिबेशन गर्ने भएकाे हाे । बाजुरा शाखाकाे आज बिहान सम्पन्न बैठकले माघ २२ गते […]
नागरिक रैबार/बाजुरा २० माघ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडा स्तरीय सरोकारवाला नियकासंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मदिरा, लागु औषध दुर्व्यसन, सरसफाईको व्यवस्थापन र नियन्त्रणका लागि वडाका सरोकारवाला निकायसंगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । पछिल्लो समय वडामा मदिरा सेवन र लागु औषध दुर्व्यसनमा युवाहरु दिनप्रतिदिन […]
नागरिक रैबार/बाजुरा २० माघ । जिल्ला खेलकुद समिति बाजुराको आयोजनामा हुने यस वर्षको १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन १२ देखि संचालन हुने भएको छ । जिल्ला खेलकुद समिति बाजुराले आईतबार एक सूचना जारी गर्दै यस वर्ष १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता फागुन १२ देखि १५ गतेसम्म संचालन हुने बताएको […]
नागरिक रैबार/बाजुरा २० माघ । नेकपा एमाले निकट युवा संघ जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा एमडीजीपी डाक्टरको व्यवस्थापन गर्न माग गर्दै जिल्ला अस्पताल बाजुरालाई ध्यानाकर्षण पत्र बुझाएको छ । आईतबार जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डा.शेखरचन्द्र यादवलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको सचिव विष्न कार्कीले बताएका छन् । ध्यानाकर्षण पत्रमा जिल्ला अस्पतालमा अनिवार्य एमडीजीपी […]
नागरिक रैबार/बाजुरा २० माघ । नेकपा एमाले बडीमालिका नगर कमिटीले जिल्लामा अनुदानबाट विक्रि गरिदै आएको भानु नुन सर्वसाधारणहरुका लागि सहज ढंगले पाउने गरी व्यवस्था गर्न माग गरेको छ । आईतबार नेकपा एमाले बडीमालिका नगर कमिटीका अध्यक्ष राजेश पायल विकको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाजुरामा गएको टोलीले अनुदानबाट विक्रि भईरहेको नुन सर्वसाधारणलाई सहज तरिकाले पाउने गरी […]
बागलुङ। यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो । कृषि ज्ञान […]
काठमाडौं । आज बिहान तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका केही प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । अन्य प्रदेशहरू मधेश, बागमती, लुम्बिनीमा मौसम मुख्यतया सफा […]
म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा जान आउन अपायक पर्ने वडा नम्बर ६ मराङमा शुक्रबार र ५ मल्कवाङमा बिहीबार घुम्ती […]
काठमाडौं– प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, […]
नागरिक रैबार/बाजुरा १६ माघ। नेकपा एमाले बाजुराले ३ महिने वडा (जरा) अभियान सञ्चालन गर्ने भएको छ । एमालेको माघ १३ गते बसेको जिल्ला कमिटीको चौथो पूर्ण बैठकले उक्त अभियान संचालन गर्ने निर्णय भएको हो । मंगलबार प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले बाजुराले माघ १३ गतेको चाैथाे पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक […]
नागरिक रैबार/बाजुरा १४ माघ । जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। आइतवार अस्पतालमा उपचारारत रहेका बडीमालिका नगरपालिका–८ मार्तडीका १५ वर्षीय सुमन थापाको शल्यक्रिया गरिएको हो। पहिलो पटक बाजुरा अस्पतालमा एपेन्डिाइटिसको शल्यक्रिया सफल भएको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. चन्द्र शेखर यादवले बताएका छन्। सूरुमा पेट दुख्ने समस्या लिएर आएका थापालाई एपेन्डिसाइटिस […]
नागरिक रैबार/बाजुरा १४ माघ । रैथाने बालीको प्रर्वद्धन गर्न बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित मालिका नमुना माविमा रैथाने खाना महोत्सव संचालन गरिएको छ । बडीमालिका नगरपालिका कृषि विकास शाखाको सहयोग तथा प्रर्वद्धन र मालिका नमुना माविको आयोजनामा रैथाने खाना महोत्सव संचालन गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढाईसंगसंगै व्यवसायीक सिप समेत प्रदान गर्ने उद्देश्यले रैथाने खाना […]