होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ७ फागुन। नेकपा एमाले बाजुराले एमाले बाजुराले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएकाे छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा बुधवार मार्तडीस्थित पार्टी कार्यालयमा आयाेजित कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेर दिवस मनाएकाे हाे । २००७ साल फागुन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका हुन् । ‘फागुन ७ गते । आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन […]
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आजको दिन नेपालको इतिहासको गौरवपूर्ण र अविस्मरणीय रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताए। ‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट […]
दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसदबाट पारित हुने बताएका छन् । यहाँको घोराहीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा आफ्नो नेतृत्वको सरकार केन्द्रित रहेको स्पष्ट पारे । नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा […]
नागरिक रैबार/बाजुरा ५ फागुन। सोमबार विहानदेखि बन्द गरिएको साँफे-मार्तडी सडक खण्ड खुलेको छ । बसको ठक्करबाट बालकको मृत्यु भएपछि बन्द गरिएको सडक आईतबार साँझ ७ः३० बजेबाट खुलेको छ । प्रहरी र पीडित पक्षबीच भएको वार्तापछि सडक सुचारुका लागि सहमति भएको हो । आफन्तलाई सम्झाई बुझाई गरेपछि सडक सुचारु गर्ने सहमति भएको प्रहरी नायव उपरिक्षक दिलिप […]
नागरिक रैबार/बाजुरा ५ फागुन। करिव २ वर्ष अघि नेकपा एमाले छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका बुढीनन्दा नगरपालिकाका नेता रामलाल कार्की पुनः नेकपा एमालेमै फर्किएका छन् । स्थानीय तहको निर्वाचन पछि नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गरेका कार्की पुन: पुरानै पार्टी एमालेमा फर्किएका हुन् । २०७९ को स्थानीय तह निर्वाचन पछि पार्टीसँग […]
नागरिक रैबार/बाजुरा ५ फागुन । बाजुराको साँफे–मार्तडी सडक खण्ड स्थानीयहरुले विहानै देखि अवरुद्ध गरेका छन् । आइतवार बिहान बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका अन्दाजी ८ वर्षीया नयन पाध्यायको मृत्यु र उनकी आमा विस्ना पाध्याय घाइते भएपछि पिडितहरुले सडकखण्ड बन्द गरेका हुन् । आइतवार राति जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको सक्रियतामा पिडित पक्षलाई सम्झाई बुझाई […]
नागरिक रैबार/बाजुरा ४ फागुन। नेपाल पत्रकार महासंघ बाजुरा शाखाका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको आफन्त मदनराज जैशीले बताएका छन् । बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका विरामी थिए । प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य […]
नागरिक रैबार/बाजुरा ४ फागुन । बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु भएपछि साँफे-मार्तडी सडक खण्ड बन्द गरिएको छ । आइतबार विहान धनगढी बाट सदरमुकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६८८ नम्बरको बसले बुढीगंगा नगरपालिका- २ को बल्देबजार नजिकै ठक्कर दिँदा सोही नगरपालिका १ का अन्दाजि ५ वर्षका नयन पाध्याय र उनकी आमा विश्ना पाध्याय […]
नागरिक रैबार/बाजुरा ४ फागुन । बाजुरामा बसको ठक्करबाट घाइते भएकी महिलाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन् नसकेपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते भएकी अन्दाजि ३५ वर्षिया विश्ना पाध्यायको उपाचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख […]
नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यू भएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते अन्दाजी ५ वर्षका नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो । धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले बुढीगगा […]
सुर्खेत –कर्णाली करिडोरको ५० किलोमिटर सडक कालोपत्रे गर्न चार अर्ब रुपैयाँ बराबरको ठेक्का आह्वान भएको छ । चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि कर्णाली करिडोर अन्तर्गत बाजुरा खण्डको पिलुचौर–कुवाडी र हुम्ला खण्डको कुवाडी–तुमचौरको ५० किलोमिटर सडक निर्माण गर्न ठेक्का आह्वान गरिएको हो । हुम्लाको हिल्सासम्म सडक पुर्याउने लक्ष्य राखिएको कर्णाली करिडोर राष्ट्रिय गौरवको […]
बैतडीको सिगास गाउँपालिका– १, अङडेगाडाका प्रकाश दमाईं (टेलर) गाउँकै भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । सबै समुदाय र जातका बालबालिकाको भविष्य निर्माणका लागि दलितको छोराको शैक्षिक योगदान सर्वमान्य नै छ । तर, आफ्नी आमाले प्राण त्याग्दा घाटसम्म शव पुर्याउन उनले मलामी पाएनन् । शनिबार बिहान ११ बजेतिर प्रकाशकी आमा ६१ वर्षीया मानाको मृत्यु भएको थियो । मानाको मृत्युको खबर […]
नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यू भएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका-१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेबको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव […]
नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी राजमार्गको अम्कोटमा बसको ठक्करबाट आमाछोरा घाइते भएका छन् । आइतबार विहान धनगढीबाट बाजुरा सदरमुकाम मार्तडी आउँदै गरेको बसले ठक्कर दिदा बुढीगंगा नगरपालिका-१ अम्कोटकी ५० वर्षीया विस्ना पाध्याय र उनका आठ वर्षीय छोरा नयन पाध्याय घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले […]
नागरिक रैबार/बाजुरा २ फागुन । जिल्लाको हिमाली गाउँपालिकाका विभिन्न वडाका गाउँगाउँमा विद्युतको पहुँच पुगाउनका लागि लाईन विस्तार गर्ने काम धमाधम भईरहेको छ । हिमाली गाउँपालिका–६ को धिम, बोल्डिक र १, २ र ३ नम्वर वडाका गाउँ– गाउँमा विद्युतको लाइन विस्तार गर्ने गरी धमाधम काम भईरहेको छ । अवको केही महिनाभित्र यहाँका नागरिकहरुलाई विद्युतको पहुँचमा ल्याउनका […]
नागरिक रैबार/बाजुरा २ फागुन। जिल्ला प्रहरी कार्यालय परिसरभित्र नागरिक मैत्री पुस्तकालयको स्थापना गरिएको छ । प्रहरी कार्यालयमा आउने सेवाग्राही र जिल्लामा रहेका नागरिकले फुर्सदको समयमा विभिन्न विषयको ज्ञान आर्जन होस भन्ने उद्देश्यले प्रहरी कार्यालय परिसरभित्र नागरिक मैत्री पुस्तकालयको स्थापना गरिएको हो । पुस्तकालय स्थापनाका लागि जिल्लाका ९ वटै स्थानीय तहको सहयोग र प्रहरीको श्रमदानमा भवन […]
नागरिक रैबार/बाजुरा २ फागुन। जिल्ला दलित नेटवर्क बाजुराले सत्येन्द्र विश्वकर्मा र नेहा रौनियारको घटनामा संलग्न दोसी उपर कारबाहीको माग गरेको छ । विहिबार दलित अधिकारकर्मी जिल्ला प्रशासन कार्यालय बाजुरा पुगी छानविन सहितको माग गर्दै दोसीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र मार्फत माग गरेको हो । राज्यको आधिकारिक निकाय गृहमन्त्रालयका गृहमन्त्री र प्रहरी प्रमुख सहित सुरुक्षा […]
दलित समुदायका समस्याको आधारभूत विशिष्ट चरित्र के हो त ? यो विभिन्न समुदायभित्रका एउटै धर्म, एउटै वंश-परम्परा, एउटै संस्कृति, एउटै भाषा भएका जातबीचको शोषण-उत्पीडन र बहिष्करणको समस्या हो । यो फरक वंश-परम्परा, फरक धर्म, फरक भाषा, फरक संस्कृति र फरक रङ्ग भएका जातिबीचको समस्या होइन । त्यसैले दलित-मुक्तिको रणनीतिक कार्यक्रम र लक्ष्य आत्मनिर्णयको अधिकारको अवधारणाअनुसारको […]
नागरिक रैबार/बाजुरा २ फागुन। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा बाजुराको त्रिबेणी नगरपालिका पहिलो स्थानमा आएको छ । बाजुराका ९ वटा स्थानीय तहहरु मध्ये कार्यसम्पादन मूल्याङ्कनमा त्रिबेणी नगरपालिका पहिलो स्थानमा आएको हो । जिल्लाका ९ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कन गर्दा त्रिबेणी नगरपालिकाले ६४ दशमलव ५ अङ्क प्राप्त गर्दै […]